
सन् २०१५ मा मध्य टोकियोको एक लक्जरी पसलबाट १०० मिलियन येन ($ 742,000) भन्दा बढीको गहना लुट्ने कार्यमा संलग्न भएको आरोपमा बेलायतमा तीन पुरुषलाई पक्राउ गरिएको छ ।
बेलायत र जापान सरकारका बिचमा सुपुर्दगी सन्धि नभएकोले जापानमा अपराध गरि हाल बेलायतमा पक्राउ परेका ती पुरुषहरुलाई जापान स्थानान्तरण गर्ने कि नगर्ने भन्ने बारेमा बेलायतको एक अदालतले निर्धारण गरिरहेको अनुसन्धान स्रोतले बताएको छ ।
सन् २०१५ को नोभेम्बरमा खिचिएको फाइल तस्बिरले टोकियोको शिबुया वार्डमा रहेको ह्यारी विन्स्टन ज्वेलरी पसलमा डकैती गरिएको देखाईको छ । लुटपाटको दुई दिनपछि ती तीन जना बेलायतीहरूले जापान छोडेका थिए र जापानी प्रहरीले उनीहरुलाई अन्तर्राष्ट्रिय फौजदारी प्रहरी संगठन इन्टरपोलमार्फत अन्तर्राष्ट्रिय खोजी सूचीमा राखेका थिए।
ती पुरुषहरूले २०१५ को नोभेम्बर २० को राती शिबुया वार्डको ओमोतेसान्दो हिल्स कमर्शियल कम्प्लेक्समा रहेको ह्यारी विन्स्टनको पसलमा एक पुरुष सुरक्षा गार्डलाई मुक्का प्रहार गरी र डिस्प्ले केस तोडेर करिब १० करोड ६० लाख येन मूल्य बराबरको ४६ थान गहना लुटेको आशंका गरिएको छ।
ती तीनैजना ४४ वर्षीय ड्यानियल केली, ३६ वर्षीय जो च्यापल र लुटपाटका समयका १९ वर्षीय पुरुष हुन्, जो अहिले २६ वर्ष पुगेका छन् ।
जापानी प्रहरीले सेक्युरिटी क्यामेराको फुटेज मार्फत ती पुरुषको पहिचान गरेको हो।जापानमा हाल अमेरिका र दक्षिण कोरियासँग मात्र सुपुर्दगी सन्धि रहेको छ।
सुपुर्दगी सन्धिको अभावमा अपराध भएको देशले सामान्यतया संदिग्धको गृह देशलाई मुद्दा चलाउन अनुरोध गर्न सक्दछ।
ब्रिटिश न्यायिक प्रणाली अन्तर्गत एक अपराध सामान्यतया न्यायक्षेत्रमा चलाइन्छ । स्रोतका अनुसार अपराधीको हस्तान्तरणले मानवअधिकार चिन्ता बढाउन सक्छ भन्ने पुरुषको प्रतिरक्षाले तर्क गरिरहेको छ।