जेन जीद्वारा गलकोटमा प्रर्दशन, नगरपालिकाको होडिङ बोर्ड तोडफोड

-


     जनहित न्युज    
     भाद्र २४ गते २०८२


जेन जी समुहले गलकोटमा प्रदर्शन तिव्र पारेको छ ।

जेन जी समुह गलकोटले आज गलकोट नगरपालिकाको कार्यालयको होडिङ बोर्डहरु फाल्ने तथा तोडफोड गरेको छ । समुहले गलकोट नगरपालिका वडा नम्वर ६ मा अवस्थित गलकोट नगरपालिकाको कार्यालयमा गएर कार्यालयको सम्पूर्ण होडिङ बोर्डहरु फाल्ने तथा तोडफोड गरेको हो ।

गलकोट नगरपालिका वडा नम्वर ३ को हटिया बजारको जिपपार्कदेखी सुरु भएको जेन जीको प्रदर्शन हटिया बजार परिक्रमा गरी गलकोट नगरपालिका वडा नम्वर ६ हुँदै गलकोट नगरपालिका वडा नम्वर ५ हरिचौरमा अवस्थित ईलाका प्रहरी कार्यालय हरिचौरमा गएर प्रदर्शन गरी पुन हटिया बजारमा आएर प्रदर्शन गरिरहेको छ ।

जेन जी समुहले आज गलकोटमा आज लामो तथा छोटो दुरीका यातायात ठप्प समेत पारेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?