ताराखोला फ्रेण्ड सर्कल जापानले प्रथम ताराखोला कप मैत्रीपूर्ण पुरुष भलिवल प्रतियोगिता 2025 गर्ने

-


     दिनेश थापा    
     वैशाख ९ गते २०८२


ताराखोला फ्रेण्ड सर्कल जापानले आउदो जुन १६ तारिकका दिन प्रथम ताराखोला कप मैत्रिपूर्ण पुरुष भलिवल प्रतियोगिता 2025 गर्ने भएको छ।

“कला सस्कृति भेषभूषा विविधतामा अर्गानिक प्यारो ताराखोला संधै एक कदम अगाडी ” भन्ने मूल नाराका सथ आफ्नो मातृभूमि लागि शिक्षा, स्वास्थ, खेलकूद ऐतिहासिक परम्परा संरक्षण साथै विकास निर्माणमा समन्वय सहयोग गर्ने उद्देश्यका साथ विदेशि भूमिमा पनि खेलकूदको माध्यबाट आपसि सद्धभाव सुमधूर भाईचार तथा सामाजिक सम्बन्ध निर्माण गरी नेपालको राष्ट्रयीय खेल भलिबलको संरक्षणन गर्दै भलिबल खेलाडीहरुले हौसला वृद्धि गर्ने मुख्य उद्देश्य सहित २०२१ सालमा स्थापना गरिएको T.F.C. जापानले पहिलो ताराखोला कप पुरुष भलिबल प्रतियोगता २०२५ आयोजना गर्न लागेको खेल संयोजक केशव खत्रीले जानकारी दिए।

सचिव लक्ष्मण चालिसेका अनुसार कार्यक्रमको मुख्य प्रायोजकको भुमिकामा ताराखोला समाज जापान रहेको छ भने कार्यक्रममा कला संस्कृतिलाई संरक्षण गर्ने पवित्र उदेश्य सहित ताराखोला पञ्चेबाजा र ताराखोका विभिन्न संस्कार र संस्कृतिसंग जोडिएका नृत्य समेत प्रस्तुत गरिने छ।

प्रतियोगितामा प्रथम हुने समूहलाई नगद ३ लाख येन नगद, ट्रफी, मेडल र प्रमाण-पत्र र द्वितीय हुनेलाई नगद २ लाख येन नगद, ट्रफी, मेडल र प्रमाण-पत्र पाउने छन् यसका साथै प्रतियोगितामा बेष्ट प्लेयर, बेष्ट स्पाईकर, मिड ब्लकर, बेष्ट सेटेर, बेष्ट डिफेण्डेर, बेष्ट सर्भर र बेष्ट कोच गरि सात विधामा पुरस्कृत गरिनेछ भने हरेक प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीलाई म्यान अफ द म्याच घोषित गरिने बताईएको छ ।

प्रतियोगितामा खेलाडी ८ जना र अफिसियल २ सहित १० जनाको सहभागिता रहन सक्ने हरेक सहभागि टिमले नेपालको प्रदेश वा सो सरह भन्दा माथि खेल खलेका खेलाडी बढिमा २ जना समावेश गर्न पाउनेछन् खेल प्रचलित नियम अनुसार नक-आउट सिस्टममा नेपाली रेफ्री द्वारा संचालन गरिने खेल संयोजक खत्रीको भनाई छ । खेल Ota City General Gymnasium 1 Chome-11-1 Higashikamata, Ota City, Tokyo 144-0031 बिहान ९ बजे देखि खेल संचालन हुने र खेलमा सहभागिताको लागि प्रवेश शुल्कको रूपमा प्रति समूह ४० हजार येन तोकिएको छ। खेल प्रतियोगिताको टाईसीट JUNE 15 तारिक ५ बजे सार्वजनिक गरिने बताईएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?