धर्म-संस्कृति

बैंकर्स बागलुङ ‘अर्मादीमा’

बागलुङ बजारका नियमित वित्तीय सेवामा व्यस्त बित्तिय क्षेत्रमा कार्यरत कर्मचारी शनिवार केहि फुर्सदिला देखिए । उनिहरुको फुर्सदलाई व्यवस्थापन गर्ने योजना केही दिन पहिले देखी नै बनाएका थिए ।भे १ ख ३१४६ नम्वरको बसमा उनिहरुको योजना अनुसार शनिवार बिहान बागलुङ बजारका बिभिन्न स्थानबाट विहान करिब ८ बजेबाट चढ्ने क्रम सुरु भयो । केही मोटरसाईकल त केही जिपमा समेत यात्रा गर्ने निश्चित भयो । बिहान करिब ९ बजे सम्ममा सबै जना बसमा चढेपछि बागलुङबाट बस पर्वत तर्फ लाग्यो । वित्तिय सेवा प्रवाह… पुरा पढौ

धार्मिक पर्यटकको आकर्षणमा शालिग्राम सङ्ग्रहालय  

एक दशकअगाडि सम्म बागलुङ नगरपालिका–४ कुँडुले फेदी सुनसान थियो । बागलुङबजार नजिकै रहेर पनि विकासका हिसाबले पछाडि परेको थियो । तर अहिले पूर्वाधार विकाससँगै धार्मिक पर्यटकीय गन्तव्यका रुपमा परिचित हुँदै गएको छ । तीन वर्षयता यहाँ आन्तरिक तथा बाह्य पर्यटकको दैनिक भीडभाड हुने गरेको छ । सुरुङ निर्माण गरी सङ्ग्रह गरेको सवा लाख शालिग्राम र रङ्गवेङ्कटेश्वर मुक्तिनारायण मन्दिरको दर्शनका लागि आन्तरिकसँगै भारतीय पर्यटक आउने गरेका छन् । मानवनिर्मित मन्दिर तथा शालिग्राम सङ्ग्रहालयले धार्मिक पर्यटकलाई आकर्षित गरेको छ । बागलुङ कालिका… पुरा पढौ

बन्धुहरू बिच एकता, आपसी भाइचारा बढाउन कुल पूजा

बागलुङ। सातसय बगाले थापा समाज गलकोट नगरपालिका -७ मल्म, बागलुङले यस वर्षको कुल पूजा आगामी पौष ४ गते गर्ने भएको छ । वि.सं २०७७ सालमा विश्वव्यापी माहामारीको रूपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) को कारण सामान्य रूपमा गरिएको कुलपूजा यस वर्ष भनें विगतमा जस्तै भव्य रुपमा सम्पन्न गर्ने समाजले जनाएको छ ।समाजले कुलपूजा तयारीको निमित्त अहिले आवश्यक तयारी गरिरहेको सातसय बगाले थापा समाज गलकोट बागलुङका अध्यक्ष दल बहादुर थापाले जानकारी दिनुभयो । परम्परागत रूपमा गरिँदै आएको बगाले थापाको कुल पूजालाई यस… पुरा पढौ

यस वर्षको भाइटीकाको साइत नेपाल र विदेशमा कति बेला? जापानमा भने १०: ४५ बजे

यस वर्षको भाइटीकाको साइत नेपालमा बिहान १० बजेर ५१ मिनेटमा रहेको अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । आगामी कार्तिक २९ गते भाइटीका मनाइँदैछ । त्यस्तै, समितिको सोमबार बसेको बैठकले अन्य देशका लागि पनि भाइटीकाका लागि मिति र समय तोकेको छ । भाइटीकाका दिन दिनभर दिदीबहिनीका हातबाट टीका लगाउन शुभ रहेपनि साइत खोज्नेका लागि १०ः५१ बजेको साइत दिइएको समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिए । राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्ने शास्त्रीय नियम रहेको समितिले जनाएको छ ।  यस… पुरा पढौ

कोजाग्रत पूर्णिमा मनाएर बडादशैँ सम्पन्न हुँदै, आजै खण्डग्रास चन्द्रग्रहण

नेपालीले भव्यरूपमा मनाउने दुर्गा पक्ष अर्थात् बडादशैँ पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम बसेपछि आजदेखि समापन हुँदैछ । आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी रातभर जाग्राम बसेर मनाएसँगै १५ दिन लामो बडा दशैँ पर्व समापन हुन्छ ।   शास्त्र अनुसार गर्नुपर्ने सबै बलिपूर्ति अर्थात् अखिल बलिपूर्तिको काम भने  शुक्रबार नै समापन भएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । अखिल बलिपूर्ति भएसँगै विजयादशमीदेखि सुरु भएको… पुरा पढौ

