एनआरएनए समाचार

एनआरएनए जापानले सञ्चालन गरेको हटलाइन टेलिफोन सेवामा अधिकांश नेपाली दूतावाससँग सम्बन्धित जानकारी माग

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् जापानले जापानमा रहेका नेपालीको सहयोगका लागि सञ्चालित हटलाइन टेलिफोन सेवामा अधिकांश नेपाली दूतावाससँग सम्बन्धित सेवाको अपेक्षा गरेका छन्।हटलाइन टेलिफोन सञ्चालनको ९० दिनमा प्राप्त १३५ वटा कल मध्य ४० कल नेपाली दुतावासद्वारा प्रदान गरिने सेवाको उपयोग सम्बन्धमा रहेको हटलाइन टेलिफोन सञ्चालनको संयोजन गरेका एनआरएनए जापानमा उपाध्यक्ष देवराज उप्रेतीले जानकारी दिए। उपाध्यक्ष उप्रेतीका अनुसार नेपाली दूतावासद्वारा प्रदान गरिने राहदानीको प्रि इनरोलमेन्ट गर्न नसकिएको, राहदानी बनाउन र नविकरणका लागि आवश्यक प्रक्रिया, जापानमा जन्मेको बच्चाको जन्मदर्ता र… पुरा पढौ

जापानको नागोयामा ४ दिनसम्म सञ्चालन भएको घुम्ती सेवाबाट ६ सय ६५ जना लाभन्वित

जापानको नागोयामा ४ दिनसम्म सञ्चालन भएको घुम्ती सेवाबाट ६ सय ६५ जनाले विभिन्न सेवा लिँदा ९६ लाख ८७ हजार राजश्व संकलन भएको छ।नेपाली राजदूतावास, जापानलको आयोजना र गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् जापान सहकार्य एवं नागोया क्षेत्रीय समितिहरुको स्थानीय व्यवस्थापनमा सम्पन्न भएको घुम्ती सेवामार्फत् राहदानी नविकरण ५६० जना, अन्य कन्सुलर सेवा ४६ जना, दूतावासद्वारा प्रदान गरिने अन्य सेवाको बारेमा जानकारी तथा सोधपुछ २९ जना गरि जम्मा ६ सय ६५ जना सेवाग्राहीले सेवा लिएको एनआरएनए जापानका उपाध्यक्ष तथा घुम्ती सेवाका… पुरा पढौ

एनआरएनए निर्वाचनको निष्पक्षतामाथि प्रश्न : सीआईबीले दिएन ‘क्लिन चिट’

काठमाडौँ । गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) को निर्वाचन निष्पक्षतामाथि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले प्रश्न उठाएको छ । गत कात्तिक ३ गते मध्यरातमा सम्पन्न सङ्घको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा धाँधली भएको एक पक्षले आरोप लगाउँदै आएको बेला सीआईबीले समेत निष्पक्षतामाथि प्रश्न उठाएको हो ।  चुनावसम्बन्धी विवादमा संस्थापन समूहले धाँधली नभएको बरु पराजित समूहले अनावश्यक बखेडा मात्रै झिकेको जिकिर गर्दै आएको छ।  तर, सीआईबीले झन्डै एक महिना लगाएर गरेको अनुसन्धानका क्रममा निर्वाचन निष्पक्ष नदेखिएकाले अनलाइन भोटिङ… पुरा पढौ

जापानमा अध्ययनरत ७० जना नेपाली विद्यार्थीहरुलाई एनआरएनए जापानले छात्रवृत्ति प्रदान गर्ने

