
नेकपा (एमाले)को ११औँ महाधिवेशनअन्तर्गत मतगणना सकिएको छ । बिहीबार (पुस २) बिहान करिब पौने १० बजेदेखि काठमाडौंको भृकुटीमण्डपमा थालिएको मतगणना दिउँसो सकिएको हो ।
११औँ महाधिवेशनबाट अध्यक्ष पदमा केपी शर्मा ओली तेस्रो कार्यकालका निम्ति विजयी भएका छन् । ओलीले एक हजार ६६३ मत प्राप्त गरे । उनका प्रतिस्पर्धी ईश्वर पोखरेलले ५६४ मत पाएका एमालेको निर्वाचन आयोगले जानकारी गराएको छ ।
मत परिणाम पढ्नोस्–
अध्यक्ष (१)
केपी शर्मा ओली : १६६३
ईश्वर पोखरेल : ५६४
उपाध्यक्ष (५)
अरूण नेपाल : ४३९
गुरुप्रसाद बराल : ११३७
गोकर्णराज विष्ट : १३६८
टकंप्रसाद कार्की ः ३५८
परशुराममेघी गुरुङ : ४६१
पृथ्वीसुब्बा गुरुङ : १७३७
भीमप्रसाद आचार्य : २६५
रघुजी पन्त : १२५८
रामबहादुर थापा बादल : १५१६
विन्दा पाण्डे : ९२१
विष्णुप्रसाद पौडेल : १६७५
महासचिव (१)
शंकर पोखरेल : १२२८
सुरेन्द्रप्रसाद पाण्डे : ९९९
उपमहासचिव (३)
आनन्दप्रसाद पोख्रेल : ६३५
योगेश भट्टराई : १३४८
रघुवीर महासेठ : १३६८
राजेन्द्रप्रसाद गौतम : २७०
लेखराज भट्ट : १४५२
विष्णुप्रसाद रिमाल : १०९१
वैजनाथ चौधरी : ५१७
सचिव (९)
अग्निप्रसाद खरेल : ७१६
ईन्द्रलाल साप्कोटा : ४०५
कर्णबहादुर थापा : ८४७
कृष्णगोपाल श्रेष्ठ : ६२५
खगराज अधिकारी : १२३१
गोकुलप्रसाद बास्कोटा : १०३०
छविलाल विश्वकर्मा : १५०६
ठाकुरप्रसाद गैरे : ८८३
पद्माकुमारी अर्याल : १५३०
पुरुषोत्तम पौडेल : ४६२
पेम्बा लामा : ४९३
भानुभक्त ढकाल : ११०८
महेश बस्नेत : १५४४
यामलाल कँडेल : ११८५
रचना खड्का : ८७७
राजन भट्टराई : ११८१
लालबाबु पण्डित : ४९६
विनोदप्रसाद ढकाल ः ६८४
शेरधन राई : १५०३
हिक्मतकुमार कार्की : १३३७
अध्यक्ष
केपी शर्मा ओली
उपाध्यक्ष (५ जना)
पृथ्वी सुब्बा गुरूङ
विष्णुप्रसाद पौडेल
रामबहादुर थापा बादल
गोकर्ण विष्ट (ईश्वर पोखरेल प्यानलबाट)
रघुजी पन्त
महासचिव (१ जना)
शंकर पोखरेल
उपमहासचिव (३ जना)
लेखराज भट्ट
योगेश भट्टराई (ईश्वर पोखरेल प्यानलबाट)
रघुवीर महासेठ
सचिव (९ जना)
महेश बस्नेत
पद्माकुमारी अर्याल
शेरधन राई
यामलाल कँडेल
राजन भट्टराई
छविलाल विश्वकर्मा
खगराज अधिकारी
हिक्मत कार्की
भानुभक्त ढकाल
मतदानमा ८० विद्युतीय मेसिन प्रयोग गरिएको थियो । त्यसबाट प्रतिनिधिले मतदान गरेका हुन् ।
यसपालि कुल दुई हजार २६३ मतदाता थिए । दुई हजार २२७ प्रतिनिधिले मतदान गरे । ३६ प्रतिनिधि मतदानमा अनुपस्थित रहेका पार्टी निर्वाचन आयोगले जनाएको छ ।
१९ पदाधिकारीका निम्ति ४२ जना प्रतिस्पर्धामा थिए । सबै पदमा गरी ३०० भन्दा बढी उमेदवार थिए ।
बुधबार (पुस १) बिहान करिब सवा ९ बजेदेखि मतदान थालिएको थियो । बिहीबार (पुस ३) बिहान मतदान सकिएको हो ।
गएको मंसिर २७ गते भक्तपुरको सल्लाघारीस्थित चौरमा महाधिवेशन उद्घाटन गरिएको थियो । त्यसको भोलिपल्टदेखि काठमाडौंको भृकुटीमण्डपमा बन्दसत्र सुरु गरिएको थियो । मंसिर २९ गते महाधिवेशन सकाउने पूर्वनिर्धारित तालिका थियो । तर, मतदानमा ढिलाइ हुँदा महाधिवेशन लम्बिएको हो ।



