शिक्षा

विदेशमा बस्ने नेपाली बालबालिकामा मोह, बेलायतमा ‘कखरा’ शिक्षा

अधिकांश नेपालीलाई अंग्रेजी भाषाप्रति मोह छ। नहोस् पनि किन? अंग्रेजी विश्वभर बोलिने तथा कामकाजी भाषा हो। विश्वको जुनसुकै कुनामा अंग्रेजी प्रयोग हुन्छ। प्रतिस्पर्र्धी विश्व बजारमा अंग्रेजीको महत्त्व तथा आवश्यकता छ। त्यसैले अंग्रेजी सिक्न निजी बोर्डिङ स्कुलमा पढाउने जमात ठुलो छ। बढ्दो बसाइँसराइ, अवसरको खोजीले गर्दा ‘ग्लोबल भिलेज’को अवधारणा आएको छ। नेपालीहरू संसारका विभिन्न मुलुकमा पुगेका छन्। नेपालमा छँदा अंग्रेजी मोह भएका नेपालीहरू विदेशमा गएपछि भने नयाँ पुस्ताले आफ्नो मातृभाषा नेपाली बिर्सिने हो कि भन्ने चिन्तामा छन्। बेलायतमा जम्ने-हुर्केका अधिकांश गैरआवासीय… पुरा पढौ

जापानमा अध्ययनरत ७० जना नेपाली विद्यार्थीहरुलाई एनआरएनए जापानले छात्रवृत्ति प्रदान गर्ने

जापानमा अध्ययनरत ७० जना नेपाली विद्यार्थीहरुलाई गैर आवासीय नेपाली संघ राष्ट्रिय परिषद् जापानले मासिक २१ लाख येन बराबरको छात्रवृत्ति प्रदान गर्ने भएको छ।एनआरएनए जापानको समन्वयमा इन्टरनेशनल ह्युमन रिसोर्स नेटवर्क अर्गनाइजेसन फाउण्डेशन (IHNO) ( 公益財団法人 国際人材交流支援機構)को सहकार्यमा जापानमा अध्यनरत नेपाली बिद्यार्थीहरुलाई मासिक प्रतिव्यक्ति ३० हजार जापानी येन प्राप्त गर्ने गरि आइतबार एक कार्यक्रमका बिच ७० जना विद्यार्थीहरुलाई छनोट गरिएको थियो।IHNO र एनआरएनए जापानले तय गरेका बल्क मध्य ए बल्कबाट ८६ जनाको आवेदन परेकोमा ३० जना बि बल्कबाट ९८ जनाको आवेदन परेकोमा… पुरा पढौ

वैदेशिक रोजगार सन्तति छात्रवृत्तिका लागि आवेदन आह्वान

वैदेशिक रोजगार बोर्डको सचिवालयले वैदेशिक रोजगार सन्तति छात्रवृत्तिका लागि आवेदन आह्वान गरेको छ । श्रम स्वीकृति लिई वैदेशिक रोजगारमा गई करार अवधिभित्र मृत्यु भएका वा पूर्णरुपमा असक्त वा गम्भीर बिरामी भएका कामदारको छोराछोरीका लागि छात्रवृत्ति प्रदान गर्न बोर्डले आवेदन आह्वान गरेको हो । वैदेशिक रोजगार छात्रवृत्ति सञ्चालन कार्यविधि २०८० को अनुसूची १ बमोजिम पुस ८ गतेभित्र निवेदन दिन आह्वान गरिएको हो । सामुदायिक तथा संस्थागत विद्यालयमा अध्ययनरत विद्यालयस्तर (पूर्व प्राथमिक कक्षा वा नर्सरी वा सो सरहदेखि कक्षा १२ सम्म) का… पुरा पढौ

‘एनआरएनए डे’ को अवसरमा एनआरएनए जापानद्वारा कार्यक्रम सम्पन्न, विद्यार्थीलाई ‘जापानी स्कूल ब्याग’ वितरण

