
गलकोट नगरपालिकाको वडा नं. ११ रिघामा पाँच दलीय गठबन्धनका उमेदवारलाई हराउँदै नेकपा एमालेका उमेद्वार डम्मर श्रीस विजयी भएका छन् ।
गठबन्धनबाट राष्ट्रिय जनमोर्चाका वडा अध्यक्ष पदका उमेदवार दिलबहादुर बुढाथोकीलाई २६४ मतान्तरको फरकमा पराजित गर्नुभएको छ । श्रीसले ९ सय ७३ मत ल्याउँदा गठबन्धनका बुढाथोकीले ७ सय ९ मत ल्याउनुभएको थियो ।