Uncategorized

जापानको नागोया शहरमा हुने नेपाल फेस्टिभलको तयारी तिव्र

कविकिरण न्यौपाने / नागोया – जापानको नागोया शहरमा नेपाल फेस्टिभल तयारी तिब्र पारिएको छ । गैर आवासीय नेपाली संघ (एनआरएनए) जापान नागोया क्षेत्रीय समितिको आयोजनामा, आदिवासी जनजाति महासंघको मुख्य सह-आयोजना,नागोया अवस्थित  सामाजिक संघ संस्थाहरूको सह-आयोजना एवं नेपाली दूतावास टोकियोको सहयोगमा फेस्टिभल आयोजना गरिएको एनआरएनए नागोयाका उपाध्यक्ष एवं तेस्रो नेपाल फेस्टिभल मूल आयोजक समितिका संयोजक देब घिमिरेले जानकारी दिए। फेस्टिभलको उप-संयोजकको जिम्बेवारीमा भने यम बहादुर पाइजा र नरेश राई दिईएको छ । आउँदो जून ८ तारिख शनिबार र ९  तारिख आइतबार आईची… पुरा पढौ

वसन्त गौचनले टोकियो लिगको युथ टोली सम्हाले

नेपालका पूर्व अन्तर्राष्ट्रिय फुटबलर, प्रशिक्षक बसन्त गौचनले टोक्योमा अवस्थित चोफुओच्का सकर क्लबको युथ टोली सम्हालेका छन् । चोफुओच्काले युथमा टोकियोको टी लिग खेल्छ । कोभिड–१९ का कारण यसपटक ढिला गरी यो लिग सुरु भएको छ ।गौचनका अनुसार अप्रिल देखि टी लिग सुरु भइसकेको छ । चोफुओच्काले तीन खेल खेलिसकेको छ । एक खेल जितेको, एक खेल हारेको, एक खेल बराबरीमा छ । टी लिगमा ६८ टोली छन् र विभिन्न समूह बनाएर वर्ष भरी लिग खेल्ने छ । चोफुओच्काले बसन्तलाई एक… पुरा पढौ

गण्डकीका दुई मन्त्रीलाई कोरोना संक्रमण

गण्डकी प्रदेश सरकारका दुई मन्त्रीलाई कोरोना संक्रमण भएको छ । प्रदेशका भूमि व्यवस्था, कृषि, सहकारी तथा गरिबी निवारणमन्त्री चन्द्रबहादुर बुढा र वन, वातावरण तथा भूसंरक्षणमन्त्री दीपक थापालाई कोरोना संक्रमण भएको हो । हाल दुवै मन्त्री आफ्नो सरकारी निवासको होम आइसोलेसनमा छन् । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ । शुक्रबार प्रदेशको प्रयोगशालामा गरिएको परीक्षणमा मन्त्रीहरुमा कोरोना पोजेटिभ देखिएको हो । दुवैजना मन्त्री केही दिनअघि पोखरामा मगर संघले आयोजना गरेको बधाई ज्ञापन कार्यक्रममा सहभागी भएका थिए । त्यसलगत्तै उनीहरुमा कोरोनासँग मिल्दोजुल्दो… पुरा पढौ

वैदेशिक सहयोगको परिदृश्यमा एमसिसि परियोजना

वैदेशिक सहयोग जुनसुकै देशसँग लिन सकिन्छ। नेपाल जस्तो देशले आफ्नो कुटनैतिक क्षमता प्रबर्द्धन गर्नुपर्छ। बिदेशी सहयोग लिदां हेर्नुपर्ने मुख्य कुरा राष्ट्रको हित हो, र राष्ट्रको हित भनेको जनताको चाहना हो। जब जनता नै कुनै बिदेशी सहयोगप्रति सन्देह राख्दछ्न, किन सरकार त्यस्तो सहयोग लिन ब्यग्रता प्रदर्शन गर्छ? तसर्थ नेपालका राजनीति दल र सरकारले निम्न कुरा ख्याल राखोस। १. राष्ट्रको हितलाई बन्धकमा राख्ने र भोलि विवाद सिर्जना गर्ने कुनै संझौता गर्नु हुन्न। दर्जनौ संझौता भएका छन, तर जनतालाई थाहा दिइएको छैन। केही… पुरा पढौ

