प्रवास

एनआरएनए जापानले सञ्चालन गरेको हटलाइन टेलिफोन सेवामा अधिकांश नेपाली दूतावाससँग सम्बन्धित जानकारी माग

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् जापानले जापानमा रहेका नेपालीको सहयोगका लागि सञ्चालित हटलाइन टेलिफोन सेवामा अधिकांश नेपाली दूतावाससँग सम्बन्धित सेवाको अपेक्षा गरेका छन्।हटलाइन टेलिफोन सञ्चालनको ९० दिनमा प्राप्त १३५ वटा कल मध्य ४० कल नेपाली दुतावासद्वारा प्रदान गरिने सेवाको उपयोग सम्बन्धमा रहेको हटलाइन टेलिफोन सञ्चालनको संयोजन गरेका एनआरएनए जापानमा उपाध्यक्ष देवराज उप्रेतीले जानकारी दिए। उपाध्यक्ष उप्रेतीका अनुसार नेपाली दूतावासद्वारा प्रदान गरिने राहदानीको प्रि इनरोलमेन्ट गर्न नसकिएको, राहदानी बनाउन र नविकरणका लागि आवश्यक प्रक्रिया, जापानमा जन्मेको बच्चाको जन्मदर्ता र… पुरा पढौ

नेपाली जनप्रगतिशील मञ्च जापान क्षेत्रीय समिति ओकीनावाको दोस्रो क्षेत्रीय अधिवेशन आइतबार हुँदै

नेपाली जनप्रगतिशील मञ्च जापान (一般社団法人NPPF JAPAN) क्षेत्रीय समिति ओकिनावाको दोस्रो क्षेत्रीय अधिवेशन डिसेम्बर १० तारिख अर्थात आइतबार हुने भएको छ ।मञ्चको संगठनको बिस्तार तथा सुदृढिकरण अभियान अन्तरगत क्षेत्रीय समिति ओकीनावाको दोस्रो क्षेत्रीय अधिवेशन हुन लागेको क्षेत्रीय समितिका अध्यक्ष गोबिन्द प्रसाद पौडेल “अनीष”ले जानकारी दिए ।“प्रगतिशील प्रवासीहरुमा एकता नेपाली जनप्रगतिशील मञ्च आजको अवश्यकता” ‘प्रवासी प्रगतिशील नेपाली एक हौ’ संसारका मजदूरहरु एक हौ।भन्ने नाराका साथ संगठनको नियमित कार्यक्रम अनुसार अधिवेशन गर्न लागिएको क्षेत्रीय समितिका अध्यक्ष पौडेलले बताए । उनका अनुसार अधिवेशनको आवश्यक… पुरा पढौ

नेपाल मगर संघ जापानले माघे सक्रान्तिमा २६ औ लांङ्घाली साँझ-२०२४ गर्ने

टोकियोमा नेपाल मगर संघ जापानले माघे सक्रान्ति विशेष २६औँ लाङ्घाली साँझ २०२४ संगीतिक कार्यक्रम गर्ने भएको छ। नेपाल मगर संघ जापान केन्द्रिय समितिद्वारा आयोजित नेपालीहरुको राष्ट्रिय पर्व तथा मगरहरुको विशेष चाड माघे सक्रान्तिको उपलक्ष्यमा माघे सक्रान्ति विशेष २६औँ लाङ्घाली साँझ २०२४ गर्न लागेको सङ्घका महासचिव भिक्टर ठाडा मगरले जानकारी दिए। मगरहरुको एतिहासिकता र मौलिक परम्परालाई निरन्तरता दिनका लागि जापानको प्रवासमा रहेका मगरहरूले संघ जापानले आउदो जनवरि १३ तारिख शनिबारका दिन टोकियोको Hokutopai 1-11-1 oji kita city(oji station ) को हलमा… पुरा पढौ

