परमाणु विकिरणबाट उत्पन्न फोहोर पानी समुन्द्रमा फालेसँगै जापानमा आन्दोलन चर्कियो, ८८.१ प्रतिशत नागरिका सरकारको निर्णयको विरुद्धमा

-


     जनहित न्युज    
     भाद्र ९ गते २०८०


काठमाडौँ — जापान सरकारले बिहीबारदेखि फुकुसिमा दाइची परमाणु ऊर्जा संयन्त्रको परमाणु विकिरणबाट उत्पन्न दुषित पानी समुन्द्रमा फाल्न सुरु गरेसँगै आन्दोलन थप चर्किएको छ । जापानको उक्त निर्णय गरेसँगै प्रशान्त महासागर आसपासका क्षेत्र र देशहरूले विरोध जनाएका हुन् ।

मंगलवार बसेको जापनको मन्त्रीपरिषद्को बैठकले बिहीवारदेखि परमाणु विकिरणबाट उत्पन्न दुषित जल समुन्द्रमा फाल्ने निर्णय गरेको थियो । प्रशान्त महासागरसँग जोडिने देश, स्थानीयहरुले बिरोध जनाउँदा समेत जापान सरकारले सो निर्णय गरेपछि आन्दोलन झनै चर्किएको हो । 

साथै सरकारको सो निर्णयको स्थानीय र मत्स्य व्यवसायीहरूले समेत विरोध गर्दै प्रदर्शन गरिरहेका छन् । जापानले बिहीबार दिउँसो १ बजेबाट दुषित पानी प्रशान्त महासागरमा फाल्न सुरु गरेको हो । टेप्कोका अनुसार पहिलो चरणमा १७ दिनभित्रमा ७ हजार ८ सय टन दाइची परमाणु ऊर्जा संयन्त्रको परमाणु विकिरणबाट उत्पन्न दुषित पानी फाल्ने बताएको छ ।

दुषित पानीमा ६० भन्दा बढी रेडियोन्युक्लाइडहरू छन्, जसले समुन्द्री वातावरण र मानव स्वास्थ्यको लागि असर गर्छ । जापानको यो कदमसँगै छिमेकी देशहरू र प्रशान्त टापुका देशहरू आक्रोशित बनेका छन् । जापानको छिमेकी मुलुक चीनले त्यहाँ उत्पादित हुने सबै सामुद्रिक उत्पादनको आयातमा प्रतिबन्ध लगाएको छ ।

समुन्द्री पर्यावरण र सार्वजनिक स्वास्थ्यमा प्रभाव पार्ने भन्दै छिमेकी अन्य प्रशान्त द्वीप देशहरुका साथै मत्स्य व्यवसायी र स्थानीयहरुले सरकारको निर्णयको बिरोध गरिरहेका छन् । जापानी सरकारले परमाणु दुषित पानी प्रशान्त महासागरमा फाल्ने निर्णय लिएपछि स्थानीयहरुले बिरोध जनाउँदै आन्दोलनसमेत गरेका छन् । उनीहरुले जापानी प्रधानमन्त्री जापानका प्रधानमन्त्री फुमियो काशिदाको सरकारी निवास अगाडि बिरोध प्रदर्शन गरेका छन् ।

जनमत सर्वेक्षणमा ८८.१ प्रतिशत नागरिका सरकारको सो निर्णयको बिरुद्धमा रहेको पाइएको राष्ट्रिय समाचार एजेन्सी क्यादोले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?