काठमाडौँ । एनआरएनए डे (एनआरएनए दिवस) को अवसरमा गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानले नेपालका विभिन्न पालिकामा रहेका जेहेन्दार तथा विपन्न विद्यार्थीहरूलाई जापानी स्कूल ब्याग वितरण गरेको छ । राजधानीको इन्द्रेणी स्टुडियोमा आयोजित औपचारिक कार्यक्रममा शुभकामना आदानप्रदानका साथ विभिन्न जिल्लाका विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई झोला हस्तान्तरण गरिएको हो । एनआरएनए जापानका प्रवक्ता खगराज गौतमका अनुसार विद्यालयहरुलाई स्थानीय तहका जनप्रतिनिधि र अन्य प्रतिनिधिमार्फत झोला हस्तान्तरण गरिएको हो । विभिन्न पालिका मातहतका १२ विद्यालयका विपन्न तथा जेहेन्दार विद्यार्थीलाई वितरण गर्ने गरी प्राप्त कुल ५००… पुरा पढौ

सरकार र शिक्षकबीच सात बुँदे सहमति, नेपाल शिक्षक महासंघद्वारा आह्वान गरिएको आन्दोलनका सबै कार्यक्रम फिर्ता

आन्दोलनरत शिक्षक र सरकारबीच सात बुँदे सहमतिको तयारी भएको छ । सरकार र ३ दिनदेखि आन्दोलरत नेपाल शिक्षक महासंघबीच सहमति भएको हो । गृह मन्त्रालय स्रोतकाअनुसार संसद्‌मा दर्ता विद्यालय शिक्षा विधेयक संशोधन गर्ने समझदारी भएको छ । संशोधनका लागि सुझाव दिन शिक्षक महासंघका प्रतिनिधिसहित कार्यदल बन्ने भएको छ । विभिन्न बुँदामा सहमति भएको र त्यसलाई लिखित गरेर सार्वजनिक गरिने जनाइएको छ । शिक्षक आन्दोलन पनि फिर्ता हुने सहमति पनि कायम भएको छ । गृहमन्त्री नारायणकाजी श्रेष्ठको नेतृत्वमा दुई पक्षबीच सिंहदरबारमा वार्ता भएको थियो ।… पुरा पढौ

नब्बे प्रतिशत विद्यार्थीमा पढाइप्रति रुचि घट्यो, शिक्षा प्रणालीमै समस्या

गत वैशाख २६ देखि जेठ ५ सम्म देशभर सञ्चालित परीक्षामा नियमिततर्फ ३ लाख ७२ हजार ६ सय ३७ जना विद्यार्थी सहभागी थिए । तीमध्ये १ लाख ८९ हजार ७ सय ११ विद्यार्थीलाई उच्च शिक्षामा भर्ना हुने बाटो खुलेको छ ।  त्यसैगरी, १ लाख ८२ हजार ९ सय २६ जना अर्थात् ४९.०९ प्रतिशत ननग्रेडिङ (एनजी)मा परेर तत्काल उच्च शिक्षामा भर्ना हुन रोकिने भएका छन् । तर, ननग्रेडिङमा परेकामध्ये पनि १ लाख २३ हजार ३ सय विद्यार्थीले भने असोज ६ र ७ गते हुने… पुरा पढौ

जापानको सेन्दाइमा रहेको जापानी भाषा पढाउने विद्यालयको इजाजत अध्यागमन एजेन्सी खोस्यो 

