प्रमुख समाचार

एनआरएनए जापानले सञ्चालन गरेको हटलाइन टेलिफोन सेवामा अधिकांश नेपाली दूतावाससँग सम्बन्धित जानकारी माग

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् जापानले जापानमा रहेका नेपालीको सहयोगका लागि सञ्चालित हटलाइन टेलिफोन सेवामा अधिकांश नेपाली दूतावाससँग सम्बन्धित सेवाको अपेक्षा गरेका छन्।हटलाइन टेलिफोन सञ्चालनको ९० दिनमा प्राप्त १३५ वटा कल मध्य ४० कल नेपाली दुतावासद्वारा प्रदान गरिने सेवाको उपयोग सम्बन्धमा रहेको हटलाइन टेलिफोन सञ्चालनको संयोजन गरेका एनआरएनए जापानमा उपाध्यक्ष देवराज उप्रेतीले जानकारी दिए। उपाध्यक्ष उप्रेतीका अनुसार नेपाली दूतावासद्वारा प्रदान गरिने राहदानीको प्रि इनरोलमेन्ट गर्न नसकिएको, राहदानी बनाउन र नविकरणका लागि आवश्यक प्रक्रिया, जापानमा जन्मेको बच्चाको जन्मदर्ता र… पुरा पढौ

नेपाली जनप्रगतिशील मञ्च जापान क्षेत्रीय समिति ओकीनावाको दोस्रो क्षेत्रीय अधिवेशन आइतबार हुँदै

नेपाली जनप्रगतिशील मञ्च जापान (一般社団法人NPPF JAPAN) क्षेत्रीय समिति ओकिनावाको दोस्रो क्षेत्रीय अधिवेशन डिसेम्बर १० तारिख अर्थात आइतबार हुने भएको छ ।मञ्चको संगठनको बिस्तार तथा सुदृढिकरण अभियान अन्तरगत क्षेत्रीय समिति ओकीनावाको दोस्रो क्षेत्रीय अधिवेशन हुन लागेको क्षेत्रीय समितिका अध्यक्ष गोबिन्द प्रसाद पौडेल “अनीष”ले जानकारी दिए ।“प्रगतिशील प्रवासीहरुमा एकता नेपाली जनप्रगतिशील मञ्च आजको अवश्यकता” ‘प्रवासी प्रगतिशील नेपाली एक हौ’ संसारका मजदूरहरु एक हौ।भन्ने नाराका साथ संगठनको नियमित कार्यक्रम अनुसार अधिवेशन गर्न लागिएको क्षेत्रीय समितिका अध्यक्ष पौडेलले बताए । उनका अनुसार अधिवेशनको आवश्यक… पुरा पढौ

नेपाल मगर संघ जापानले माघे सक्रान्तिमा २६ औ लांङ्घाली साँझ-२०२४ गर्ने

टोकियोमा नेपाल मगर संघ जापानले माघे सक्रान्ति विशेष २६औँ लाङ्घाली साँझ २०२४ संगीतिक कार्यक्रम गर्ने भएको छ। नेपाल मगर संघ जापान केन्द्रिय समितिद्वारा आयोजित नेपालीहरुको राष्ट्रिय पर्व तथा मगरहरुको विशेष चाड माघे सक्रान्तिको उपलक्ष्यमा माघे सक्रान्ति विशेष २६औँ लाङ्घाली साँझ २०२४ गर्न लागेको सङ्घका महासचिव भिक्टर ठाडा मगरले जानकारी दिए। मगरहरुको एतिहासिकता र मौलिक परम्परालाई निरन्तरता दिनका लागि जापानको प्रवासमा रहेका मगरहरूले संघ जापानले आउदो जनवरि १३ तारिख शनिबारका दिन टोकियोको Hokutopai 1-11-1 oji kita city(oji station ) को हलमा… पुरा पढौ

