
टोकियो, जापान
जापानमा रहेका बागलुङ बिहुँकोटबासीहरूको साझा संस्था बिहुँकोट समाज जापानको १० औँ अधिवेशन तथा १९ औँ साधारण सभा भव्य रूपमा सम्पन्न भएको छ। डिसेम्बर ३१ तारिख टोकियोको कामातास्थित चौतारो रेस्टुरेन्टको सभा हलमा सम्पन्न अधिवेशनले टिकाराम कँडेलको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ।
करिब ८७ लाख येन बचत
समाजका निवर्तमान अध्यक्ष दीपक कँडेलको अध्यक्षतामा सम्पन्न उक्त अधिवेशनमा संस्थाको प्रगति प्रतिवेदन तथा आर्थिक प्रतिवेदन पेश गरी अनुमोदन गरिएको थियो। प्रस्तुत आर्थिक प्रतिवेदन अनुसार समाजले पछिल्लो २ वर्षे कार्यकालमा उल्लेख्य आर्थिक गतिविधि गरेको देखिएको छ।
प्रतिवेदन अनुसार:
- कुल आम्दानी: २ करोड ८६ लाख ७० हजार ४ सय ८ येन।
- कुल खर्च: १ करोड ९३ लाख ८ हजार ७ सय येन।
- कुल बचत: ९३ लाख ६१ हजार ८ सय ९ येन।
उक्त बचत रकममध्ये कान्तो क्षेत्रीय समितिलाई ६ लाख ४ हजार ५ सय ११ येन प्रदान गरी संस्थाको खातामा कुल ८७ लाख ५७ हजार २ सय ९७ येन मौज्दात रहेको जानकारी गराइएको थियो।

नयाँ कार्यसमिति चयन
अधिवेशनले आगामी कार्यकालका लागि टिकाराम कँडेलको नेतृत्वमा निर्विरोध नयाँ कार्यसमिति चयन गरेको छ। नवगठित कार्यसमितिको विवरण निम्न अनुसार छ:
- अध्यक्ष: टिकाराम कँडेल
- उपाध्यक्षहरू: घनश्याम कँडेल (अर्जुन), प्रेम प्रसाद कँडेल, नारायण प्रसाद कँडेल
- महासचिव: बल बहादुर कँडेल क्षेत्री
- सचिवहरू: अर्जुन कँडेल (पुष्प), राजेन्द्र कँडेल
- कोषाध्यक्ष: खिमानन्द कँडेल
- सह–कोषाध्यक्ष: आनन्द प्रसाद कँडेल
- सदस्यहरू: मुना कँडेल, जुना कँडेल, तिलक कँडेल
प्रतिबद्धता र विश्वास
नव–निर्वाचित कार्यसमितिले आफ्नो कार्यकालमा आपसी सहकार्य, पारदर्शिता र सक्रिय सहभागितामार्फत समाजलाई अझ मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरेको छ। जापानमा रहेका बिहुँकोटवासीहरूबीच आपसी सद्भाव, सहयोग र सामाजिक एकता अभिवृद्धि गर्न यो कार्यसमिति सफल हुने विश्वास लिइएको छ।



