जापानबासी नेपाली समुदायको सरोकार र आवश्यकतालाई जोड्ने गरि एकिकृत नेपाल हाउस बहुसांस्कृतिक केन्द्रको निमार्ण गरिने

- योजनाबद्ध रूपमा आर्थिक अभियान संचालन गरिदै

-


     जनहित न्युज    
     वैशाख १० गते २०८२


जापानबासी नेपाली समुदायको सरोकार र आवश्यकतालाई जोड्ने गरि एकिकृत नेपाल हाउस बहुसांस्कृतिक केन्द्रको निमार्ण गरिन लागेको गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद जापानले जनाएको छ।
टोकियोमा आयोजित एक कार्यक्रममा बोल्दै एनआरएनए जापानका अध्यक्ष नविन निउरेले जापानमा हजारौं नेपालीहरू काम, पढाई, र बसोबासका लागि आएका छन्। तर, एक साझा स्थान नभइ समुदायलाई संगठित गर्न र सामूहिक समस्याहरू समाधान गर्न गाह्रो भइरहेको तथ्यलाई नेपाल हाउसले समाधान गर्नेछ भन्ने विश्वास लिएको बताए।

“करिब ५ देखि ६ करोड जापानी येनको लागतमा निर्माण सम्पन्न गर्ने योजना अनुरुप अगाडि बढेका छौं।” अध्यक्ष निउरेले भने- “त्यसका लागि करिब ३ करोड २० लाख जापानी येनमा जापानको चीबामा जग्गा खरिदका लागि प्रक्रिया अघि बढाएर केहि रकम निकासा गरिसकेका छौं ।”
जापानबासी हरेक नेपालीको अपनत्व हुने गरि र निर्णय प्रक्रियामा सबैको प्रनिनिधित्वमुलक सहभागिताको सुनिश्चिता रहने गरि काम गरिने एनआरएनए जापानका महासचिव टिकाराम खरेलले बताए ।
सबैको सल्लाह सुझावलाई समेटेर नेपाल हाउस निर्माणका लागि आर्थिक संकलन प्रस्ताव पत्र तयार पारि आर्थिक अभियानलाई अबका केही दिनमा सशक्त रूपले अगाडि बढाउन लागिएको कोषाध्यक्ष दिपक सुनारले बताए।
एनआरएनए जापान, एनआरएनए जापानका क्षेत्रीय समन्वय परिषदहरु, जापानमा क्रियाशील संघ संस्था, व्यावसायी, प्रबुद्ध व्यक्तित्वज्यूहरु, सामाजिक व्यक्तित्व लगायतलाई समेटेर एकिकृत नेपाल हाउस बहुसांस्कृतिक केन्द्रको निमार्ण तथा व्यवस्थापन मूल समिति गठन गरिने, सोहि समितिले एक निर्माण तथा सञ्चालन कार्यविधि तयार गरि सोहि अनुरूप हरेक कार्य गर्ने गराउने सोच रहेको एनआरएनए जापानका प्रवक्ता खगराज गौतमले बताए।

नेपाल हाउस सम्बन्धी एक कार्यक्रममा बोल्दै जापानका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदीले नेपाल हाउस जापानको जुनसुकै भूगोलमा भएपनि दूरीले खास फरक नपार्ने त्यो त एक नेपाली मन जोड्ने कडी हुने भएकोले नेपालीत्व जनाउने हरेक कार्यमा जापानवासी सम्पूर्ण नेपालीलाई आफुसक्दो सहयोग गर्न आग्रह गर्दै नेपाल हाउसको नामाकरणलाइ अलिक नेपालीपन झल्किने गरी गर्नका लागि सुझाव व्यक्त गरे।

गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदका उपाध्यक्ष समेत रहेका जापानका प्रतिष्ठित व्यक्तित्व रोबिन शेरचनले जापानबासीजा लागि अत्यन्तै आवश्यक रहेको नेपाल हाउस निर्माणमा आफूले तदारुकताका साथ सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै भने- “एनआरएनए जापानको नेतृत्वमा बन्न लागेको नेपाल हाउसमा सबैको अपनत्व रहने गरि सहयोग गरेर सम्पन्न गराउन अनुरोध गर्दछु।”
गैर आवासीय नेपाली संघ एसिया प्यासिफिक क्षेत्रका उप संयोजक तथा विहुकोट समाज जापानका अध्यक्ष दिपक कँडेलले जापानबासी नेपालीका लागि आवश्यकता खड्किएको एक साझा घरका निम्ति एनआरएनए जापानले नेतृत्व लिएर बनाउन अघि बढ्नु सराहनिय कार्य भएकोले जापानवासी मात्र नभएर विश्वभर रहेका नेपाली मनहरुले सक्दो सहयोग गरी तोकिएकै समयमा तोकिएको संरचनासहित निर्माण कार्यमा आर्थिक भौतिक नैतिक हरेक प्रकारको सहयोग गर्न अनुरोध गरे।


नेपाल हाउस निर्माणका लागि अहिले लिइएको जग्गा हरेक हिसावले उपयुक्त रहेको बताउँदै नेपाल आदिवासी जनजाति महासंघ जापानका अध्यक्ष हवलचन्द्र लामाले नेपाल झल्किने गरी संरचना बनाउनका लागि सबैको साथ सहयोगको आवश्यकता रहेकोले सहयोग निम्ति आग्रह गरे।
नेपाली शैली झल्किने संरचना त्यो संरचना तयार गर्न सबैको सहभागिता भएको निर्माण तथा व्यवस्थापन समिति, जापानवासी नेपालीको अपनत्व रहने गरि आर्थिक संकलन अभियान सञ्चालन गरी नामाकरणमा समेत नेपालीपन हुनु पर्नेमा एनआरएनए एसिया प्यासिफ़िक महिला संयोजक अनिता गुरुङ एनआरएनए जापानका प्रमुख संरक्षक शिव प्रसाद पौडेल, देविलाल भण्डारी, एनआरएनए जापानका विशेषज्ञ समिति सदस्य सालिकराम भण्डारी धादिङ समाज जापानका अध्यक्ष विमल श्रेष्ठ बलराम उपाध्याय लगायतले सुझाव व्यक्त गरेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?