जापानको नागोयामा ४ दिनसम्म सञ्चालन भएको घुम्ती सेवाबाट ६ सय ६५ जना लाभन्वित

जापानको नागोयामा ४ दिनसम्म सञ्चालन भएको घुम्ती सेवाबाट ६ सय ६५ जनाले विभिन्न सेवा लिँदा ९६ लाख ८७ हजार राजश्व संकलन भएको छ।नेपाली राजदूतावास, जापानलको आयोजना र गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् जापान सहकार्य एवं नागोया क्षेत्रीय समितिहरुको स्थानीय व्यवस्थापनमा सम्पन्न भएको घुम्ती सेवामार्फत् राहदानी नविकरण ५६० जना, अन्य कन्सुलर सेवा ४६ जना, दूतावासद्वारा प्रदान गरिने अन्य सेवाको बारेमा जानकारी तथा सोधपुछ २९ जना गरि जम्मा ६ सय ६५ जना सेवाग्राहीले सेवा लिएको एनआरएनए जापानका उपाध्यक्ष तथा घुम्ती सेवाका… पुरा पढौ

उद्यमी बनेका पूर्व नेपाली आप्रवासी कामदार, लगनशीलताले उनको जीवनमा ल्याएको परिवर्तन

म कृष्णराज तिमिल्सिना, नेपालको वाग्मती प्रदेशको रामेछापमा हुर्किए। मैले विद्यालय तहको प्रमाणपत्र (एसएलसी) परीक्षा दिनको निमित्त मेरो गाउँबाट रामेछाप जिल्लाको सदरमुकाम मन्थली पुग्न १२ घण्टा हिँड्नु पर्दथ्यो । त्यसबेला माओवादी जनयुद्धकालभएकाले गाउँमा बस्न निकै खतरनाक थियो। आफ्नो ज्यान जोखिममा राखेर अध्ययन पूरा गर्न हामीले धेरै चुनौतीहरू पार गर्नुपर्यो। मेरो ब्याचका १०६ जना विद्यार्थीमध्ये हामी १० जना मात्र एसएलसी परीक्षामा उत्तीर्ण भयौं। म उच्च शिक्षाको लागि नेपालको राजधानी काठमाडौं गएँ र मलाई सार्वजनिक बसको छतमा चढेर त्यहाँ गएको सम्झना छ। मलाई सहरमा पढाउने… पुरा पढौ

रक्सी खाएका साथीको छुरा प्रहारबाट पोर्चुगलमा एक नेपालीको ज्यान गयो

पोर्चुगल/ आफ्नै साथीको चक्कु प्रहारबाट पोर्चुगलमा एकजना नेपाली युवकको मृत्यु भएको छ । चक्कु  प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन भएको एनआरएनए पोर्चुगलका अध्यक्ष उमेश खड्काले  जानकारी दिए । क्षेत्रीको शान्तियागोस्थित लिटरोल अलेन्टेजानो अस्पतालमा उपचारका क्रममा बिहीबार मृत्यु भएको थियो । मृतक क्षेत्रीको शव परीक्षणका लागि सोही अस्पतालको शवगृहमा राखिएको र उनको निधनबारे निजका परिवारलाई जानकारी गराइएको खड्काले बताए। पोर्चुगलको ओडिमिरास्थित बोआभिस्ता बस्दै आएका क्षेत्रीलाई उनीसँगै बस्दै आएका पुतलीबजार –१२ पेल्काचौरका… पुरा पढौ

विदेशमा बस्ने नेपाली बालबालिकामा मोह, बेलायतमा ‘कखरा’ शिक्षा

अधिकांश नेपालीलाई अंग्रेजी भाषाप्रति मोह छ। नहोस् पनि किन? अंग्रेजी विश्वभर बोलिने तथा कामकाजी भाषा हो। विश्वको जुनसुकै कुनामा अंग्रेजी प्रयोग हुन्छ। प्रतिस्पर्र्धी विश्व बजारमा अंग्रेजीको महत्त्व तथा आवश्यकता छ। त्यसैले अंग्रेजी सिक्न निजी बोर्डिङ स्कुलमा पढाउने जमात ठुलो छ। बढ्दो बसाइँसराइ, अवसरको खोजीले गर्दा ‘ग्लोबल भिलेज’को अवधारणा आएको छ। नेपालीहरू संसारका विभिन्न मुलुकमा पुगेका छन्। नेपालमा छँदा अंग्रेजी मोह भएका नेपालीहरू विदेशमा गएपछि भने नयाँ पुस्ताले आफ्नो मातृभाषा नेपाली बिर्सिने हो कि भन्ने चिन्तामा छन्। बेलायतमा जम्ने-हुर्केका अधिकांश गैरआवासीय… पुरा पढौ

