निर्वाचनमा धाँधली भएको भन्दै ढोरपाटन नगरपालिकामा पुनःमतदान गराउन निवेदन

-


     जनहित न्युज    
     वैशाख ३१ गते २०७९


निर्वाचन निष्पक्ष नभएको भन्दै ढोरपाटन नगरपालिकामा पुनःमतदान गराउन निवेदन परेको छ ।

निर्वाचन अधिकृतको कार्यालयमा नगरपालिकाको–४ छोरेगाउँ मावि र हिमाल आधाभूत विद्यालय मतदान केन्द्रमा स्वच्छ र निष्पक्ष रुपमा मतदान नभएको भन्दै मेयर पदका उम्मेदवार चन्द्रलाल अर्यालले पुनः मतदानको माग गर्दै निवेदन पेश गरेका हुन् ।

अर्यालले शनिबार दिउँसो १ः३८ बजे निर्वाचन अधिकृतको कार्यालय बुर्तिबाङमा निवेदन दिएको नगरपालिकाका निर्वाचन अधिकृत लालसिंह थापाले जानकारी दिए । उनका अनुसार सर्वदलीय बैठकले वडा नम्बर ४ को टुंगो नलगाएसम्म मतगणना नहुने भएको हो ।

‘गठबन्धनको तर्फबाट मेयर पदका उम्मेदवार चन्द्रलाल अर्यालले निर्वाचन निष्पक्ष नभएको भन्दै निवेदन दिनुभएको छ’ अधिकृत थापाले भने,‘ अहिले बसेको सर्वदलीय बैठकले दुई मतदान केन्द्रकोविवाद टुंगो लगाएपछि मात्र मतगणना गर्ने निर्णय गरेको छ ।’

हिजो दिउँसो दुई मतदानस्थलमा निष्पक्ष मतदान नभएको भन्दै मतगणना हुन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?