टोकियोमा आयोजित सप्ताहब्यापी श्रीमद्भागवत ज्ञान महायज्ञ ‘ टोकियो सप्ताह-२०२५’ को तयारी अन्तिम चरणमा

-


     जनहित न्युज    
     कार्तिक २२ गते २०८२


जापानमा एकिकृत नेपाली घरः बहु साँस्कृतिक केन्द्र निर्माणका लागि आर्थिक स्रोत जुटाउनै उद्देश्यले आयोजित सप्ताहब्यापी श्रीमद्भागवत ज्ञान महायज्ञको तयारी अन्तिम चरणमा पुगेको छ।
नोभेम्बर ८ देखि १५ तारिखसम्म सञ्चालन हुने उक्त महायज्ञ ‘टोकियो सप्ताह’ का लागि आवश्यक मण्डव निर्माण, कलश यात्राका लागि आवश्यक कार्य, स्वयम् सेवक परिचालनका साथै यज्ञादीका लागि गरिनु पर्ने सम्पूर्ण तयार पुरा भएको एनआरएनए जापानका अध्यक्ष तथा टोकियो सप्ताह २०२५ मूल आयोजक समितिका संयोजक सुभास लामिछानेले जानकारी दिए।


टोकियोको सिन्जुकुमा हुने उक्त महायज्ञमा कथा वाचनका लागि वाचन शिरोमणिका रुपमा रहेका वाचनप्रवीण पण्डित दीनबन्धु पोखरेल जापान आइसकेर फुकुओका, ओसाका र नगोयामा साक्षात्कार तथा सत्सङ्ग कार्यक्रममा सहभागी भै एक खालको माहोल सृजना गरिसक्नु भएको जानकारी दिँदै अध्यक्ष लामिछानेले भने- महान बौद्ध गुरु टुल्कु सोनाम गर्वाङ रिम्पोछे शुक्रबार बेलुका जापान आउने र पण्डित पोखरेल र गुरु रिम्पोक्षेले महायज्ञ स्थलको मण्डप निर्माण निरिक्षण गरेर त्यसलाई अन्तिम रूप दिने गरी कार्य भइरहेको छ।


जापानका विभिन्न ठाउँमा सम्पन्न साक्षात्कार तथा सत्सङ्ग कार्यक्रममा नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुको उल्लेखनीय उपस्थिति र महायज्ञप्रति देखाएको चासोले टोकियो सप्ताह-२०२५ भव्यरुपमा उद्देश्य अनुरुप सफल हुनेमा आफू विश्वस्त रहेको महायज्ञका कथा वाचक तथा वाचनप्रवीण पण्डित पोखरेल बुझाइ छ।
पवित्र उद्देश्य राखेर जापानमा पनि मिनी नेपालको झल्को दिने गरी स्थापना हुन लागेको एकिकृत नेपाली घरः बहु साँस्कृतिक केन्द्र निर्माणका लागि आर्थिक स्रोत जुटाउन यो महायज्ञमा मन खोलेर आर्थिक दान गरि पुण्य लाभ लिनका लागि समस्त जापानवासी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई अनुरोध गर्दछु। वाचनप्रवीण पण्डित पोखरेल ले भने – जापानमा नेपालीहरुबीचको एकता, भाइचारा र एक अर्का पुस्ताबीचको पारस्परिक सम्बन्धलाई थप मजबुत बनाउँदैं आध्यात्मिक चिन्तनको उजागर गर्न र गराउन महायज्ञ सफल बनाउनु तपाईं हाम्रो दायित्व पनि हो।


टोकियो सप्ताह २०२५ सफल र व्यवस्थित रुपमा सम्पन्न गराउनका लागि गठित विभिन्न उप समितिहरूले आफ्नो जिम्मेवारी बमोजिम कार्य पूरा गरिरहेको आयोजक समितिले जानकारी दिएको छ। साथै सप्ताह सञ्चालन अवधि भर आफ्नो जिम्मेवारी बमोजिम कार्य गर्न गराउनका लागि समेत आयोजक समितिले सबैलाई अनुरोध गरेको छ।
महायज्ञका कार्यक्रम
महायज्ञको पहिलो दिन अर्थात् शनिबार पूर्वाङगसहित बिहान १०:३० बजेदेखि तोकिएको क्षेत्रमा कलश यात्रा गरिने छ र वाचनप्रवीण पण्डित दीनबन्धु पोखरेल र बौद्ध गुरु टुल्कु सोनाम गर्वाङ रिम्पोछेद्वारा महायज्ञको समुद्घाटन गरिने कार्यक्रम रहेको आयोजक संस्थाले बताएको छ ।