जापानमा अध्ययनरत ७० जना नेपाली विद्यार्थीहरुलाई एनआरएनए जापानले छात्रवृत्ति प्रदान गर्ने

जापानमा अध्ययनरत ७० जना नेपाली विद्यार्थीहरुलाई गैर आवासीय नेपाली संघ राष्ट्रिय परिषद् जापानले मासिक २१ लाख येन बराबरको छात्रवृत्ति प्रदान गर्ने भएको छ।एनआरएनए जापानको समन्वयमा इन्टरनेशनल ह्युमन रिसोर्स नेटवर्क अर्गनाइजेसन फाउण्डेशन (IHNO) ( 公益財団法人 国際人材交流支援機構)को सहकार्यमा जापानमा अध्यनरत नेपाली बिद्यार्थीहरुलाई मासिक प्रतिव्यक्ति ३० हजार जापानी येन प्राप्त गर्ने गरि आइतबार एक कार्यक्रमका बिच ७० जना विद्यार्थीहरुलाई छनोट गरिएको थियो।IHNO र एनआरएनए जापानले तय गरेका बल्क मध्य ए बल्कबाट ८६ जनाको आवेदन परेकोमा ३० जना बि बल्कबाट ९८ जनाको आवेदन परेकोमा… पुरा पढौ

नेपाली कम्युनिटी आएरल्याण्डमा कलाकार प्रस्तुतिसहित दशै तिहार शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

नेपाली कम्युनिटी आएरल्याण्डमा दशै तिहार शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ।कार्यक्रममा प्रमुख अतिथिको रूपमा रहेका एनआरएनए आएरल्याण्डका अध्यक्ष प्रकाश सापकोटाले प्रवासमा गरिने यस प्रकारका कार्यक्रमले नेपाली कला संस्कृति परम्परा र रीतिरिवाजलाई बचाउन र दोस्रो पुस्तामा हस्तान्तरण गर्न सहज हुने भनाइ व्यक्त गरे । नेपालबाट आमन्त्रित कलाकार हेमन्त राना र इश्वर सिंहको प्रस्तुति रहेको कार्यक्रममा आएरल्याण्डका लिम्रिक सिटि मेयर आज़ाद तालुक़दारले शुभकामाना मन्तव्य व्यक्त गर्दै दुई देशको कला संस्कृतिको आदान प्रदान गर्न कार्यक्रमले सहयोग प्रदान गरेको विचार व्यक्त गर्दै नेपाली… पुरा पढौ

एनआरएनए जापानले भूकम्प पिडितको राहत र उद्धारका लागि तत्काल १५ लाख येन आर्थिक सहयोग गर्ने

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् जापानले भूकम्प पिडितको राहत र उद्धारका लागि तत्काल १५ लाख येन आर्थिक सहयोग गर्ने भएको छ।पश्चिम नेपालको जाजरकोटलाई केन्द्रबिन्दु बनाएको भूकम्पमा परेर शुक्रबार राती गएको विनाशकारी भूकम्प पिडितहरुको सहयोगार्थ राहत र उद्धारका लागि तत्काल १५ लाख येन आर्थिक सहयोग गरिन लागेको एनआरएनए जापानका अध्यक्ष नविन निउरेले जानकारी दिए।"यस दुःखद् घडीमा गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद जापानद्वारा तत्काल भूकम्प प्रभावित क्षेत्रका पिडित नागरिकको लागि राहत स्वरुप जापानी येन १० लाख र एनआरएनए जापान… पुरा पढौ