जापानमा रहेको एक जापानी भाषा पढाउने विद्यालयले वर्किंङ भिषा पाउने चरणमा पुगेका विदेशी विद्यार्थीलाई रोकेर ट्युशन फि तिर्न वाध्य पारेको भन्दै अध्यागमन सेवाले इजाजत पत्र खोसेको छ ।सेन्दाइमा रहेको मिराई नो मोरी गाकुइनले आफ्नो भाषा अध्ययन पश्चात् वर्किङका लागि जाने तयारीमा रहेका भियतनामी पाँच विद्यार्थीलाई उक्त अनुमति नदिइ ट्युशन शुल्क तिर्न वाध्य पार्ने कार्य मानव अधिकारको उल्लङ्घन भएको ठहर गर्दै अध्यागमन सेवाले जुलाई १० मा आगामी पाँच वर्षको लागि जापानी भाषा पाठ्यक्रममा नयाँ विद्यार्थीहरू स्वीकार गर्न नपाउने गरि प्रतिबन्ध लगाउने… पुरा पढौ

आयो एसईईको नतिजा, गत वर्ष भन्दा नतिजा सुधार (सूचीसहित)

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा बिहीबार सार्वजनिक गरेको छ।सार्वजनिक नतिजाअनुसार २२ हजार ४७५ जनाले ३.६० देखि ४ ग्रेड ल्याएका छन्। ३.६ जीपीएदेखि ४ जीपीए ल्याउनेहरु ४ दशमलव ६३ छन्। गत वर्षभन्दा दोब्बर धेरैले ४ जीपीए ल्याएका हुन्। गत वर्ष ९ हजार ६३३ जनाले ३.६ देखि ४ जीपीए ल्याएका थिए। त्यसैगरी ३.२० जीपीएदेखि ३.६० जीपीए ल्याउने परीक्षार्थीको संख्या ५५ हजार ६९ रहेको छ। यो जीपीए ल्याउने ११.३६ प्रतिशत छन्। अर्कातिर २.८० देखि ३.२० जीपीए ल्याउनेहरु ७२ हजार ३६२ छन्। यो जीपीए ल्याउने १४.९२ प्रतिशत रहेको… पुरा पढौ

एसइईको नतिजा बिहीबार सार्वजनिक गरिने

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) २०७९ को नतिजा गत वर्षको व्यवस्थाअनुसार नै सार्वजनिक गर्ने निर्णय गरेको छ । आज बसेको बोर्डको बैठकले यसअघिकै व्यवस्थाअनुसार नतिजा सार्वजनिक गर्ने निर्णय गरेको बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले जानकारी दिए ।  उनका अनुसार यस वर्ष पुरानै पाठ्यक्रअनुसार परीक्षा सञ्चालन भएकाले नतिजा पनि पुरानै व्यवस्थाअनुसार सार्वजनिक गरिनेछ । नयाँ निर्देशिका, २०७८ अनुसार सैद्धान्तिक विषयमा विद्यार्थीले अनिवार्य ३५ प्रतिशत अंक ल्याउनुपर्ने व्यवस्था छ । नयाँ पद्धतिअनुसार सबै विषयमा ३५ प्रतिशतभन्दा कम अंक ल्याउनेलाई ‘नन… पुरा पढौ

बालेनको आग्रहः निजी विद्यालयका शिक्षकले सरकारले तोकेअनुसारको तलब नपाए महानगरमा सम्पर्क गर्नु

काठमाडौं । काठमाडौं महानगरपालिकाले निजी विद्यालयका शिक्षकलाई सरकारले तोके अनुसारको तलब नपाए महानगरको शिक्षा विभागमा सम्पर्क गर्न अनुरोध गरेको छ । बिहीबार महानगरपालिकाका मेयर बालेन साहले निजी विद्यालयमा शिक्षकको तलब सामुदायिक विद्यालयको भन्दा न्यून भएको गुनासो आउने गरेको भन्दै तलब नपाए महानगरमा सम्पर्क गर्न अनुरोध गरेका हुन् । उनले भनेका छन्, ‘काठमाडौं महानगरपालिकामा संस्थागत ( निजी) विद्यालयको शिक्षकहरूको तलब सामुदायिक विद्यालयको भन्दा न्यून भएको गुनासो आउने गरेको छ। तर ‘शिक्षा ऐन, २०२८’ को दफा १२(७)(छ) मा संस्थागत विद्यालयको शिक्षकलाई पनि… पुरा पढौ