झापड खुवाउने जापानी रेष्टुरेण्ट

जापानमा घरेलु शैलीको एउटा इजाकाया रेष्टुरेण्टबार निकै आलोचित भयो । यो रेष्टुरेण्टले आएका अतिथिहरुलाई खान दिनुअघि गालामा झापड हान्ने विवादास्पद सेवा दिन्थ्यो । नागोयामा रहेको शाचिहोको–या इजाकायाले रेष्टुरेण्टमा आउने ग्राहकहरुलाई महिला कर्मचारीको हातबाट झापडको साथमा स्न्याक्स दिन्छ । यो अनौठो सेवाले रेष्टुराँमा आगन्तुकको संख्या बढेको थियो । सुरुमा अनुहारमा झापड हान्ने यो सेवा इजाकायाकी एक कर्मचारीले मात्रै दिन्थिन् । माग बढ्दै गएपछि व्यवस्थापनले झापड हान्ने कामकै लागि धेरै जना युवतिहरुलाई भर्ना गर्नु पर्यो । माग धान्न नसकेपछि प्रत्येक झापडका लागि १००… पुरा पढौ

जापानको नागोयामा ४ दिनसम्म सञ्चालन भएको घुम्ती सेवाबाट ६ सय ६५ जना लाभन्वित

जापानको नागोयामा ४ दिनसम्म सञ्चालन भएको घुम्ती सेवाबाट ६ सय ६५ जनाले विभिन्न सेवा लिँदा ९६ लाख ८७ हजार राजश्व संकलन भएको छ।नेपाली राजदूतावास, जापानलको आयोजना र गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् जापान सहकार्य एवं नागोया क्षेत्रीय समितिहरुको स्थानीय व्यवस्थापनमा सम्पन्न भएको घुम्ती सेवामार्फत् राहदानी नविकरण ५६० जना, अन्य कन्सुलर सेवा ४६ जना, दूतावासद्वारा प्रदान गरिने अन्य सेवाको बारेमा जानकारी तथा सोधपुछ २९ जना गरि जम्मा ६ सय ६५ जना सेवाग्राहीले सेवा लिएको एनआरएनए जापानका उपाध्यक्ष तथा घुम्ती सेवाका… पुरा पढौ

नवराज विक घटनामा २३ जनालाई जन्मकैद, प्रेमीका र आमा छुवाछुतमा दोषी

रुकुम जिल्ला अदालतले रुकुम पश्चिमको सोती घटनामा संलग्न रही मुद्दा चलाइएका ३४ जनामध्ये २३ जनालाई जन्मकैदको फैसला सुनाइएको छ । जाजरकोटका नवराज विकसहित ६ जनाको हत्या भएको उक्त घटनाको मुद्दाको अन्तिम फैसला आएको हो ।  आइतबारदेखि रुकुम जिल्ला अदालतमा जारी सुनुवाइपछि न्यायाधीश खड्ग बहादुर केसीको इजलासले घटनामा संलग्न रहेकामध्ये २३ जनालाई दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाएको हो ।  त्यस्तै नवराजकी प्रेमिकासहित उनको परिवारका तीन जनालाई जातीय विभेदसम्बन्धी मुद्दामा २ वर्षको कैद तोकिएको छ । नवराजकी प्रेमीका उनकी आमा र… पुरा पढौ

विश्वको सबैभन्दा ‘सुरक्षित सहर’ टोकियो

सन् २०२३ मा विश्वको सबैभन्दा सुरक्षित सहर जापानको राजधानी टोकियो देखिएको छ। इकोनोमिस्ट इन्टेलिजेन्स युनिटको सुरक्षित सहर इन्डेक्स (एससिआई) ले गरेको अध्ययनअनुसार टोकियो सबैभन्दा सुरक्षित सहर रहेको ‘वल्र्ड अफ स्टाटिसटिक्स’ ले जनाएको छ। वल्र्ड अफ स्टाटिसटिक्सले सार्वजनिक गरेको विवरणअनुसार तेस्रो सुरक्षित सहर पनि जापानकै ओसाका देखिन्छ। दोस्रो सुरक्षित सहर भने सिंगापुर छ। यस्तै चौथो सुरक्षित सहर नेदरल्यान्डको राजधानी एम्सटर्डम, पाँचौमा अस्ट्रेलियाको सिड्नी, छैठौंमा क्यानडाको टोरोन्टो र सातौंमा अमेरिकाको राजधानी वासिन्टन डिसी रहेको छ। यस्तै डेनमार्कको राजधानी कोपनहेगन आठौं, दक्षिण कोरियाको राजधानी… पुरा पढौ

