राजनीति

नेकपाका महासचिव विप्लव र प्रवक्ता प्रकाण्डसहितका नेता विरुद्ध पक्राउ पुर्जी

जिल्ला अदालत काठमाडौंले नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लब) सहित चारजना नेताविरुद्ध पक्राउ पूर्जी जारी गरेको छ । सरकारले दर्ता गरेको राज्यविरुद्धको कसुरका दुई मुद्दामा उनीहरुलाई ३५ दिनभित्र अदालतमा उपस्थित हुन भनिएको छ । जिल्ला अदालत काठमाडौंले सोमबार गोरखापत्रमा प्रकाशन गरेको ३५ दिने सूचनामा नेकपाका महासचिव विप्लव, पोलिटब्यूरो सदस्य खड्गबहादुर विश्वकर्मा, माइला लामा, अखिल नेपाल किसान महासंघका अध्यक्ष राजु कार्कीको नाममा अदालतमा उपस्थित हुनका लागि आग्रह गरिएको छ । त्यस्तै राज्यविरुद्धको कसुरको अर्को मुद्दामा माइला लामा र विप्लवविरुद्ध पक्राउ… पुरा पढौ

विप्लवको पार्टीका नेता रुसी सेनामा भर्ना

काठमाडौँ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमा आबद्ध भएर सेक्रेटरी समेत भइसकेका एक व्यक्ति यतिबेला रुसी सेनामा भर्ना भएका छन् । माओवादी हुँदै पछिल्लो समय विप्लवको पार्टीमा आबद्ध डायमण्ड सी म्याग्देली भ्लादिमिर पुटिन राष्ट्रपति रहेको रुसी सेनामा भर्ना भएका हुन् ।रुसी सेनामा नेपाली नागरिकको भर्ती गैरकानुनी भएपनि कैयन नेपालीहरु भर्ती भइसकेको बताइएकै बेला उनी समेत सेनामा भर्ती भएको पाइएको हो । आफू रुसी सेनामा भर्ती भएको डायमण्डले नै सामाजिक सञ्जालमार्फत पुष्टि गरेका छन् ।चार दिन अघि सामाजिक सञ्जालमा ‘लेनिनको देशबाट… पुरा पढौ

नेपालले तय गरेको यात्रा हेर्नलायक छ: महासचिव गुटेरेस [पूर्णपाठ]

नेपालको संसदीय इतिहासमा संयुक्त राष्ट्रसंघका महासचिवले पहिलोपटक रोस्ट्रममा उभिएर सम्बोधन गरेका छन् । नेपालको चारदिने औपचारिक भ्रणमा रहेका राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले मंगलबार संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा सम्बोधन गरेका हुन् । संघीय संसद्का दुवै सदन (प्रतिनिधि सभा र राष्ट्रिय सभा)मा मंगलवार सम्बोधन गर्दै गुटेरेसले स्वाधीनताको रक्षाका लागि नेपालले तय गरेको यात्रा हेर्नलायक रहेको बताएका छन् । 'दुई ठूला शक्तिका बीचमा रहेर आफ्नो सार्वभौमसत्ता र स्वाधीनताको रक्षाका लागि आफ्नो मार्ग तपाईँहरू आफैंले बनाउनुभएको छ,' गुटेरेसले भने, 'विगत २० वर्षको… पुरा पढौ

शान्ति स्थापनामा नेपालले गरेको मौलिक अभ्यासबाट विश्वले पाठ सिक्नुपर्छ : महासचिव गुटेरेस

