रवि लामिछानेको नागरिकता र हामी प्रवासी

-


     हेमलाल गौतम     
     मंसिर २२ गते २०७९


रबिको नागरिकता र प्रवासी नेपालीको बाध्यताका विषयमा केहि कुरा लेख्न मन लाग्यो ।यस्तो लेख्नु पर्दा राज्य प्रति आक्रोश र स्वयमप्रति अलिकति लज्जाबोध पनि भयो । उनी किन विदेश गए ,किन त्यहाँ बसे , किन देश फर्के ,देश फर्केर के के काम गरे त्यो बिषयमा एकछिन प्रवेश नगरौं ।

हामी प्रवासी नेपालीहरू आफ्नो देशमा रोजी रोटीको राम्रो ब्यबस्था नभएको कारण लाखौं लाखको संख्यामा आफ्नो देश छोड्न बाध्य छौं ।त्यही बाध्यतालाई सहज रूप दिनका लागि तत् तत् देशमा रहने जो कोहीले पनि बस्न ,काम गर्न र ब्यापार ,व्यवसाय वा पेशा गर्न सहजताका लागि त्यहाँको स्थायी बसोबास प्रमाण पत्र लिन्छन् । त्यो भनेको त्यहाँको नागरिक सरहको व्यवहार राज्यबाट पाउने व्यवस्था हो तर त्यसमा चुनाव लड्ने र भोट हाल्ने अधिकार पाईदैन । त्यो स्थायी बसोबास प्रमाण पत्र न त त्यहाँको नागरिकता हो न त त्यो लिने त्यहाँको नागरिक हो ।

विदेशमा नागरिकता लिनुको अर्थ त्यो देशको नागरिक हुनु हो । त्यसो गर्दा आफनो देशको नागरिकता स्वत : निस्कृय हुन्छ ।तर त्यसको जानकारी सम्बन्धित निकायमा गराउनै पर्छ । सम्बन्धित निकायलाई जानकारी नगराई दुवै नागरिकता पकेटमा राख्नु भनेको स्वार्थी र कलुशित मानसिकताले काम गरेको पनि हुन्छ । त्यो भनेको गद्धारीको पराकाष्ठा पनि बन्न सक्छ भलै रबिले त्यो नगर्लान्।

तसर्थ पिआर होल्डरहरूलाई राज्यले पर्गेल्न पर्ने कारण देखिदैन । तर एउटा कुरा साँचो के हो भने अहिले नेपालको सत्ताको बागडोर समालेका या बेला मौकामा समाल्दै आएका कति नेताहरू बिदेशको पिआर नत्यागीकन राज्यका जिम्मेवार ठाउँमा बसेका छन् र आफ्ना सन्तानहरूलाई बिदेशका महत्वपूर्ण ठाउँमा स्थापित गरेका छन् ।बिदेशमा सन्तानलाई पैसा पठाउने बहानामा कति पैसा मनी ल्याण्डरिङ् गरेका छन् , कतिले हुण्डी मार्फत रेमिटेन्समा कमि ल्याएका छन् या कतिले डलर विदेश पलायन गराएका छन् यो विषयमा राज्य बेखबर छ या साँच्चिकै जानकार छ ;यो बिषयमा आवाज उठ्न जरूरी छ ।तर एउटा सामान्य श्रमिकसँग त्यो गर्ने क्षमता रहदैन ।
रह्यो विदेशमा नागरिकता लिने कुरा ।विदेशमा नागरिकता लिनुको अर्थ त्यो देशको नागरिक हुनु हो । त्यसो गर्दा आफनो देशको नागरिकता स्वत : निस्कृय हुन्छ ।तर त्यसको जानकारी सम्बन्धित निकायमा गराउनै पर्छ । सम्बन्धित निकायलाई जानकारी नगराई दुवै नागरिकता पकेटमा राख्नु भनेको स्वार्थी र कलुशित मानसिकताले काम गरेको पनि हुन्छ । त्यो भनेको गद्धारीको पराकाष्ठा पनि बन्न सक्छ भलै रबिले त्यो नगर्लान्।

एउटा सचेत नागरिकले नागरिकता त्याग्दा या लिंदा अपनाउन पर्ने कानूनी प्राबधान पनि जान्दैन र पालना गर्न सक्दैन भने उसले देशको आमूल परिवर्तन कसरी गर्न सक्छ ।उसले भ्रष्टाचार कसरी उन्मुलन गर्न सक्छ ,स्वयम ऊ आफै भ्रष्ट छ ।यसरी हेर्दा रबि बारे दुनियाले हजारौं प्रश्न तेर्साउन सक्छन् जुन स्वभाविक हो ।
अर्को कुरा रबि एउटा सक्षम संचारकर्मी पनि हुन् ,उनीबाट यो गल्ती हुनु भनेको सामान्य नागरिकले गर्ने गल्ती भन्दा हजारौं गुणा ठूलो गल्ती हो । किनकि उनी मार्फत जनताले सहि सूचनाको अपेक्षा राखेका हुन्छन् ।
त्यस्तै, कुरा रबि संचार कर्मको माध्यमबाट वाककला प्रदर्शन गरेर गिनिज बुकमा आफ्नो नाम नेपालबाट दर्ज गर्न सफल ब्यक्ति हुन् । उनीबाट त्यस्तो गल्ती गर्नुले सामान्य नागरिकले के सिक्ने ?
आज उनले नागरिकता बिबादमा जुन तर्क पेश गरेका छन् ,त्यो सुन्दा ,पढ्दा र त्यसको पक्षमा वकालत गर्ने मान्छेको जमात देख्दा कता कता आफुलाई अली भारी महसुस हुन्छ र राज्य प्रति उदासिन मान्छेको भिड हो कि भनेर शंका गर्न मन लाग्छ ।

उनीबाट यो गल्ती हुनु भनेको सामान्य नागरिकले गर्ने गल्ती भन्दा हजारौं गुणा ठूलो गल्ती हो । किनकि उनी मार्फत जनताले सहि सूचनाको अपेक्षा राखेका हुन्छन् ।

राजनीतिमा भएको बिकृति सफा गर्नका लागि जुर्मुराएको युवाका लागि हात खुट्टा नबाधिउन भन्ने पक्षमा मेरो पनि समर्थन छ । तर रबिले आफ्नो प्राबिघिक कमजोरीबाट आफ्नो कमजोरी प्रदर्शन गरेको देख्दा उनको राजनीतिमा त्यती लामो भबिष्य देखिदैन ।
राजनीति समाज बदल्ने ऐना हो ।बिधायिका भनेको देश चलाउने नियम कानून बनाउने ठाउँ हो । त्यहाँ जाने ब्यक्ति साँच्चिकै कुशल हुनुपर्छ ।हुन त दुर्भाग्य नै भन्नुपर्छ नेपालको राजनीतिमा ; दुई दलीय सिण्डिकेट तयार गर्न खोजेर संबिधानमा साना दललाई थ्रेसहोल्डको ब्यबस्था गरेको देखिन्छ। तर आज तिनै साना दलको बुई चढेर सिण्डिकेटका नाईकेहरूले सत्ताको हिसाव किताव गर्छन् । यस्तो अबस्थामा रबि र रबिको पार्टीको उदय सबैलाई भारी हुनु स्वभाबिक हो ।

तर रबि र उनको पार्टी सहजै रूपमा यति छोटो समयमा यो स्टेजमा आउनुको अर्थ रबिप्रति पुरै आशा र भरोसा राखेर होईन तर केहि हदसम्म यो बिद्यमान बेथिति रोक्न सक्छन् कि भनेर मत परिवर्तन गरेर हो । मत परिवर्तन गर्ने सबैले दल परिबर्तन गरेका छैनन् । यो रबि र उनको पार्टीले बुझ्न जरूरी छ ।
विश्व राजनीति -दर्शन र सिद्दान्तका आधारमा निर्देशित हुन्छ ।कट्टरपन्थी , सुधारबादी ,प्रगतीशिल र क्रान्तिकारी ।यी चार बाटोमा कुनबाटो हिड्ने स्पष्ट हुनु जरूरी हुन्छ ।हुन त रबि अहिलेको बिकृत राजनीति सुधार गर्न आएको कुरा स्वीकार्छन् ।त्यसले केहि कुरा त बुझ्न सकिन्छ ।तर सुधारबादिहरू या त कट्टर पन्थी लाईनमा या प्रगतीशिल लाईनमा सामेल हुन्छन् ।हुन त क्रान्तिकारीहरू पनि कहिले काहिं सुधारबादि लाईन या प्रगतिशिल लाईनमा जान सक्छन् । त्यो कुरा देशको विशिष्ठ परिस्थिति र पार्टीको आत्मगत परिस्थिति हेरेर ।

रबि र उनको पार्टी सहजै रूपमा यति छोटो समयमा यो स्टेजमा आउनुको अर्थ रबिप्रति पुरै आशा र भरोसा राखेर होईन तर केहि हदसम्म यो बिद्यमान बेथिति रोक्न सक्छन् कि भनेर मत परिवर्तन गरेर हो । मत परिवर्तन गर्ने सबैले दल परिबर्तन गरेका छैनन् । यो रबि र उनको पार्टीले बुझ्न जरूरी छ ।


यहाँ रबिको नागरिकता प्रकरण जस्तै संबिधानको रक्षा गर्दै त्यसै भित्रबाट त्यसभित्र रहेका “लुपहोलहरू “ (छिद्रहरू)बन्द गर्दै जानुपर्छ । त्यो कुरा उनले प्रदेशको चुनावमा आफ्ना उमेदबारी उठाउने दुरदर्शिता देखाउन नसकेर त्यसलाई छोप्न कुतर्क गरेको देखियो । हो साच्चिकै नेपालका लागि प्रदेश एकदमै महंगो छ ।यो खारेज हुनुपर्छ ।तर के रबिले गरेको तर्कले संबिधानबाट त्यो खारेज गर्न सकिन्छ त ?यसर्थ रबिको तर्क संबिधानको पालनाको प्रश्नमा मेल खाँदैन ।
त्यती खेर रबिले प्रदेशमा उमेदबार उठाउन कमजोरी गरेपछि राखेको तर्क हो; प्रदेशको भारी देशको अर्थ तन्त्रले थेग्न सक्दैन । त्यसैले यो पटक हामीले प्रदेशमा उमेदबारी दिएनौं । तर चुरो कुरा त उनले त्यसको कानूनी प्रकृया पुरा गर्न नसकेकोले भाग नलिएका हुन् । यस्ता अदुरदर्शी निर्णयहरू हुँदै जाँदा उनलाई निर्दिष्ट गर्ने राजनीतिक भिजन भएन कि भन्ने लाग्छ । कामना गर्छु , यस्ता अदुरदर्शी निर्णयहरू सच्याएर ईमान्दारी पूर्वक अहिलेको राजनीतिक फोहोर सफा गर्न सकुन् ।

विश्व राजनीति -दर्शन र सिद्दान्तका आधारमा निर्देशित हुन्छ ।कट्टरपन्थी , सुधारबादी ,प्रगतीशिल र क्रान्तिकारी ।यी चार बाटोमा कुनबाटो हिड्ने स्पष्ट हुनु जरूरी हुन्छ ।

अब उनको नागरिकताको कुरा गरौं ।उनले म नेपाली हुँ ,मैले बिदेशी नागरिकता त्यागें भनेर प्रमाण सहित आएपछि उनीमाथि त्यती धेरै पूर्वाग्रह राज्यले गर्नु पर्ने केहि देखिदैन । यदि उनका मुद्दालाई उचाल्ने हो भने नेपाली नागरिकताका आधारमा राहदानी दिने परराष्ट्र मन्त्रालय , गृहमन्त्रालय , चितवन जिल्ला अदालत , निर्वाचन आयोग सबैलाई मुद्दा लगाईनु पर्छ होईन भने प्रवासमा बस्दाको बाध्यात्मक अबस्थामा सहजता प्राप्त गर्न लिईने पि आर या नागरिकतलाई त्यही रूपमा बुझिनु पर्छ ।यदि छानबिन हुने हो भने अहिलेका सबै सभासदहरूको पनि नागरिकता या पि आर माथि अनुसन्धान गरिनुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like
Like Love Haha Wow Sad Angry