जापानमा चक्कु प्रहारबाट हत्या गरिएकी लक्ष्मी बस्नेत अधिकारीको नौ दिनपछि गरियो अन्तिम सस्कार, हत्यारालाई हदैसम्मको कारबाही गर्न नेपाली समुदायको माग

-


     दिनेश थापा     
     मंसिर ८ गते २०७९


४२ वर्ष अघि बागलुङको गलकोटमा जन्मिएकी लक्ष्मी बस्नेत अधिकारी परिवारको सुन्दर सपनाको कल्पना गर्दै जापानमा आएकी थिइन । अपार्टमेण्टको आफ्नै कोठामा बसेकी अधिकारीलाई नोभेम्बर १६ तारिक बुधबार राती करिब ११ः३० बजे चक्कु प्रहारबाट मृत्यु होला कल्पना समेत पनि गरेकी थिइनन होला ।
१७ वर्षीय छोरालाई बुटवलमा छाडेर श्रीमान धिरज बिक्रम अधिकारीसंग जापानको राजधानी टोकियोको उत्तरी भागमा पर्ने गुन्मा प्रिफेक्चरको ईसेसाकी सिटीमा आफ्नो कर्म गर्दै आएकी लक्ष्मीको हत्या गरिएको ९ दिनपछि अन्तिम दाहसंस्कारमा उपस्थित सबैका आखा रसाए संगै हत्याराप्रति आक्रोश समेत व्यक्त गरे ।

हत्या गरिएकी लक्ष्मीको प्रहरिले घटना छानविनको लागि आवश्यक पर्ने सम्पुर्ण प्रमाणहरु संकलित गरे पश्चात शव पोष्टमार्टम गरी गुन्मा केन ईसेसाकीको शव बाहान गृहमा अन्तिम संस्कार गरिएको हो।

हत्याको आरोपमा विश्वराज आचार्य नाम गरेको नेपालीलाई जापान प्रहरीले नोभेम्बर १७ तारिक विहीबार पक्राउ गरेको थियो । हत्यापछि रगत लागेको छुरासहित एउटा व्यक्ति सो अपार्टमेण्टबाट बाहिरिएको सीसीटीभी फुटेजका आधारमा प्रहरीले सन्दिग्धको खोजी गर्दै जादा आचार्यलाई जापानी समुद्र नजिकको निकाता भन्ने स्थानबाट पक्राउ गरिएको थियो।

अन्तिम सस्कारमा मृतक लक्ष्मीका श्रीमान धीरजले गहभरि आशु पार्दै परदेशको भूमिमा आफ्नै नेपाली दाजुभाईबाट अकल्पनीय घटना घटाईनु निन्दनीय रहेको बताए ।
इसेसाकी नगरको शवदाह गृहमा जापानको विभिन्न प्रान्त इबराकी,तोचिगी यामानासी,टोकियो,टोकियो तो योकोहामा र गुन्मा प्रान्तमा बसोबास गर्ने मृतक लक्ष्मीका नजिकका आफन्त नातेदार साथी भाई एबम गल्कोट समाज जापानका अध्यक्ष कालिका थापा, पदाधिकारीहरु, नेपाली साझा समाजका अध्यक्ष बुद्धी शेरचन तथा पदाधिकारी लगायत झण्डै १०० जना नेपालीको उपस्थितिमा मृतकप्रति श्रद्दाञ्जली अर्पण गर्दै अन्तिम बिदाई गरिएको गलकोट समाजका वरिष्ठ उपाध्यक्ष रत्नसिंह बस्नेतले जानकारी दिए।

अन्तिम सस्कार कार्यक्रममा संस्थाको तर्फबाट समवेदना प्रकट गर्दै गलकोट समाज जापानकी अध्यक्ष थापाले विदेशी भूमिमा आफ्नै नेपाली दाजुभाईबाट घटाईएको यस घटनालाई लिएर चिन्ता प्रकट गर्दै दोषीलाई कानूनी कठघरामा उभाएर हदैसम्मको सजाए हुनु पर्ने समेत माग गरिन। शोकसभा कार्यक्रम गल्कोट स्पोर्ट्स क्लव टोकियोका वरिष्ठ उपाध्यक्ष दुर्गा बहादुर खत्रीले संचालन गरेका थिए।

के भएको थियो त्यस रात
बुधबार राती लक्ष्मीका श्रीमान धिरज बिक्रम अधिकारी र उनका साथीहरू सहित सॅाझ रमाईलो गर्दै बसेकोको र विश्वास भनिने बिश्वराजले धीरजलाई बारम्बार फोन गरेका थिए तर साथीहरूले विश्वास आएपछि लफडा गर्ने भन्दै उनलाई नबोलाइएको बताईको छ ।
रातको करिब १० बजे पनि फेरी विश्वासले फोन गरे त्यो समयमा पनि कसैले फोन नउठाएपछि विश्वास सापकोटा थरका साथीकोमा गएको बुझिएको छ । सोहि बीचमा मृतक लक्ष्मीले पनि श्रीमान धीरजलाई २ पटक फोन गरेको कल डिटेलमा देखिएको बताईएको छ । सापकोटा थरका साथीले विश्वासको हातमा चक्कु घरबाट नै बोकी आएको पछि बताएका थिए । सापकोटा थरका साथीले करिब ११ बजे चक्कु सहित कम्बिनी जान्छु भनि निस्किएको र करिब ३० मिनेट पछि चक्कु भरी रगत र घाईते भई सापकोटाको घरमा नै फर्किएको, सापकोटाले के भयो यस्तो भन्दा लडाई भयो मेरो केटाहरुसग भनि गाडी लिएर निस्किएको बताईएको उनका साथीले जानकारी दिएका छन ।
राती ११ बजेपछि लक्ष्मी अधिकारी बस्ने कोठाबाट चिच्याएको एवं लडाई भएको ठुलो आवाज आएपछि नजिकका जापानिज छिमेकीले प्रहरीलाई खबर गरेका थिए । प्रहरीहरु लक्ष्मीको कोठामा आईपुग्दा लक्ष्मी अर्ध वेहोसीको अवस्थामा रगत पक्ष भएर लडेको अवस्थामा प्रहरीले उपचारका लागि हस्पिटल लगेकोमा हस्पिटलले लक्ष्मीको मृत्यु भईसकेको जानकारी दिएको थियो ।
लक्ष्मीको शरिरमा पछाडीबाट एक एवम अगाडीबाट धेरै पटक छुरा प्रहार भएको प्रहरीले जानकारी दिएको छ । लक्ष्मीको मृत्यु अत्याधिक रक्तस्रावका भएको बताईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like
Like Love Haha Wow Sad Angry