देवेन्द्र पौडेललाई समर्थन गर्दै स्वतन्त्र उम्मेदवार डिलबहादुर कार्कीले लिए उम्मेदवारी फिर्ता

-


     जनहित न्युज    
     कार्तिक २२ गते २०७९


आगामी मंसिर ४ गते हुने प्रतिनिधी सभाको निर्वाचनमा बागलुङ क्षेत्र नम्वर २ बाट स्वतन्त्र उम्मेदवारी दिएका डिलबहादुर कार्कीले अर्का उम्मेदवार देवेन्द्र पौडेललाई समर्थन गर्दै आफ़नो उम्मेदवारी फिर्ता लिएका छन । 

मंगलबार प्रेस विज्ञप्तिमा बागलुङं जिल्ला गलकोट नगरपालिका वडा नम्वर २ स्थायी घर भएका कार्कीले आफु बामपन्थी विद्यार्थी आन्दोलवाट राजनैतिक यात्रा शुरु गरी हाल नेपाली राजनीतिको मूलधार नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) मा आवद्ध रही देश र जनताको पक्षमा आवाज बुलन्द गर्दै आएको बताएका छन । 

कार्कीद्धारा हस्ताक्षरित विज्ञप्तिमा नेपाली जनताको सहभागिता र त्यागमा भएको १० वर्षे जनयुद्ध र जनआन्दोलनको उपलब्धी स्वरूप नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेको छ । नेपाली जनताले आप्mना प्रतिनिधीमार्फत पहिलो पटक सभाबाट संविधान लेख्ने अवसर पाएको र संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान २०७२ जारी भएपछि दोस्रो पटक प्रतिनिधि सभा तथा प्रदेश सभाको चुनाव आगामी मंसिर ४ गते सम्पन्न हुने प्रतिनिधि सभाको निर्वाचनमा बागलुङ क्षेत्र नम्वर २ मा प्रतिनिधि सभा सदस्यका रुपमा स्वतन्त्र उम्मेद्वारी दर्ता गरी पुतली चिन्ह–लिई जनताको घरदैलोमा पुगेको थिए ।

मेरो उम्मेदवारीप्रति यस क्षेत्रका जनताले देखाउनुभएको सद्भाव र मायाप्रति म आभारी छु जारी विज्ञप्तीमा भनिएको छ ।

देश, जनताको समृद्धि, विकास र संविधानको रक्षाको लागि वाम–लोकतान्त्रिक गठवन्धनलाई जिताउन आवश्यक देखिएकोले मैले मेरो उम्मेदवारी फिर्ता लिई बागलुङ निर्वाचन क्षेत्र नम्वर २ का वाम– लोकतान्त्रिक गठवन्धनका साझा उम्मेदवार नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेललाई समर्थन गरेको छ ।

पौडेल यस क्षेत्रमा जनयुद्धको तयारी, नेतृत्व गर्दै राष्ट्रिय रुपमा स्थापित नेता हुनुहुन्छ । उहा संघीय लोकतान्त्रिक गणतन्त्रको पहिलो सांसद तथा नेपाल सरकारको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री हुनुहुन्छ यो गौरवको विषय हो । यस क्षेत्रका संमस्यासँग परिचित तथा यस क्षेत्रका विकासका लागि जनताको चाहना र भावनालाई सम्मान गर्दै उम्मेदवारी फिर्ता लिएको कार्कीद्धारा हस्ताक्षेरित विज्ञप्तिमा उल्लेख छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?