जापानमा अध्ययनरत ७० जना नेपाली विद्यार्थीहरुलाई गैर आवासीय नेपाली संघ राष्ट्रिय परिषद् जापानले मासिक २१ लाख येन बराबरको छात्रवृत्ति प्रदान गर्ने भएको छ।एनआरएनए जापानको समन्वयमा इन्टरनेशनल ह्युमन रिसोर्स नेटवर्क अर्गनाइजेसन फाउण्डेशन (IHNO) ( 公益財団法人 国際人材交流支援機構)को सहकार्यमा जापानमा अध्यनरत नेपाली बिद्यार्थीहरुलाई मासिक प्रतिव्यक्ति ३० हजार जापानी येन प्राप्त गर्ने गरि आइतबार एक कार्यक्रमका बिच ७० जना विद्यार्थीहरुलाई छनोट गरिएको थियो।IHNO र एनआरएनए जापानले तय गरेका बल्क मध्य ए बल्कबाट ८६ जनाको आवेदन परेकोमा ३० जना बि बल्कबाट ९८ जनाको आवेदन परेकोमा… पुरा पढौ

स्पेनमा राजदुतसंग नेपाली समुदायको अन्तरक्रिया

शुक्रबार स्पेनको बेनीड्रममा राजदुतसंग नेपाली समुदायको अन्तरक्रिया सम्पन्न भएको छ। नेपाल समाज एसोसिएसन र एनआरएनए क्षेत्रीय समिति कोस्टाब्लाङ्कको सयुक्त आयोजनामा स्पेनको बेनीड्रममा महामहिम राजदुत डा. शर्मिला पराजुली ढकाल संग अन्तरक्रिया सम्पन्न भएको हो । नेपाल समाज एसोसिएसन र एनआरएनए क्षेत्रीय समिति कोस्टाब्लाङ्काको सहजिकरणमा बेनिड्रममा नेपाली राजदुतावासले संचालन गरेको दुई दिने घुम्ती कन्सुलर सेवाको अनुगमन तथा स्पेनवासी नेपालीको समस्या बुझ्न र दुतावासको सेवा बारे जानकारी दिने उद्धेश्यले अन्तरक्रियाको आयोजना गरिएको थियो । उक्त अन्तरक्रियामा बोल्दै राजदुत डा. शर्मिला पराजुली ढकालले दुतावासले… पुरा पढौ

एनआरएनए जापानले जापानमा बढिरहेको आत्महत्याका घटनाको रोकथामका लागि विज्ञहरुद्वारा परामर्श दिने गरि सचेतनामुलक कार्यक्रम गर्ने

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद जापानले जापानमा नेपाली समुदायमा बढिरहेको आत्महत्याको रोकथामका लागि सचेतनामुलक कार्यक्रम गर्ने भएको छ।आइतबार जापानको टोकियोमा एनआरएनए जापान क्षेत्रीय समिति कान्तोद्वारा आयोजना गरिएको आत्महत्या रोकथाम अभिमुखीकरण तथा सचेतनामुलक कार्यक्रममा बोल्दै एनआरएनए जापानका अध्यक्ष नविन निउरेले जापानमा पछिल्लो समयमा आत्महत्याका घटनाहरू बढिरहेकोले त्यसको रोकथामका लागि सरोकारवाला निकायहरुको सहकार्यमा योजनाबद्ध सचेतनाका कार्यक्रमहरु सञ्चालन गर्न लागिएको जानकारी गराए। "जापानमा नेपाली समुदायमा हुने आत्महत्याका घटना रोकथामका लागि सबै आफ्नो क्षेत्रबाट लाग्नु पर्ने आवश्यक छ ।" अध्यक्ष निउरेले भने-… पुरा पढौ

गैरआवसीय नेपाली संघ (एनआरएनए)को विवादको खास अन्तर्य

गैरआवसीय नेपाली संघ (एनआरएनए)का निर्वाचित अध्यक्ष डा. बद्री केसी समूह र स्वघाेषित अध्यक्ष आरके शर्माकाे समूहले पचास लाखभन्दा बढी डाइस्पाेराका नेपालीहरुकाे विश्वासकाे केन्द्र एनआरएनएलाई तहसनहस बनाएर फुटकाे सङ्घारमा पुर्‍याएका छन्। एनआरएनए फुटाउने श्रेय मुख्य रूपमा नवनिर्वाचित अध्यक्ष डा. केसीज्यू र निवर्तमान उपाध्यक्ष तथा अध्यक्षका प्रत्यासी महेश श्रेष्ठज्यूलाई जानेछ। तल उल्लेखित दुई आधारमा केही निष्कर्षसहितको विचारहरु प्रस्तुत गर्दछु : १) मेरो प्रमुख भूमिका तथा अनुगमनमा एनसीसी जापानमा सफल तथा निष्पक्ष चुनाव गराउन सफल भएको र उक्त चुनावको दौरानमा तत्कालीन अध्यक्ष बद्री… पुरा पढौ