काठमाडौँ । नेपालको औपचारिक भ्रमणमा रहनुभएका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले शान्ति स्थापनामा नेपालले गरेको मौलिक अभ्यासबाट विश्वले पाठ सिक्नुपर्ने बताउनुभएको छ ।  ललितपुरको पुल्चोकस्थित राष्ट्रसङ्घ भवनमा आज आयोजित स्वागत समारोहलाई सम्बोधन गर्दै महासचिव गुटेरेसले भन्नुभयो, “नेपालले शान्ति स्थापनामा गरेको मौलिक अभ्यास, सङ्क्रमणकालीन न्यायलाई अन्तिम निष्कर्ष दिन चालेका कदम र शान्ति स्थापनार्थ खटाइएका शान्ति सेनाका सफल उदाहरणबाट विश्वले पाठ सिक्नुपर्छ ।” सो अवसरमा महासचिव गुटेरेसले नेपाललाई आर्थिक–सामाजिक र हरेक क्षेत्रमा सबल र सफल राष्ट्र बनाउन यहाँस्थित राष्ट्रसङ्घीय कार्यालयका कर्मचारीलाई आग्रह गर्नुभयो… पुरा पढौ

नेपाली जनप्रगतिशील मञ्च जापान (一般社団法人NPPF JAPAN) क्षेत्रीय समिति कान्साइको दोस्रो क्षेत्रीय अधिवेशन नोभेम्बर २० तारिख हुने

नेपाली जनप्रगतिशील मञ्च जापान (一般社団法人NPPF JAPAN) क्षेत्रीय समिति कान्साइ/ ओसाकाको दोस्रो क्षेत्रीय अधिवेशन नोभेम्बर २० तारिख हुने भएको छ ।मञ्चको संगठनको बिस्तार तथा सुदृढिकरण अभियान अन्तरगत क्षेत्रीय समिति कान्साइ/ ओसाकाको दोस्रो क्षेत्रीय अधिवेशन अक्टोबर ३० तारिक हुने भएकोमा आन्तरिक तयारीका साथै विविध कारणले नोभेम्बर २० मा सारिएको क्षेत्रीय समितिका अध्यक्ष प्रकाश गैरेले जानकारी दिए ।नेपालीहरुको महान पर्व दशै तथा दिपावली छठका कारण राष्ट्रिय समिति र क्षेत्रीय समितिका अधिकान्श पदाधिकारी नेपालमा रहेको र थप आन्तरिक तयारी गर्नुपर्ने भएकोले क्षेत्रीय समितिको बैठक… पुरा पढौ

संयुक्त राष्ट्रसंघमा नेपाललाई देखिनेगरी प्रस्तुत गर्ने सफलता मिलेको छ- प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, १४ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संयुक्त राष्ट्र संघमा यसपटक देखिने गरी नेपाललाई प्रस्तुत गरिएको बताउनुभएको छ । प्रधानमन्त्री प्रचण्डले संयुक्त राष्ट्र संघको ७८औं महासभामा आफूले गरेको सम्बोधनबाट यस पटक नेपाल देखिने गरी प्रस्तुत हुन सफलता मिलेको बताएका हुन। आफनो हालै सम्पन्न संयुक्त राष्ट्र संघको महासभा र चीनको औपचारिक भ्रमणबारे आइतबार प्रतिनिधि सभा बैठकमा जानकारी गराउँदै प्रचण्डले नेपालको शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्याउनका लागि अन्तर्राष्ट्रिय समुदायको सदभाव बटुल्न पनि आफ्नो भ्रमण सफल भएको पनि जानकारी दिए ।नेपालमा द्वन्द्वबाट… पुरा पढौ

नेपालको मौलिकताका आधारमा विकासको मोडल तयार पार्नु पर्नेमा सभासद् शेरचनको जोड

नेपालको मौलिकताका आधारमा विकासको मोडल तयार पारेर देशलाई समृद्ध पार्नुपर्नेमा गण्डकी प्रदेशका सभासद तथा नेपाली कांग्रेस जिल्ला सभापति जितबहादुर शेरचनले बताएका छन ।  जापान भ्रमणमा रहेका सभासद् शेरचनले शनिबार जापानको टोकियोमा बिपी चिन्तक तथा गणेशमान श्रेष्ठ फ़ाउण्डेसनद्वारा आयोजित समृद्ध नेपाल र नेपालीको अभियानमा गैर आवासीय नेपालीहरुको कर्तव्य र नेपालले उनीहरूलाई दिने अधिकार विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उक्त विचार व्यक्त गरेका हुन ।  विकास भनेको निरन्तर चलिरहने प्रक्रिया रहेकोले नेपालको विकास मोडेल मोडेल तयार गर्दा अन्यबाट देशबाट प्रभावित नभई नेपाली समाज,… पुरा पढौ

