
लामो समयदेखि सामाजिक सेवा र नेपाली समुदायको हक–हितमा क्रियाशील समाजसेवी राम थापा काजीले गैरआवासीय नेपाली संघ (NRNA) अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) सदस्य पदका लागि उम्मेदवारी दिनुभएको छ ।
एनआरएनए नागोया (२०१९-२०२१) को उपाध्यक्ष, गैर-आवसीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद जापान (२०२१-२०२३) को सदस्य र (२०२३-२०२५) को सह-कोषाध्यक्ष पदमा रहेर सकृय रुपमा कार्यसम्पादन गरेका थापा जापानमा बसोबास गर्ने नेपालीहरूको हक–अधिकारको संरक्षणदेखि लिएर जन्मभूमि नेपालको शिक्षा, स्वास्थ्य, राहत तथा विकासका विविध क्षेत्रमा सक्रिय योगदान दिदै आउनुभएको छ ।
विशेषतः जापानमा नेपालको राष्ट्रीय खेल भलिबललाई विकास गराउनका लागि महत्वपूर्ण भुमिका समेत निर्वाह गर्दै आएका थापा दर्जनौ सामाजिक तथा मानवीय अभियानमा अग्रसर रहँदै उहाँले नेपाल र प्रवास दुबैमा समर्पित सेवा गर्दै आउनुभएको छ ।
“NRNA लाई अझ प्रभावकारी, पारदर्शी र मातृभूमिप्रति उत्तरदायी बनाउन मैले उम्मेदवारी दिएको हुँ,” थापाले भन्नुभयो NRNA को अन्तर्राष्ट्रिय मञ्चमा जापानबासी नेपालीको आवाज र अधिकारलाई सुनिश्चित गर्न अब अनुभवसहितको सहभागिता अत्यावश्यक छ।”
NRNA ICC सदस्य पदमा राम थापा काजीको जित सुनिश्चित गर्नु किन आवश्यक छ?
राम थापा काजी जस्ता समाजसेवीको जित केवल व्यक्तिगत सफलता होइन, यो सम्पूर्ण प्रवासी नेपाली समुदायको भविष्यसँग जोडिएको विषय हो। उहाँले लामो समयदेखि नेपाल र जापान दुवै स्थानमा सामाजिक उत्तरदायित्वको उदाहरणीय अभ्यास गर्दै आउनुभएको छ।
चाहे शिक्षा, स्वास्थ्य, विपद् व्यवस्थापन, वा नेपालीहरूका रोजगारी र कानुनी समस्याको विषय होस्, उनको सक्रियता र नेतृत्व सदैव अग्रपंक्तिमा देखिएको छ। थापा केवल सेवाभावी व्यक्ति मात्र होइन, नेपालमै विभिन्न सामाजिक तथा व्यवसायिक क्षेत्रमा लगानीकर्ता पनि हुनुहुन्छ।
शिक्षा, स्वास्थ्य, कृषि तथा ग्रामीण पूर्वाधारमा गरिएको उहाँको लगानी नाफामुखीभन्दा बढी सामाजिक उत्तरदायित्व केन्द्रित रहेको पाइन्छ।कर्मभूमि जापानमा पनि जापानमा बढ्दै गईरहेको नेपाली सङ्ख्यालाई मध्यनजर गर्दै नेपाली बालबालिकाहरुले नेपालको कला, संस्कृति र नेपाली पाठ्यक्रम अनुसारको शिक्षा प्रदान गर्न सकौ भन्ने पवित्र उदेश्य सहित नागोयामा नेपाली विद्यालय समेत प्रत्यक्ष लगानी समेत गर्नु भएको छ।
NRNA मा पछिल्लो समय देखिएको असन्तुलन, गुटबन्दी र निर्णय प्रक्रियामा देखिएको कमजोरीलाई सुधार गर्दै सबैको सहभागिता सुनिश्चित गर्न राम थापा काजीको विजयी हुनु नितान्त आवश्यक छ।
उहाँको सोच समावेशी छ, व्यवहार नीतिनिष्ठ र दृष्टिकोण भविष्यमुखी छ। यसकारण, यो चुनाव केवल मतदाताको कर्तव्य होइन, जिम्मेवारी पनि हो—त्यो नेतृत्व रोज्ने जसले प्रवासी नेपाली समुदायको आवाजलाई साझा, सशक्त र सम्मानजनक बनाओस्। र त्यो नेतृत्व राम थापा काजीमा स्पष्ट देखिन्छ।
नेपाली समुदायमा उहाँप्रतिको विश्वासको मुख्य आधार हो — उहाँको इमानदार छवि, व्यवहारिक क्षमता, र निस्वार्थ सेवाभावलाई जापानबासी NRNA अभियान्ताहरुले उहाँको उम्मेदवारीलाई सकारात्मक रूपमा लिइरहेका छन्।
NRNA JAPAN को १२ औ महाधिवेशनको हलमा उपस्थित हुनु भएका समुदायका अगुवा, बुद्धिजीवी, व्यवसायी र युवावर्गले भनेका छन् “राम थापा काजीजस्तो अनुभवी, दुरदर्शी र समर्पित व्यक्ति अहिलेको NRNA को ICC मा आवश्यक छन्।
उहाँको अन्तर्राष्ट्रिय उपस्थितिले NRNA लाई विश्वसनीय र सशक्त बनाउनेछ।” अबको चुनावमा राम थापा काजीको उम्मेदवारी केवल पदका लागि नभई, नयाँ सोच, जिम्मेवारीपूर्ण कार्यसम्पादन र समावेशी दृष्टिकोण का लागि रहेको चर्चा तीव्र भइरहेको छ।




