गलकोट नगरपालिकाको मेयर पदकी स्वतन्त्र उम्मेदवार मञ्जु शर्मा चालिसेद्वारा गठबन्धन दलका विरुद्ध गलत समाचार सम्प्रेषण गरेकोमा लिखित रूपमा माफी मागिन

-


     जनहित न्युज    
     वैशाख २९ गते २०७९


वैशाख ३० अर्थात् भोलि हुने निर्वाचनको मौन अवधिमा आफूले निर्वाचन आयोगले तोकेको आचारसंहिता विपरितको कार्य गरेर गल्ती गरेको र भन्दै गलकोट नगरपालिकाको मेयर पदकी स्वतन्त्र उम्मेदवार मञ्जु शर्मा चालिसेले लिखित रूपमा माफ़ी मागेकी छन ।
बुधबार राती करिब १० बजेको समयमा गलकोट नगरपालिका वार्ड नम्बर ८ को बिरकोट चालिसेटोला लगायतका ठाऊका मतदाताको घरघरमा पुगि रकम बांडेको आरोपमा प्रहरीले उम्मेदवार शर्मासहित उनको टिमका सदस्यलाई प्रहरीले ६ घण्टा नियन्त्रणमा लिएर छाडेको थियो ।
नियन्त्रणबाट बाहिर आएसंगै शर्माले कपोलकल्पित रूपमा आफ़नो पक्षमा जनलहर देखिएबाट गठबन्धन डराएर भ्रम सृजना गरेको उल्लेख गर्दै विज्ञप्ति जारी गरेपछि सो विज्ञप्तिमार्फत गठबन्धन दलका विरुद्ध आफूले सम्प्रेषण गरेको भ्रामक समाचारप्रति क्षमा मागेकी छन ।
बुधवार राती करिब ९ बजेको समयमा स्वतन्त्र उम्मेदवार मन्जु शर्मा चालिसेको नेतृत्वमा पैसा बाड्ने, भेला गर्ने तथा भोट माग्ने काम भएको सूचना पाएपछि प्रहरी पाएको सूचनाको आधारमा आचारसंहिता उल्लघन गरेको, भन्दै ५ दलीय गठबन्धनका कार्यकता र स्वतन्त्र उम्मेदवार मन्जु शर्माका केही मानिसहरु बिच सामान्य झडपको अबस्था सृजना समेत भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?