गायिका समीक्षा अधिकारीसँगको विवाद कृत्रिम समस्या खडा गरि संघर्षमा रहेको कलाकारलाई बारम्बार प्रहार गरिएको अभिनेता पल शाहको स्पष्टोक्ति( अपिल जस्ताको तस्तै)

-


     जनहित न्युज    
     फागुन १० गते २०७८


नेपाली चलचित्रका नायक पल शाहले तथ्यहीन लाञ्छनाका आधारमा आफ्नो र गायिका समीक्षा अधिकारीको व्यावसायिक र व्यक्तिगत जीवनमा धक्का नपुर्‍याइदिन आग्रह गरेका छन् ।

नायक पल र गायिका समीक्षाबीचको सम्बन्धलाई लिएर अनेक चर्चा भइरहेका बेला मंगलबार उनले सामाजिक सञ्जालमार्फत यस्तो अनुरोध गरेका हुन् । दर्शकसामु एक सक्षम अभिनेताका रूपमा उभिने प्रयास गर्दागर्दै आफूमाथि बारम्बार प्रहार भएको उनको भनाइ छ ।

“समाजलाई सकारात्मक बाटोतर्फ उन्मुख गराउने प्रकारका गतिविधि र खदिलो, दरिलो मनोरञ्जनात्मक प्रस्तुति लिएर आउने प्रण पनि गर्दछु । तर, नेपाली समाजभित्र संघर्ष गर्न अनेकन बाधा र अडचन आउने रहेछन् । त्यसमध्येमा कतिपय कृत्रिम समस्या खडा गरी एउटा संघर्षको चरणमा रहेको कलाकारलाई बारम्बार प्रहार हुँदा नमिठो अनुभूति हुँदो रहेछ,” उनले लेखेका छन् ।

तर, १७ वर्षीया गायिका समीक्षाले अभिनेता पल र आफू विवाह गर्ने भनेर प्रेममा बाँधिएको भन्दै पलले आफू र आफ्नो परिवारलाई धोका दिएको आरोप लगाएकी छन् ।

पल टाढिन थालेपछि आफूले पटक–पटक कानुनी उपचार खोज्ने प्रयास गरे पनि फसिने डरले त्यसतर्फ नलागेको समीक्षाको भनाइ छ ।योबीचमा पल र समीक्षाबीच मिडियादेखि सामाजिक सञ्जालसम्म आरोप–प्रत्यारोप चल्दै आएको छ ।

https://www.facebook.com/100044271614200/posts/496574088494974/?d=n
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?