एनआरएनए जापनका क्षेत्रीय अधिवेशन सकिए, एनसिसिको लागि चटारो

जापान-गैर आवासीय नेपाली संघ जापानको क्षेत्रीय अधिवेशनहरु सकिएका छन् आगामी कार्यकाल २०२१–२०२३ का लागि राष्ट्रिय समन्वय समितिको अधिवेशन पूर्व गरिनु पर्ने सम्पूर्ण क्षेत्रका अधिवेशनहरु नागोयाको बाहेकमा सर्वसम्मत र विवादरहित रुपमा सकिएका छन् ।गैर आवासीय नेपाली संघप्रति युवापिढीको उत्साहपूर्ण सक्रिय सहभागिता देखिएको छ । १२ वटा क्षेत्रमा प्राय युवाहरु नै नेतृत्वमा आएका छन् । तर नेतृत्वमा महिला भने शुन्य हुन पुगेको छ ।जापानको राजधानी समेत रहेको कान्तोमा बागलुङ गलकोटका दिपेश केसीले बाजी मारेका छन् भने पुरानो राजधानी रहेको कान्साई क्षेत्रको नेतृत्वमा… पुरा पढौ

सत्य घटनामा आधारित म्युजिकल फिल्म ‘रावन’ सार्वजनिक (भिडिओ)

बिजि बर्मा फिल्मसको ब्यानरमा शंकर अधिकारी घायलको लेखन र निर्देशन अनि कला राइको निर्माण रहेको म्युजिकल मुवि ‘रावन’ सार्वजनिक भएको छ। विराटनगरमा घटेको सत्य घटनामा आधारित म्युजिकल मुवि बुढासुब्बा डिजिटलबाट रिलिज गरिएको हो। फिल्ममा मिस कोशी सुस्मिता श्रेष्ठ, पदम अधिकारी, सबिना केसी र बालकलाकार युबिसा गौतमको अभिनय रहेको छ। यस्तै, दिवस गुरुङको छायांकन, राजन महर्जनको कोरियोग्ग्राफी, अन्जली थापाको सम्पादन, राजु लामाको संगीत, सपना श्रीको स्वर र शंकर अधिकारी घायलको लेखन र निर्देशन रहेको छ।  https://www.youtube.com/channel/UCNR1KcWXj7zpWQFJtU3ddYg पुरा पढौ

आज २५६५ औँ बुद्ध जयन्ती

काठमाडौं :  भगवान विष्णुको नवौँ अवतारका रुपमा जन्म लिएका सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पु¥याएको योगदानको स्मरण स्वरुप आज २५६५ औँ बुद्ध जयन्ती देशभर मनाइँदैछ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्धजयन्ती पर्व मनाइन्छ। बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण (मुत्यु) वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्तिले बुद्धजयन्ती मनाउने गर्दछन्। ‘अहिंसा नै शान्ति र मैत्रीको आधारशिला हो” यस्ता अनेकौँ कालजयी सन्देशका वाहक भगवान् गौतम बुद्धको २५६५ औँ जयन्ती शान्तिको कामना… पुरा पढौ

नेपालको संवैधानिक इतिहास र नेपालको संविधान २०७२

आज असोज ३ अर्थात् “संविधान दिवस” देशले संविधान पाएको दिन हो । लामो बलिदानी, त्याग, तपस्या र मिहिनेत पछि देशले आज कै मितिमा एक वर्ष पहिले “नेपालको संविधान २०७२” पाएको थियो । तत्कालीन राष्ट्रपति डा. रामवरण यादवले संविधान सभा भवनमा भव्य समारोहका बीच उक्त संविधान जारी गरेका थिए । वि.सं. २०७२ भदौ ३० मा संविधान सभाको बैठकमा दुई तिहाइ बहुमतले उक्त संविधानको विधेयक पारित ग¥यो । मत विभाजनका प्रक्रियामा संविधानको विधेयक पारित गर्ने पक्षमा ५०७ र विपक्षमा २५ मत परेको… पुरा पढौ