लेखानी समाज जापानको चौथो अधिवेशन सम्पन्न, दीपक कँडेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

-


     जनहित न्युज    
     पौष १७ गते २०८२


जनहित न्यूज डेस्क टोकियो, जापान ।

जापानमा रहेका नेपालीहरूको अग्रणी सामाजिक–सांस्कृतिक संस्था लेखानी समाज जापानको चौथो अधिवेशन भव्यताका साथ सम्पन्न भएको छ । टोकियोमा सम्पन्न अधिवेशनले आगामी कार्यकालका लागि दीपक कँडेलको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो ।

संस्थाको एकता, नेपाली पहिचान र संस्थागत सुदृढीकरणलाई मुख्य प्राथमिकतामा राख्दै अधिवेशनले नयाँ नेतृत्व चयन गरेको हो । सर्वसम्मत रूपमा चयन भएको यस नयाँ कार्यसमितिले जापानमा रहेका लेखानीबासी नेपालीहरूको साझा भावनालाई प्रतिनिधित्व गर्ने विश्वास व्यक्त गरिएको छ ।

नयाँ कार्यसमिति विवरण

अधिवेशनले पदाधिकारी तथा सदस्यहरूमा निम्न बमोजिमको चयन गरेको छ:

  • अध्यक्ष: दीपक कँडेल
  • उपाध्यक्ष: श्याम प्रसाद कँडेल र होम ब. श्रीष
  • सचिव: प्रेम सागर गौतम
  • सह–सचिव: बेल जि.सी.
  • कोषाध्यक्ष: हेमन्त क्षेत्री ‘गणेश’
  • सह–कोषाध्यक्ष: तेज प्रसाद कँडेल

कार्यसमिति सदस्यहरू: गोपाल के.सी., तुलसी राम कँडेल, टिका राम कँडेल, राम प्रसाद कँडेल, कौशिला कँडेल र संगिता क्षेत्री रहनुभएको छ ।

सामूहिक प्रयास र सुदृढीकरणको प्रतिबद्धता

नवनिर्वाचित कार्यसमितिले पदभार ग्रहण गर्दै समाजभित्र आपसी सहकार्य र सहभागितालाई थप प्रभावकारी बनाउने प्रतिबद्धता जनाएको छ । अध्यक्ष दीपक कँडेलले संस्थालाई थप सुदृढ बनाउँदै सामूहिक प्रयासका माध्यमबाट नेपाली समुदायको हितमा सक्रिय रहने बताउनुभयो ।

अधिवेशनले संस्थाको भावी कार्यदिशा समेत तय गरेको छ, जसमा जापानमा नेपाली संस्कृति र पहिचानको संरक्षण गर्दै सामाजिक एकतालाई बलियो बनाउने विषयहरू समेटिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?