त्यसैगरी नोभेम्बर ९ तारिख टुल्कु सोनाम गर्वाङ रिम्पोछेद्वारा बुद्ध अमिताभको अभिषेक,वाचनप्रवीण पण्डित दीनबन्धु पोखरेलको विशेष आध्यात्मिक प्रवचन र सत्सङ्ग भजन सत्र र झाँकी कार्यक्रम गरिने छ।
महायज्ञको तेस्रो दिन अर्थात् १० नोभेम्बर, सोमबारका दिन टुल्कु रिन्पोचेद्वारा “आर्य तारा पूजा” दिनबन्धु गुरुको विशेष आध्यात्मिक प्रवचन तथा ध्यान सत्रसहित सत्संग, भजनसत्र तथा विभिन्न झाकीका कार्यक्रम हुने छ भने ११ नोभेम्बर, मंगलबार टुल्कु रिन्पोचेद्वारा “बुद्ध शाक्यमुनिको तुषितलोकबाट धर्ती अवतरण पूजा / बत्ती प्रज्वलन” र दिनबन्धु गुरुज्यूको विशेष आध्यात्मिक प्रवचन तथा ध्यान सत्र रहने छ।
१२ नोभेम्बर, बुधबारका दिन टुल्कु रिन्पोचेद्वारा “प्रवचन सत्र” र १२:०० बजे बाटः दिनबन्धु गुरुज्यूद्वारा ध्यान, सत्सङ्ग तथा जीवन दर्शनसहित सत्संग, भजनसत्र तथा विभिन्न झाकीका कार्यक्रम, १३ नोभेम्बर, बिहीबार टुल्कु रिन्पोचेद्वारा “लुङ (धार्मिक दीक्षा)” दिनबन्धु गुरुज्यूको विशेष आध्यात्मिक प्रवचन तथा ध्यान सत्र, १४ नोभेम्बर, शुक्रबार टुल्कु रिन्पोचेद्वारा “नमसुम मोनलम प्रार्थना” र दिनबन्धु गुरुको नियमित विशेष आध्यात्मिक प्रवचन तथा ध्यान सत्र रहने छ।
१५ नोभेम्बर, शनिबार अर्थात् महायजको अन्तिम दिन दुबै गुरु दिनबन्धु पोखरेल तथा टुल्कु सोनाम गरवाङ रिन्पोचेद्वारा समापन, प्रवचन तथा आशीर्वचन, सत्संग, भजनसत्र तथा विभिन्न झाकी तथा कलश हस्तान्तरण गर्ने कार्यक्रम रहेको बताइएको छ।

एकिकृत नेपाली घरः बहु साँस्कृतिक केन्द्र निर्माणका लागि आर्थिक सहयोगका लागि आह्वान
महायज्ञको मुख्य उद्देश्य एनआरएनए जापानको संयोजनमा जापानमा क्रियाशिल विभिन्न संघ संस्था व्यक्ति व्यक्तित्वको सहकार्यमा जापानको चिबामा निर्माणाधीन नेपाली घर निर्माणका लागि आर्थिक सहयोग जुटाउने नै रहेको आयोजकको भनाइ छ।

महायज्ञ जस्तो पवित्र कार्य गरि पुण्यलाभ सहित दानविरहरुलाई यथोचित सम्मान गरिने कार्यक्रम रहेकोले पुण्यलाभ सहित सामाजिक कार्यका लागि खुला दिलले आर्थिक सहयोग गरिदिन लागि एनआरएनए जापानका कोषाध्यक्ष तथा टोकियो सप्ताह २०२५ का आर्थिक संयोजक मुक्तिराज रेग्मीले सम्पूर्णलागि आह्वान गरेका छन्।
आर्थिक संयोजक रेग्मीका अनुसार दानबिरहरुका लागि संरक्षक दाता (Patron Donor): ( ¥१०,०००,००० वा सोभन्दा माथि) , प्रमुख दाता (Major Donor): (¥५,०००,००० देखि ¥९,९९९,९९९ सम्म), विशिष्ट सहयोगी (Distinguished Supporter):( ¥२५००,००० देखि ¥४९९९,९९९ सम्म), स्वर्ण सहयोगी (Gold Supporter) ( ¥१०००,००० देखि ¥२४९९,९९९ सम्म), रजत सहयोगी (Silver Supporter): ( ¥५००,००० देखि ¥९९,९९९९ सम्म), कांस्य सहयोगी (Bronze Supporter): ( ¥२००,००० देखि ¥४९९,९९९ सम्म) मित्र सहयोगी (Friend Supporter): ( ¥१०,०००० देखि ¥१९९९९९ भन्दा कम), नेपाली घर सहयोगी : ( ¥५,०००० देखि ¥९९९९९ भन्दा कम), नेपाली घर सहयोगी : ( ¥५,०००० देखि ¥९९९९९ भन्दा कम) र सहयोगी हातहरु सहयोग सहयोग श्रेणीको वर्गीकरण गरि आर्थिक सहयोग गर्न सकिने छ। आर्थिक सहयोग अनलाइन तथा प्रत्यक्ष जुनसुकै माध्यमबाट गर्न सकिने उनको भनाइ छ।
दानवीरहरुलाई यस महायज्ञ र नेपाली घरमा विभिन्न स्तरका सम्मान प्रादन गरिने आयोजक तयारी रहेको छ।
जापानका सम्पूर्ण नेपालीको आस्थाको धरोहरका रुपमा विकसित हुने गरी निर्माण गरिन लागेको नेपाली घर निर्माण जस्तो पवित्र उद्देश्य राखी आयोजित यस टोकियो सप्ताहमा जापानवासी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुले समेत अपनत्व रहने साथै धार्मिक हिसाबले समेत पुण्य लाभ हुने यस महान् कार्यको लागि आर्थिक सहयोग अर्थात् महायज्ञका लागि दान गरिदिनु भै पुण्य आर्जन गर्नु हुनका लागि नि वर्तमान एनआरएनए जापानका अध्यक्ष तथा यस परियोजनाका परिकल्पनाकार नवीन निउरेले अनुरोध गरेका छन्।

महायज्ञ तयारीको फोटो फिचर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?