नेपाली जनप्रगतिशील मन्च जापानको अधिवेशन नोभेम्वरमा हुँदै, संगठन बिस्तार तथा सुदृढिकरण अभियान संचालन

नेपाली जनप्रगतिशील मन्च जापान (一般社団法人NPPF JAPAN) को अधिवेशन नजिकिएसंगै संगठनका गतिविधिले व्यापकता पाएका छन ।हरेक २ वर्षमा हुने अधिवेशन आगामी नोभेम्वर महिनामा तय भएको र क्षेत्रीय अधिवेशनका मितिहरू निश्चितता भएकोले संगठन बिस्तार तथा सुदृढिकरण अभियान संचालन गरिएको संगठन विभाग प्रमुख तथा कार्यवाहक अध्यक्ष मोहन पौडेलले जानकारी दिए ।प्रवास समन्वय समितिको ३ महिने संगठन सुदृढिकरण अभियान पनि संचालन भैरहेकों अवसर पारेर जापानमा पनि यो अभियान संचालन गरेका हौ । पौडेलले भने- राष्ट्रिय कार्यसमितिकोले बैठकले संगठनको ३ महिने अभियानको लागि सदस्यता वितरण,… पुरा पढौ

मनमा हुण्डरी बोकेका शान्त प्रचण्ड

अमेरिकी पत्रकारिताका भीष्म पितामह वाल्टर लिपम्यानले एउटा अन्तर्वार्तामा भनेका छन्, ‘सरकारले दिएका सबै समाचार कमबेसी ‘व्यवस्थित’ नै हुन्छन्। सरकार र पत्रकारबीचको सम्बन्ध त्यतिबेलासम्म सुमधुर रहन्छ जबसम्म पत्रकार सरकारका कामलाई आलोचनात्मक आँखाले हेर्दैन। यो चलन सनातनदेखि निरन्तर चलेको छ। आगामी दिनमा पनि अक्षुण रहनेछ।’ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सरकारका मुख्य कार्यकारी हुनुहुन्छ। तर, बुधबार अपरान्ह उहाँले आयोजना गर्नुभएको नेपालका पच्चीस जना स्वनामधन्य सम्पादकहरूसँगको भेटघाट कार्यक्रममा खुलेर कुरा गर्नुभयो। उहाँका कुरा ‘व्यवस्थित’ गरिएको जस्तो लागेन। खासमा यो औपचारिक पत्रकार सम्मेलन पनि थिएन। तर,… पुरा पढौ

सोध्ने भयो माओवादीले महरालाई सुन प्रकरण बारेमा स्पष्टिकरण 

काठमाडौँ । माओवादी केन्द्रले नेता कृष्णबहादुर महरासँग सुन प्रकरणबारे प्रस्ट पार्न आग्रह गरेको छ। सुन तस्करी गर्ने समूहसँग पटक-पटक फोन सम्पर्कमा गरेको देखिएपछि पार्टीले यस्तो निर्णय गरेको हो ।  नौ किलो सुन भित्र्याउने समूहसँग महरा र उनका छोरा राहुलको संलग्नताबारे स्पष्ट पार्न माओवादी केन्द्रले महरासँग आग्रह गरेको छ। त्रिभुवन विमानस्थलबाट भेपमार्फत सुन भित्र्याउन संलग्न चिनियाँ नागरिक लुई होनसोङ र दाओनिज वाङसँग महरा र उनका छोरा राहुल निरन्तर सम्पर्कमा रहेको पुष्टि भए पनि प्रहरीले यसबारे कुनै कारबाही अगाडि बढाएको छैन। मन्त्री… पुरा पढौ