परम्परागत हरिबोधनी एकादशी मेला यस वर्ष पनि संचालन हुने

परम्परागत रुपमा मनाउदै आइएको ताराखोला गाउँपालिका वडा न ३ हिलको हरिबोधनी एकादशी मेला यस वर्ष पनि संचालन हुने भएको छ । त्रिशुली युवा क्लबको आयोजना र फ्रेन्ड सर्कल ताराखोला जापानको सह आयोजनामा मंसिर ३ देखि ७ गतेसम्म विविध प्रतियोगितात्मक खेलकुद तथा सास्कृतिक कार्यक्रमका साथ हरिबोधनि एकादशी मेला आयोजना गर्ने निर्णय गरिएको अध्यक्ष जीवन बस्नेतले जानकारी दिए । मेलाको अबसरमा खुल्ला वडास्तरीय पुरुष भलिबल,वडास्तरिय भुपु भलिबल ,खुल्ला धनुषबाण, C लेभल ब्याडमिन्टन प्रतियोगिता र स्लो बाइक रेस प्रतियोगिताको आयोजना गरिएको फ्रेन्ड सर्कल… पुरा पढौ

विजया दशमीको टीका प्रसाद ग्रहण गर्ने उत्तम साइत बिहान ११:०२ बजे

आज विजया दशमीअर्थात् दुर्गापक्षको मुख्य दिन । नवदुर्गाको प्रसादका रूपमा आज मान्यजनको हातबाट शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ । दसैँ घर वा पूजा कोठामा नौ दिनसम्म पूजा आराधना गरिएको प्रसाद आज मान्यजनबाट लगाइन्छ ।   नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ । विजयादशमीमा दिनभर मान्यजनबाट टीका प्रसाद ग्रहण गर्न सकिने भए पनि साइत खोज्नेका लागि बिहान ११ : ०२ बजेको साइत उत्तम रहेको छ ।  विजयादशमी आफैँमा शुभ दिन भएकाले आज… पुरा पढौ

नेपालका गायक गौतम र फिनल्याण्डकी गायिका माईयाले गीतमै तारिफ गरेपछि …

सामाजिक संजालका केही प्लयाटफर्ममा हिजो आज एउटा वाक्य चर्चामा छ । जुन नेपाली वाक्य हो ‘मलाई थाहा छ’ । हुन त यो सबैलाई थाहा भएर पनि जानकारी नभएको हुनुपर्छ । सुन्दा, बोल्दा सबैलाई जानकारी भएको यो वाक्य अहिले अन्तराष्ट्रिय स्तरमै चर्चित बन्दै गएको छ । सामान्य बोलीचालीको यो वाक्यलाई गीतको स्वरुप दिएपछि एकाएक चर्चामा आएको हो । नेपाली संगीत क्षेत्रका शालिन सर्जक, सबै बिधालाई उत्तिकै न्यायपूर्ण रुपमा पस्कने गायक थानेश्वर गौतमको गीत हो तिमी कस्ती हौं, ‘मलाई थाहा छ ।… पुरा पढौ

एनआरएनए जापानद्वारा ‘पञ्चमी पूजा’सहित तिज तथा ऋषि पञ्चमी विशेष कार्यक्रम सम्पन्न  

नेपाली महिलाको चाड हरितालिका तिजको अवसरमा गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् जापानद्वारा तिज तथा ऋषि पञ्चमी विशेष कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा जापानमा रहेका कलाकारहरूको प्रस्तुति, पुरोहितसहितको पञ्चमी पूजा, नेपाली तीजमा गाइने मौलिक गीत,नृत्य चाडबाडमा लगाईने सस्कृति झल्किने नेपाली पोशाकसहितको नृत्य लगायतका प्रस्तुति प्रस्तुत गरिएको थियो ।जापानमा रहेका नेपाली नारीहरूलाई हरितालिका तिजको नियास्रो मेटाउन र नेपाली सस्कृति परम्परालाई दोस्रो पुस्तामा हस्तान्तरण गराउने उदेश्यले सेप्टम्बर १९ तारिक मंगलबार टोकियोको कमाता स्थित चौतारो रेष्टुरेण्टमा उक्त कार्यक्रम सम्पन्न भएको कार्यकमकी… पुरा पढौ

हरितालिका (तीज): महादेव, उपासना र त्यसको तात्पर्य

भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व आज(सोमबार) देवादिदेव महादेवको पूजा आराधना गरी मनाइँदैछ । भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ ।    शास्त्रअनुसार सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर श्री महादेव पति पाउने बरदान पाएकी थिइन् तर पिता हिमालयले पार्वतीको इच्छाविपरीत विष्णुसित विवाह गरिदिन खोजेपछि साथीहरूलाई आफ्नो समस्या सुनाइन् ।  पार्वती समस्यामा परेको थाहा पाएपछि उनका साथीहरूलेक़तार हरण गरेर लगी कसैले नदेख्ने ठाउँमा… पुरा पढौ