“प्रथम नेपाल फेस्टिवल कान्साई २०२५” सुरु, भोलिसम्म संचालन हुने

-


     जनहित न्युज    
     वैशाख १३ गते २०८२


जापानको ओसाकामा आज देखी “प्रथम नेपाल फेस्टिवल कान्साई २०२५” सुरु भएको छ । गैरआवसीय नेपाली संघ एनआरएनए कान्साईको आयोजनामा आज र भोलि अप्रिल २७ तारिक आईतबारसम्म चल्ने छ ।

“नेपाल र नेपालीको जापानमा पहिचान, नेपाल फेस्टिवलमार्फत नेपालमा पर्यटन प्रवर्द्धन” भन्ने मूल मान्यताका साथ, नेपाली राजदूतावास टोकियोको सहकार्यमा गैर-आवासीय नेपाली संघ जापान क्षेत्रीय समिति (कान्साई)को आयोजना तथा कान्साईमा सक्रिय संघ-संस्थाको सह-आयोजनामा नेपालको कला, संस्कृति, रीतिरिवाज र परम्परालाई प्रवासमा निरन्तरता दिने उद्देश्यले “प्रथम नेपाल फेस्टिवल कान्साई २०२५” को आयोजना गरिएको आयोजकले जनाएको छ ।

उक्त फेष्टिवलमा नेपालको पहिचान झल्कने खाना, परिकार तथा  नेपालका विभीन्न जातजातीका झाँकी तथा संस्कृतीक समुहको प्रस्तुती रहेको छ । जापानका लागि नेपाली राजदुत महामयिम डाक्टर दुर्गा बहादुर सुवेदीको प्रमुख आतिथ्यतामा भएको थियो ।

उक्त उदघाटन कार्यक्रमलाई सम्बोधन गर्दै राजदुत सुवेदीले नेपालको कला संस्कृति भाषा, भेषभूषा, जातजाती हाम्रो पहिचान भएको तथा विविधता विचको एकता हामी नेपालीहरुको विषेशता रहेको र सबै नेपाली एक आपसमा मिलेर बस्नु पर्ने बताए।

कार्यक्रममा ओसाका प्रिफेक्चरका प्रतिनिधि इचीसाकी हिरोफुमी, ओसाका नगरका प्रतिनिधि मिहोको अराई, ओसाका मियाकोजी बार्डका प्रतिनिधि केइको फुजियोका, ओसाकामा नेपालका लागि महावानिज्यदुत कुनियो इमानिशी, फुकुओकास्थित नेपालको मानार्थ वाणिज्य दूतावास कन्सुल युइचिरो किमोटो, नानकाई इलेक्ट्रिक रेलवे कम्पनी, लिमिटेडका प्रतिनिधी युकिको यामामोतो, कार्यक्रमका विशिष्ट अतिथि एनआरएनए अन्तराष्ट्रिय समन्वय परिषदका पूर्व अध्यक्ष  देवमान हिराचन, एनआरएनए अन्तराष्ट्रिय समन्वय परिषदका उपाध्यक्ष रोबिन शेरचन, गैरआवासीय नेपाली संघ जापानका अध्यक्ष, नबिन निउरेले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

समारोहमा स्वागत मन्तव्य नेपाल फेस्टिवल आयोजक समिति संयोजक कृष्ण शर्मा गैरे तथा कार्यक्रमको बारेमा व्यवस्थापन समिति संयोजक नरेन्द्र बस्नेत दिनेशले प्रकाश  पारेका  थिए । उद्घाटन समारोहको सभापतित्व एनआरएन कान्साईका संयोजक हरि प्रसाद कडेंलले गरेका थिए ।  कार्यक्रममा जापानमा रहेका स्थानीय कलाकारहरु तथा नेपाली संगीत क्षेत्रका चर्चित गायक उग्रेन दोङ, जापानमा रहेका सांगीतिक व्याण्ड अनन्त नेपाल र अनुभव व्याण्डले प्रस्तुती दिएको थियो उक्त फेष्टिवलमा उल्लेख्य नेपाली तथा जापानी नागरिकहरुको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?