समाज

बैंकर्स बागलुङ ‘अर्मादीमा’

बागलुङ बजारका नियमित वित्तीय सेवामा व्यस्त बित्तिय क्षेत्रमा कार्यरत कर्मचारी शनिवार केहि फुर्सदिला देखिए । उनिहरुको फुर्सदलाई व्यवस्थापन गर्ने योजना केही दिन पहिले देखी नै बनाएका थिए ।भे १ ख ३१४६ नम्वरको बसमा उनिहरुको योजना अनुसार शनिवार बिहान बागलुङ बजारका बिभिन्न स्थानबाट विहान करिब ८ बजेबाट चढ्ने क्रम सुरु भयो । केही मोटरसाईकल त केही जिपमा समेत यात्रा गर्ने निश्चित भयो । बिहान करिब ९ बजे सम्ममा सबै जना बसमा चढेपछि बागलुङबाट बस पर्वत तर्फ लाग्यो । वित्तिय सेवा प्रवाह… पुरा पढौ

झापड खुवाउने जापानी रेष्टुरेण्ट

जापानमा घरेलु शैलीको एउटा इजाकाया रेष्टुरेण्टबार निकै आलोचित भयो । यो रेष्टुरेण्टले आएका अतिथिहरुलाई खान दिनुअघि गालामा झापड हान्ने विवादास्पद सेवा दिन्थ्यो । नागोयामा रहेको शाचिहोको–या इजाकायाले रेष्टुरेण्टमा आउने ग्राहकहरुलाई महिला कर्मचारीको हातबाट झापडको साथमा स्न्याक्स दिन्छ । यो अनौठो सेवाले रेष्टुराँमा आगन्तुकको संख्या बढेको थियो । सुरुमा अनुहारमा झापड हान्ने यो सेवा इजाकायाकी एक कर्मचारीले मात्रै दिन्थिन् । माग बढ्दै गएपछि व्यवस्थापनले झापड हान्ने कामकै लागि धेरै जना युवतिहरुलाई भर्ना गर्नु पर्यो । माग धान्न नसकेपछि प्रत्येक झापडका लागि १००… पुरा पढौ

नवराज विक घटनामा २३ जनालाई जन्मकैद, प्रेमीका र आमा छुवाछुतमा दोषी

रुकुम जिल्ला अदालतले रुकुम पश्चिमको सोती घटनामा संलग्न रही मुद्दा चलाइएका ३४ जनामध्ये २३ जनालाई जन्मकैदको फैसला सुनाइएको छ । जाजरकोटका नवराज विकसहित ६ जनाको हत्या भएको उक्त घटनाको मुद्दाको अन्तिम फैसला आएको हो ।  आइतबारदेखि रुकुम जिल्ला अदालतमा जारी सुनुवाइपछि न्यायाधीश खड्ग बहादुर केसीको इजलासले घटनामा संलग्न रहेकामध्ये २३ जनालाई दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाएको हो ।  त्यस्तै नवराजकी प्रेमिकासहित उनको परिवारका तीन जनालाई जातीय विभेदसम्बन्धी मुद्दामा २ वर्षको कैद तोकिएको छ । नवराजकी प्रेमीका उनकी आमा र… पुरा पढौ

सीपले बदलियो गृहिणीको जीवनशैली

गलकोट नगरपालिकाले आर्थिक वर्ष २०७८/७९ मा गृहिणी महिलालाई सीपमूलक तालिमसहित आवश्यक उपकरण सहयोग गरेपछि गृहिणी महिला पनि उद्यमी बनेका छन् । नगरपालिकाले २० जना गृहिणीलाई ४५ दिन स्विटर बुन्ने तालिम दिएपछि जीवनस्तरमा परिवर्तन आएको तालिममा सहभागी गृहिणी बताउँछन् । महिलाले स्विटर उद्योगलाई ‘नरेठाँटी होच्यारी महिला उद्यमी’ नाम दिएका छन् । अहिले साँघुरो ठाउँमा उद्योग सञ्चालन गरिए पनि यसलाई विस्तार गरी ठूलो बनाउने सोँच रहेको महिला उद्यमीकी संयोजक धनमाया खड्काथोकीले बताइन् । गलकोट-२ नरेठाँटीकी ५१ वर्षीया सावित्रा कार्की हिजोआज घर छेउको… पुरा पढौ

धार्मिक पर्यटकको आकर्षणमा शालिग्राम सङ्ग्रहालय  

एक दशकअगाडि सम्म बागलुङ नगरपालिका–४ कुँडुले फेदी सुनसान थियो । बागलुङबजार नजिकै रहेर पनि विकासका हिसाबले पछाडि परेको थियो । तर अहिले पूर्वाधार विकाससँगै धार्मिक पर्यटकीय गन्तव्यका रुपमा परिचित हुँदै गएको छ । तीन वर्षयता यहाँ आन्तरिक तथा बाह्य पर्यटकको दैनिक भीडभाड हुने गरेको छ । सुरुङ निर्माण गरी सङ्ग्रह गरेको सवा लाख शालिग्राम र रङ्गवेङ्कटेश्वर मुक्तिनारायण मन्दिरको दर्शनका लागि आन्तरिकसँगै भारतीय पर्यटक आउने गरेका छन् । मानवनिर्मित मन्दिर तथा शालिग्राम सङ्ग्रहालयले धार्मिक पर्यटकलाई आकर्षित गरेको छ । बागलुङ कालिका… पुरा पढौ

