
नेपाल भलिबल संघ जापान शाखाको दोस्रो अधिवेशन नोभेम्बर २२ तारिक मंगलवार हुने भएको छ।
सन २०१७ सालमा स्थापना भएको नेपाल भलिबल संघ जापान शाखाको दोस्रो अधिवेशन नोभेम्बकर २२ तारिक मंगलवारका दिन सिनओकुबो स्थित सोलमारी मुरा हलमा गरिने निर्णय मंगलबार सम्पन्न बैठकले गरेको शाखाका महासचिव भिक्टर ठाडा मगरले जानकारी दिए।
अधिवेशनलाई सफल पार्नका लागि साथै कुशल नेतृत्व चयन गर्नका लागि नेपाल भलिबल संघ गण्डकी प्रदेशका अध्यक्ष नविन गुरुङको संयोजकत्वमा निर्वाचन समिति र अधिवेशनलाई आवश्यक तयारी गर्नका लागि अध्यक्ष रत्नसिंह बस्नेतको संयोजकत्वमा मूल आयोजक समिति गठन गरिएको समेत मगरले जानकारी दिए।
अधिवेशनले आगामी २०२२-२०२४ को कार्यकालका लागि नया कार्यसमिति समेत चयन गर्ने छ । नया कार्यसमिति चयनका लागि सबैको अपनत्व हुने गरि भलिवल क्षेत्रको मर्म र भावना अनुसार संस्थाको गरिमालाई निरन्तरता दिने सक्षम नेतृत्व चयन गर्न आवश्यक तयारी गरिएको संयोजक नविन गरुङले बताए ।
वैदेशिक रोजगारीको सिलसिलामा जापानमा रहेका खेलाडी, खेलकुदप्रेमी र विभिन्न संघसंस्था बिचमा समन्वय, साझेदारी एवंम् सहकार्यको वातावरण सृजना गरि भलिबलको विश्वव्यापी मुल्य र मान्यता अनुसार संस्थाले स्थापना कालदेखि नै खुल्ला रनिङ कप पुरुष भलिबल प्रतियोगिता आयोजना गर्दै आएको छ ।
भलिबल नेपालमा सर्वाधिक लोकप्रिय तथा राष्ट्रिय खेल हो । नेपालका लागि भौगोलिक रुपमा सुहाउँदो र ७७ वटै जिल्लामा खेलिने खेल हो भलिबल ।त्यसैले पछिल्लो समयमा भलिबल नेपालमा पनि टोल टोल देखि वडा हुदै विभिन्न स्तरका प्रतियोगिता समेत हुदै आएका छन्।
नेपाल सरकारबाटै नेपालको राष्ट्रिय खेलको दर्जा प्राप्त गरे पछि यो भलिबल खेलको लोकप्रियता नेपालमा दिन प्रतिदिन झन् बढदो क्रममा रहेको र जापनमा पनि त्यो लोकप्रियतालाई अझै उचाईमा पुराएको अध्यक्ष बस्नेतको भनाई छ। खेलकुदका साथै भलिबल क्षेत्रको विकासको लागि खेलकुद पुर्वाधारको विकास हुन आवश्यक छ । खेललाई मनोरञ्जनका रुपमा मात्र सिमित पारिरहनु हुदैन र हेरिनु हुदैन भन्ने बस्नेत को भनाई छ।