नेपाल समाज र एनआरएनए कोष्टाब्लाङ्काद्वारा भूकम्प पिडितलाई राहत दिन सहयोग अभियान संचालन

स्पेनको कोष्टाब्लाङ्कामा स्थापित प्रवासी नेपालीहरुको संस्था नेपाल समाज एसोसिएसन र गैर आवासीय नेपाली संघ क्षेत्रीय समिति कोष्टाब्लाङ्काले भूकम्प पिडितको राहत र उद्धारका लागि राहत सहयोग संकलन अभियान संचालन गरेको छ।पश्चिम नेपालको जाजरकोटलाई केन्द्रबिन्दु बनाएको भूकम्पमा परेर शुक्रबार गत राती गएको विनाशकारी भूकम्प पिडितहरुको सहयोगार्थ राहत र उद्धारका लागि आर्थिक सहयोग संकलन गर्न लागेको नेपाल समाज एसोसिएसनका अध्यक्ष नवराज दुवाडिले जानकारी दिनुभयो ।“यस दुःखद् घडीमा भूकम्प प्रभावित क्षेत्रका पिडित नागरिकको लागि राहत दिने उद्धेश्यले सहयोग अभियान संचालन गरिएको अध्यक्ष दुवाडिले बताउनुभयो… पुरा पढौ

गैर आवासीय नेपाली संघ एसिया प्यासिफिक क्षेत्रीय समितिले आपत विपत सहयोग कोषको स्थापना गर्ने

गैर आवासीय नेपाली संघ एसिया प्यासिफिक क्षेत्रीय समितिले आपत विपत सहयोग कोषको स्थापना गर्ने भएको छ। एसिया प्यासिफिक क्षेत्रको शनिबार एनसिसीका अध्यक्षसहित बसेको बैठकले आगामी दुईवर्षे कार्यकालको मुख्य योजना अन्तर्गत कोष स्थापना गर्ने निर्णय गरेको हो। छिटो र छरितो रूपमा पीडितहरुलाई राहतको महशुस हुने गरी सहयोग प्रदान गर्नको लागि कोषको अपरिहार्यता देखिएकोले एसिया प्यासिफिक क्षेत्रीय समितिको मुख्य कार्ययोजनाका रूपमा राखेर एनसीसीहरुको सहयोग समन्वय र सहकार्यमा कोषको स्थापना गरिने क्षेत्रीय संयोजक हरि भट्टराईले बताएका छन्। बैठकले शुक्रबार पश्चिम नेपालको जाजरकोटलाई केन्द्रविन्दु… पुरा पढौ

भूकम्पमा परेर कम्तीमा १ सय ५७ पुग्यो

पश्चिम नेपालको जाजरकोटलाई केन्द्रबिन्दु बनाएको भूकम्पमा परेर कम्तीमा १ सय ५७ पुगेको छ । यसमध्ये ९९ जना महिला र ५८ जना पुरुष रहेका छन् । सबैभन्दा धेरै भूकम्पको केन्द्रबिन्दु रहेको जाजरकोटमा १ सय ५ जनाको मृत्यु भएको छ । जसमा ७२ जना महिला र ३३ जना पुरुष रहेका छन् । त्यस्तै, रुकुम पश्चिममा ५२ जनाको मृत्यु भएको छ । जसमध्ये २७ जना महिला र २५ जना पुरुष रहेका छन् । गृहमन्त्री नारायणकाजी श्रेष्ठले हालसम्म दुई जिल्लामा गरेर १५७ जनाको मृत्यु… पुरा पढौ