
PM KP Sharma Oli during foundation-stone laying ceremony of Prime Minister Residency building on the Baluwatar premises,Kathmandu on Thursday . POST PHOTO:PRAKASH CHANDRA TIMILSENA/KANTIPUR
जेनजी समुहले कमचलाउ प्रधानमन्त्री लुकेको भन्दै अहिले खोजिरहेको छ । केही समय पहिले पूर्ब प्रधानमन्त्री शेरबहादुर देउवालाई उनकै निवासमा पुगेर समुहले कुटपिट गरेको थियो । त्यस लगतै ओलीको खोजि गरिरहेको हो । कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटार छाडेका छन् ।
उनले पदबाट राजीनामा दिएको केही समयपछि सरकारी निवास बालुवाटारमा आगजनी र तोडफोड भएको थियो ।त्यसअघि नै ओली बालुवाटार छाडेर राजधानीकै बुढानीलकण्ठ नगरपालिकामा पर्ने शिवपुरी ब्यारेकमा गएको खुलेको छ ।
सेनाको हेलिकप्टरमार्फत बालुवाटारबाट उनी पत्नीसहित शिवपुरी गएका हुन् । उनलाई त्यहाँ सेनाको ब्यारेकमा राखिएको सुरक्षा स्रोतले जनाएको छ।
जेनजी प्रदर्शन नियन्त्रण बाहिर गएपछि उनले मंगलबार दिउँसो प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए ।