हलचलको राजनीति, ‘राम–राम रामचन्द्र’

- टिप्पणी

-


     घनश्याम गौतम    
     पौष १३ गते २०७९


नेपालमा सबैभन्दा बढि हलचल आउने विषय राजनीति हो । पछिल्ला समय नेपाली राजनीतिका कुशल खेलाडिको राजनैतिक भविश्यमै हलचल मच्चिएको छ ।

२० वर्षसम्म टिक्ने उद्घोष गदैं नेपालको राजनीतिलाई फरक मोडमा पुर्‍याएका दलहरुले २०७९ माघ १० गते २ बर्ष नपुग्दै २० बर्ष पुरा गरे भन्दा फरक नपर्ला । मसिंर ४ गते सम्पन्न आम निर्वाचनको मतपरिणामले राजनैतिक दलहरुको आफूले गरेको राजनीतिनै हलचलमा रहेको संकेत पाए । त्यस लगतै राजनीतिमा हलचल मच्चियो ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी, लोकतान्त्रिक समाजवादी तथा राष्ट्रिय जनमोर्चा लगाएतका दलहरुको सत्तारुण गठबन्धन एकाएक भत्कीयो, त्यो भन्दा ठुलो गठबन्धन बन्यो । हुनत नेपाली राजनीतिमा कुनै न कुनै नेताको चर्चा परिचर्चाहुनु सामान्य जस्तै हो ।

हलचल मच्चीनु र सत्ता तथा पदको लागि पार्टी अदलबदल सामान्य जस्तै बनीरहेको सन्दर्भमा पौष १० गते ७ दलको नयाँ गठबन्धनबाट नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड तेस्रो पटक प्रधानमन्त्री बन्दै नेपालमा ४४ जना प्रधानमन्त्री मध्ये ३ पटक सत्तासिन हुदै ह्याट्रीक गरे ।

प्रचण्ड प्रधानमन्त्री बन्दा नेकपा माओवादी केन्द्र, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल जनमत पार्टी, र नागरिक उनमुक्ती पार्टीले समर्थन गरेका छन् ।
राजनीतिमा पनि अकंगणीतबाट तेस्रो दलका नेता प्रचण्ड प्रधानमन्त्री बन्दा पहिलो दल नेपाली कांगेसको एक अडानले प्रतिपक्षको बेन्चमा पुगेको छ । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा ५ पटक प्रधानमन्त्री बन्दा समेत देउवाका समकक्षी बरिष्ठ नेता रामचन्द पौडेलले अवसर नै पाउन सकेका छैनन् ।

केही दिन पहिले देखीनै सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पहिलो कार्यकालमा आफुलाई प्रधानमन्त्रीमा सघाउन आग्रह गरेका थिए । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले संसदीय दलको निर्वाचन सम्पन्न भएलगतै राजकीय पद राष्ट्रपति र प्रधानमन्त्री आफ्नै पार्टीको हुनुपर्ने अडान राखेका थिए ।

नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेललाई भेटेर केही दिन पहिला प्रचण्डले आफुलाई प्रधानमन्त्रीमा सहयोग गरे पौडेललाई राष्ट्रपति बनाउने बचन दिए । पौष १० गते बालुवाटारमा सत्तारुढ दल नेपाली कांँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी सहितका दलको बैठकमा नेपाली कांग्रेसको दाबी हलचल भएन, परिणाम राजनीतिमा हलचल नै मच्चियो ।
बालुवाटार बैठकमा प्रधानमन्त्री बन्ने सम्भावना नदेखेका प्रचण्ड बालकोट पुगेर बार्ता अघि बढाए । बालुवाटारबाट टेलीफोनमा पटकपटक प्रधानमन्त्रीको प्रस्ताब प्रचण्डलाई गर्दा सम्मेत ढिला भएको भन्दै जव गठबन्धन तोडियो त्यो नै रामचन्द्रको राष्ट्रिपति बन्ने यात्रामा समेत पूर्ण बिराम लाग्यो ।

रामचन्द्र पौडेललाई ईतिहासकै अभागी नेता भन्ने गरिन्छ । बिगतमा पौडेलले प्रधामन्त्रीको निर्वाचनमा लगातार १७ पटक पराजय बोहोरे । नेपाली काँगेस १३ औँ महाधीवेशनमा शेर बहादुर देउवासंग पार्टी सभापति पदमा हारेका पौडेल १४ औं महाधिवेशनमा आफ्नै गुठका नेताले सर्बमान्य नबाएकोले उम्मेदवार बन्ने यात्राबाट पनि हारे, आफ्नो प्यानलबाट शेखरलाई देउवासंग प्रतिस्प्रर्धा गराएका पौडेलको हारै हारको ईतिहास छ ।

पौडेल राष्ट्रपति बन्ने यसपटक भने करिव करिब पक्कापक्की नै थियो । तर नेपाली कांग्रेस नेतृत्वको दाबीकै कारण पौडेलले हातमै आएको राष्ट्रपति पद पनि नराम्रो संग गुमाएका छन् त्यसैले उनी अभागि नेता हुन् भन्दा फरक पदैन् । ६ दशक लामो राजनैतिक यात्रामा राजकीय पदको अलावा पार्टीको फस्ट म्यान समेत बन्न नसकेका पौडेलको अपवाद नजिर हो २०५१ सालमा सभामुख ।

पटकपटक प्रधानमन्त्री बन्ने कोसिस गरेका पौडेलको ईच्छा राष्ट्रपति बन्ने थियो तर त्यो पनि यो पटक असफल भएको छ । देउवाको दाबीका कारण राष्ट्र प्रमुख बन्ने सपनामा मात्रै पानी परेको छैन् । अब उनको राजैतिक यात्रामा समेत प्रशस्त प्रश्न उठेका छन् ।

नेपाली राजनीतिको बर्तमान समिकरण हेर्दा नेपाली कांग्रेसको बहुमत नआएको अबस्थामा वा पौडेल गुटको बहुमत नहुने अबस्थामा रामचन्द्र रामराम बन्ने निश्च्ति छ । रामचन्द्रलाई अन्तत संसदीय दलमा देउवालाई सघाएर जिताएको भन्ने उदाहरण बाहेक केही नहुने अबस्था श्रृजना भएको छ ।

रामचन्द्रको राजनीतिमा प्रश्न उठिरहदा देउवाको हटले अहिले संघीय सरकार र प्रदेश सरकारमा प्रत्तिपक्षमा बस्नुपर्ने बाध्यता श्रृजना भएको छ । रामचन्द्रले राष्ट्रपति बन्नकै लागि संसदीय दलको निर्वाचनमा देउवालाई सघाए तर नेपाली कांग्रेसको राजनीतिमा उब्जीएको रुपान्तरण र पुस्तान्तरणको बहस चल्दा पौडेलको निर्णय गलत रहेको कांग्रेसका कार्यकताले टिप्पणी गरेका थिए ।

अब नेपाली राजनीतिको हलचलमा रामचन्द्रको भाग्य कस्तो बन्छ ? उनले राजकीय वा कार्यकारी पदमा रहेर राजनीति गर्ने अवसर आउलाकी नआउला यो आम मानिसमा रहेको जिज्ञासा हो । उनले नेपाली कांग्रेसको राजनीतिलाई युवालाई समर्थन गरेर अबका दिनमा अभिभावकत्व गर्नुपर्ने मागको सम्बोधन कसरी गर्छन त्यो आगामी दिनमा नेपाली राजनीतिको यात्राले बताउदै जानेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like
Like Love Haha Wow Sad Angry