पर्वत समाज जापानको अध्यक्षमा राम प्रसाद बास्तोला चयन

-


     जनहित न्युज    
     असार २६ गते २०८२


टोकियो जापान। पर्वत समाज जापानको आठौं अधिवेशनले राम प्रसाद बास्तोलाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

जुलाई ८ तारिखका टोकियोमा सम्पन्न अधिवेशनबाट नयाँ कार्यसमितिको – वरिष्ठ उपाध्यक्षमा मूक्तिराज रेग्मी चयन भएका छन् भने उपाध्यक्षहरूमा जीवन गुरुङ, अनिल पन्त, राजेन्द्र शर्मा, सुमन सुवेदी, अर्जुन तिवारी, रामकृष्ण शर्मा र रमेश राज जैसी रहेका छन्।


महासचिवको जिम्मेवारी विमल न्यौपानेले पाएका छन् भने सचिवमा अर्जुन थापा र उमेश लामिछाने छन्। महिला सचिवको जिम्मेवारी मनिषा पौडेल रिमाललाई दिइएको छ।

कोषाध्यक्षमा नवराज आचार्य, सह-कोषाध्यक्षमा बालकृष्ण रिजाल, महिला कोषाध्यक्षमा राधिका रेग्मी, युवा संयोजकमा सुरज भुपाल र खेलकुद संयोजकमा अभिषेक गुरुङ चयन भएका छन्।

प्रवक्ताको जिम्मेवारी विनोद न्यौपानेले पाएका छन् भने महिला संयोजक मेरिता श्रेष्ठ रहेकी छन्।

कार्यसमितिका सदस्यहरूमा भोजराज भुषाल, शंकर भुषाल, रेशम जिसी, सागर गुरुङ, हरि पंगेनी, सन्तोष बास्तोला, शंकर न्यौपाने, मिलन पौडेल, मोहन बहादुर सुवेदी, कमल बहादुर क्षेत्री, वसन्तराज पन्त, शिव रेग्मी, दीपक न्यौपाने, भरत न्यौपाने, अर्जुन बस्याल र यम प्रसाद भुषाल रहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?