जापानले पूर्वपतिलाई सन्तानको पिता बनाउने कानुन परिमार्जन गर्दै 

-


     जनहित न्युज    
     माघ २२ गते २०७८


जापान सरकारले पूर्वपतिलाई सन्तानको पिता बनाउने कानुनलाई परिमार्जन गर्ने भएको  छ ।  सरकारले १९ औं शताब्दीमा बनेको सो कानुन परिमार्जन गर्ने भएको हो ।  सो कानुनअनुसार महिलाको पूर्व पतिलाई सन्तानको जन्मदर्ता प्रमाणपत्रमा पिताको रुपमा राख्न पाइने प्रचलन थियो ।

दम्पतीबीच सम्बन्धविच्छेद भएको करिब ३ सय दिन भित्रमा यदि सन्तानको जन्म भएमा स्वतह महिलाको पूर्वपतिलाई सन्तानको पिताको रुपमा राख्न पाउने कानुन थियो । तर, हाल सो कानुन मान्य नहुने भन्दै सरकार पक्षले यस हप्ता सो कानुन परिमार्जन गर्न सिफारिस गरेको थियो  ।

परिमार्जित गर्न सिफारिस गरिएको कानुनअनुसार सम्बन्ध विच्छेद  गरेका महिलाले १ सय दिनभित्रमा अर्को बिहे गर्न पाउने र सो समयावधिभित्र सन्तान जन्मिएमा नयाँ पतिलाई बच्चाको पिताको रुपमा राख्न पाउनेछन् । यद्यपि, एकल सम्बन्धन विच्छेद गरेका महिलाले भने पूर्वपतिलाई नै सन्तानको पिताको रुपमा राख्न पाउने कानुनलाई नै निरन्तरता दिने बताइएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?