बजार मोहले मातृ भाषा संरक्षणमा चुनौती

एक दशक अगाडिसम्म वरपरका छरछिमेकीले रमाइलो हुने गाउँ अहिले सुनसान हुन थालेका छन् । गाउँमा बस्नेको सङ्ख्या घट्दै गएपछि बागलुङको निसीखोला क्षेत्रमा बोलिने ‘मगर खाम भाषा’ पनि लोप हुने जोखिम बढेको छ । गाउँमा भएका बूढापाकाले मगर खाम भाषा नै बोल्ने गरे पनि अहिले बालबालिकाले कममात्रै बोल्छन् ।  युवायुवती सहरबजारमा बस्ने हुँदा उनीहरूले त्यहाँ नेपाली भाषाको प्रयोग गर्छन् । हरेक वर्ष गाउँ छाड्नेको सङ्ख्या बढेसँगै भाषा बोल्ने पनि कम हुँदै गएको पाइन्छ । बालबालिका पनि पछिल्लो समय सुविधायुक्त बजारमा झरेर… पुरा पढौ

बन्धुहरू बिच एकता, आपसी भाइचारा बढाउन कुल पूजा

बागलुङ। सातसय बगाले थापा समाज गलकोट नगरपालिका -७ मल्म, बागलुङले यस वर्षको कुल पूजा आगामी पौष ४ गते गर्ने भएको छ । वि.सं २०७७ सालमा विश्वव्यापी माहामारीको रूपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) को कारण सामान्य रूपमा गरिएको कुलपूजा यस वर्ष भनें विगतमा जस्तै भव्य रुपमा सम्पन्न गर्ने समाजले जनाएको छ ।समाजले कुलपूजा तयारीको निमित्त अहिले आवश्यक तयारी गरिरहेको सातसय बगाले थापा समाज गलकोट बागलुङका अध्यक्ष दल बहादुर थापाले जानकारी दिनुभयो । परम्परागत रूपमा गरिँदै आएको बगाले थापाको कुल पूजालाई यस… पुरा पढौ

तोरीखोलालाई ‘मौलिक गाउँ’ बनाईँदै

गलकोटको नरेठाँटी बजारभन्दा केहीमाथि रहेको तोरीखोला गाउँ, बाक्लो मगर बस्ती । ढुङ्गा, माटो र काठबाट बनेका मौलिक घर । रातोमाटो र सेतो कमेरोले रङ्गिएका घर निकै आकर्षक देखिन्छन् । वर्षौं पुराना घर अहिले पनि बलिया छन् । परम्परागत रुपमा बनेका मौलिक घर पछिल्लो समय आधुनिकताले गर्दा विस्थापित हुने जोखिम बढेको छ । घरको आँगनमै आएको विकासले स्थानीयलाई सहज त दिलायो, त्यसको अलवा मौलिक संस्कृति र परम्परा भने गुम्ने खतरा बढ्यो । तोरीखोला गाउँजस्ता मौलिकता बोकेका गाउँ बागलुङ थुप्रै थिए ।… पुरा पढौ

सैनामैनामा नवलपुरले उचाल्यो ‘उपाधी’

दुधराक्ष युवा क्लवद्वारा स्वर्गीय ढुण्डी थरुनीको स्मृतिमा रुपन्देहीमा आयोजित ढुण्डी थरुनी स्मृति कप अन्तर जिल्ला स्तरिय भलिबल प्रतियोगिताका उपाधीको जिल्ला भलिबल संघ नवलपुरले उचाल्न सफल भएको छ ।आईतबार भएको फाईनलमा जिल्ला भलिबल संघ नवलपुरले जिल्ला भलिबल संघ बागलुङलाई रोमाञ्चक ३–१ को सेटमा पराजित गदैं उपाधी बिजेता बनेको हो ।सैनामैना नगरपालिका, प्रदेश खेलकुद परिषद लुम्बिनी, रुपन्देही भलिबल संघ , सैनामैना नगर खेलकुद समितिको सहयोग सञ्चालित अन्तर जिल्ला स्तरिय पुरुष भलिबल प्रतियोगिताको फाईनलमा जिल्ला भलिबल संघ नवलपुरले जिल्ला भलिबल संघ बागलुङलाई पहिलो… पुरा पढौ

उपाधीको लागि बागलुङ र नवलपुर बिच प्रतिस्प्रर्धा हुने

दुधराक्ष युवा क्लवद्वारा स्वर्गीय ढुण्डी थरुनीको स्मृतिमा रुपन्देहीमा आयोजित ढुण्डी थरुनी स्मृति कप अन्तर जिल्ला स्तरिय भलिबल प्रतियोगिताका उपाधीको लागि जिल्ला भलिबल संघ बागलुङ र जिल्ला भलिबल संघ नवलपुर बिच प्रतिस्प्रर्धा हुने भएको छ ।शनिबार सम्पन्न सेमिफाईनलमा जिल्ला भलिबल संघ बागलुङले जिल्ला भलिबल संघ स्याङ्जालाई रोमान्चक ३–२ को सेटमा पराजित गदैं उपाधी दाबेदारि प्रस्तुत गरेको हो । शनिबार नै सम्पन्न पहिलो सेमिफाईनलमा जिल्ला भलिबल संघ नवलपुरले जिल्ला भलिबल संघ गुल्मीलाई ३–१ को सेटमा पराजित गदै फाईनल पुगेको हो । सैनामैना… पुरा पढौ