
बोहोराफाँट समाज जापानको आयोजनामा हुन लागेको दोस्रो BSJ भलिबल कप खुल्ला पुरुष भलिबल प्रतियोगिता २०२५ जुलाई २ तारिख हुने भएको छ।
प्रतियोगिता गरिन लागेको साईतामाको तोडा स्पोर्ट्स सेन्टरमा प्राविधिक समस्याका कारण हललाई मर्मत गरिन लागेकोले में महिनाको २१ तारिक हुने भनिएको उक्त प्रतियोगिता जुलाई २ तारिक गर्ने तयारीमा जुटेको संस्थाका अध्यक्ष एक बहादुर बोहोराले जानकारी दिए।
“हामीले पहिले गरिएको सूचना अनुसार प्रतियोगिताको तयारीमा जुटेका थियौ।” अध्यक्ष बोहोराले भने – प्रतियोगिता गरिने निश्चित भएको हलमा आएको प्राविधिक समस्याले गर्दा पूर्व निर्धारित समयमा गर्न नसकेकोमा प्रतियोगिताका आर्थिक सहयोगदाता, सहभागी टिम, खेलाडी, खेलप्रेमी दर्शक स्रोता लगायत सम्पुर्णमा क्षमा चाहन्छौ।
“खेलकुद, कला, संस्कृतिको संरक्षण, हाम्रो अभियान ॥ समाज रूपान्तरणमा युवाको, सक्रियता हाम्रो पहिचान “।। भन्ने मुल नाराका साथ आफ्नो जन्मस्थानका लागि शिक्षा, स्वास्थ्य, खेलकुद , ऐतिहासिक स्थानको संरक्षण साथै खेलमैदान जस्ता पूर्वाधार विकाश सरोकारवाला पक्षसंगको समन्वयमा सहयोग गर्ने र नेपालको राष्ट्रिय खेल भलिबलको संरक्षण प्रवर्द्धन गर्दै विदेशी भूमिमा रहेका भलिबल खेलाडीहरुको हौसला वृद्धि गर्ने उदेश्यका साथ प्रतियोगिता आयोजना गर्न लागिएको संस्थाले जनाएको छ ।
जापानमा आयोजना गरिने गरेका भलिबल प्रतियोगितामा सर्वाधिक राशिको पुरस्कार राखेर भव्य रुपमा पहिलो प्रतियोगिता सम्पन्न गरिएको र त्यसैलाई निरन्तरता दिनका लागि पनि दोस्रो BSJ भलिबल कप खुल्ला पुरुष भलिबल प्रतियोगिता २०२५ गरिन लागेको अध्यक्ष बोहोराको भनाई छ। जापानमा रहेका विभिन्न सामाजिक संघ संस्था लगायत सम्पूर्ण जापानबासी नेपालीहरुको तर्फबाट उत्साहपूर्ण रूपमा प्रतियोगीहरुको सहभागिता रहनेमा विश्वस्त रहदै सबै जापानबासी नेपालीहरुमा आर्थिक नैतीक तथा भौतिक सहभागिताको अपेक्षा गरेको महासचिव पवन बोहोराले बताए।
नेपालको राष्ट्रिय खेल भलिबललाई प्रवासमा रहेर पनि संरक्षण प्रवर्द्धन र खेलाडी र खेलको विकासमा टेवा पुराउने उदेश्य लिएर प्रतियोगिता संचालन गर्दै युवाहरुलाई जन्मस्थानसम्म जोडेर आफुहरुले जन्मस्थान र कर्मभूमिलाई जोड्नका लागि एउटा पुलको काम समेत गरेको महासचिव बोहोराको भनाइ छ। प्रतियोगितामा प्रथम हुने समूहलाई नगद ४ लाख २० हजार येन नगद, कप, मेडल र प्रमाण-पत्र, द्वितीय हुनेलाई नगद २ लाख २६ हजार येन नगद, कप, मेडल र प्रमाण-पत्र तथा सान्त्वना हुने दुई समुहलाई नगद ५५ हजार येन नगद र प्रमाण-पत्र रहेको आर्थिक संयोजक बसन्त बोहोराले बताए।
प्रतियोगिता अवधि भरि हरेक प्रतियोगितामा विजेता टिमका उत्कृष्ट खेलाडीलाई म्यान अफ द म्याचको ट्रफीले पुरस्कृत गर्नुका साथै विधागत पुरस्कार तर्फ बेष्ट प्लेयर, बेष्ट स्पाईकर,
मिड ब्लकर, बेष्ट सेटेर, बेष्ट डिफेण्डेर, बेष्ट सर्भर र बेष्ट कोचलाई सम्मान गरिने खेल संयोजक कुशल बोहोराले जानकारी दिए। प्रतियोगितामा खेलाडी सङ्ख्या तर्फ अफिसियल १ जना सहित सहित ९ जनाको सहभागिता रहन सक्नेछ भने हरेक सहभागी टिमले नेपालको प्रदेश वा सो सरह भन्दा माथि खेल खलेका खेलाडी बढिमा २ जना समावेश गर्न पाउनेछन् खेल प्रचलित नियम अनुसार नक-आउट सिस्टममा नेपाली रेफ्री द्वारा संचालन गरिने खेल संयोजक बोहोराको भनाई छ ।
खेल Toda City Sports Center 1286 Niizo, Toda, Saitama 335-0021 मा बिहान ९ बजे देखि खेल संचालन हुने र खेलमा सहभागिताको लागि प्रवेश शुल्कको रूपमा प्रति समूह ५०हजार येन तोकिएको छ। खेल प्रतियोगिताको टाईसीट जुन महिनाको ३० तारिक ५ बजे सार्वजनिक गरिने वरिष्ठ उपाध्यक्ष प्रकाश बोहोराले बताए।