जापानमा दीर्घकालीन भिसाका लागि अब अनिवार्य जापानी भाषा र सामाजिक नियम सिक्नुपर्ने प्रस्ताव

-


     जनहित न्युज    
     पौष २५ गते २०८२


Screenshot

टोकियो, ७ जनवरी | जापान सरकारको विदेशी नीति पुनरावलोकन गर्न गठित विज्ञहरूको समितिले जापानमा बस्ने विदेशीहरूका लागि नयाँ नियम प्रस्ताव गरेको छ। जसअनुसार जापानमा लामो समय बस्ने (Long-term Visa) विदेशी नागरिक र उनीहरूको परिवारले अनिवार्य रूपमा जापानी भाषा र यहाँको सामाजिक नियम (Social Norms) सिक्नुपर्ने व्यवस्था गर्न लागिएको हो।

मुख्य बुँदाहरू:

१. अनिवार्य तालिम: जापान सरकारले विदेशीहरूसँगको सहअस्तित्व (Kyosei) लाई प्रभावकारी बनाउन जापानी भाषा र समाजका नियमहरू सिकाउने विशेष कार्यक्रम (Program) सुरु गर्ने प्रस्ताव गरेको छ।

२. भिसाको शर्त: मध्यकालीन तथा दीर्घकालीन (Medium to Long-term) बसोबासको अनुमति (भिसा) प्राप्त गर्न वा नवीकरण गर्नका लागि यो तालिम लिनु अनिवार्य शर्त (Mandatory Condition) बनाउने विषयमा छलफल अघि बढाइएको छ। यो नियम विदेशी कामदार मात्र नभई उनीहरूका श्रीमान्/श्रीमती र छोराछोरी (Dependent Family) मा पनि लागू हुन सक्नेछ।

३. जग्गा खरिदमा कडाइ: विदेशीहरूले जापानमा जग्गा खरिद गर्ने वा प्रयोग गर्ने विषयलाई ‘राष्ट्रिय सुरक्षा’ सँग जोडेर हेरिएको छ। विज्ञहरूको समितिले यसमा हतार नगरी तर छिटो (Speedy) कानुनी प्रबन्ध मिलाउन सरकारलाई सुझाव दिएको छ। विशेष गरी सीमा क्षेत्रका टापुहरू र पानीका स्रोतहरू भएका क्षेत्रको जग्गा स्वामित्वबारे कडा निगरानी गरिनेछ।

कहिले लागू हुन्छ? विज्ञहरूको यो राय सुझाव (Opinion Paper) यही महिना भित्र टुंगो लाग्नेछ। यसैको आधारमा जापान सरकारले यसै महिनाको अन्त्यसम्ममा विदेशी नीति सम्बन्धी नयाँ ‘आधारभूत नीति’ (Basic Policy) तयार गर्ने योजना बनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?