सीपले बदलियो गृहिणीको जीवनशैली

गलकोट नगरपालिकाले आर्थिक वर्ष २०७८/७९ मा गृहिणी महिलालाई सीपमूलक तालिमसहित आवश्यक उपकरण सहयोग गरेपछि गृहिणी महिला पनि उद्यमी बनेका छन् । नगरपालिकाले २० जना गृहिणीलाई ४५ दिन स्विटर बुन्ने तालिम दिएपछि जीवनस्तरमा परिवर्तन आएको तालिममा सहभागी गृहिणी बताउँछन् । महिलाले स्विटर उद्योगलाई ‘नरेठाँटी होच्यारी महिला उद्यमी’ नाम दिएका छन् । अहिले साँघुरो ठाउँमा उद्योग सञ्चालन गरिए पनि यसलाई विस्तार गरी ठूलो बनाउने सोँच रहेको महिला उद्यमीकी संयोजक धनमाया खड्काथोकीले बताइन् । गलकोट-२ नरेठाँटीकी ५१ वर्षीया सावित्रा कार्की हिजोआज घर छेउको… पुरा पढौ

धार्मिक पर्यटकको आकर्षणमा शालिग्राम सङ्ग्रहालय  

एक दशकअगाडि सम्म बागलुङ नगरपालिका–४ कुँडुले फेदी सुनसान थियो । बागलुङबजार नजिकै रहेर पनि विकासका हिसाबले पछाडि परेको थियो । तर अहिले पूर्वाधार विकाससँगै धार्मिक पर्यटकीय गन्तव्यका रुपमा परिचित हुँदै गएको छ । तीन वर्षयता यहाँ आन्तरिक तथा बाह्य पर्यटकको दैनिक भीडभाड हुने गरेको छ । सुरुङ निर्माण गरी सङ्ग्रह गरेको सवा लाख शालिग्राम र रङ्गवेङ्कटेश्वर मुक्तिनारायण मन्दिरको दर्शनका लागि आन्तरिकसँगै भारतीय पर्यटक आउने गरेका छन् । मानवनिर्मित मन्दिर तथा शालिग्राम सङ्ग्रहालयले धार्मिक पर्यटकलाई आकर्षित गरेको छ । बागलुङ कालिका… पुरा पढौ

बजार मोहले मातृ भाषा संरक्षणमा चुनौती

एक दशक अगाडिसम्म वरपरका छरछिमेकीले रमाइलो हुने गाउँ अहिले सुनसान हुन थालेका छन् । गाउँमा बस्नेको सङ्ख्या घट्दै गएपछि बागलुङको निसीखोला क्षेत्रमा बोलिने ‘मगर खाम भाषा’ पनि लोप हुने जोखिम बढेको छ । गाउँमा भएका बूढापाकाले मगर खाम भाषा नै बोल्ने गरे पनि अहिले बालबालिकाले कममात्रै बोल्छन् ।  युवायुवती सहरबजारमा बस्ने हुँदा उनीहरूले त्यहाँ नेपाली भाषाको प्रयोग गर्छन् । हरेक वर्ष गाउँ छाड्नेको सङ्ख्या बढेसँगै भाषा बोल्ने पनि कम हुँदै गएको पाइन्छ । बालबालिका पनि पछिल्लो समय सुविधायुक्त बजारमा झरेर… पुरा पढौ