म कृष्णराज तिमिल्सिना, नेपालको वाग्मती प्रदेशको रामेछापमा हुर्किए। मैले विद्यालय तहको प्रमाणपत्र (एसएलसी) परीक्षा दिनको निमित्त मेरो गाउँबाट रामेछाप जिल्लाको सदरमुकाम मन्थली पुग्न १२ घण्टा हिँड्नु पर्दथ्यो । त्यसबेला माओवादी जनयुद्धकालभएकाले गाउँमा बस्न निकै खतरनाक थियो। आफ्नो ज्यान जोखिममा राखेर अध्ययन पूरा गर्न हामीले धेरै चुनौतीहरू पार गर्नुपर्यो। मेरो ब्याचका १०६ जना विद्यार्थीमध्ये हामी १० जना मात्र एसएलसी परीक्षामा उत्तीर्ण भयौं। म उच्च शिक्षाको लागि नेपालको राजधानी काठमाडौं गएँ र मलाई सार्वजनिक बसको छतमा चढेर त्यहाँ गएको सम्झना छ। मलाई सहरमा पढाउने…
पुरा पढौ