जापानको टोकियोमा नेपाल बिजिनेश सेमिनार-२०२२ सम्पन्न,नेपालमा लगानी गर्न उपयुक्त वातावरण रहेको सहभागी निष्कर्ष

-


     जनहित न्युज    
     मंसिर ४ गते २०७९


जापान नेपाल चेम्बर अफ कमर्श र नेपाल चेम्बर अफ कमर्श,टोकियोको आयोजनामा शुक्रबार ४० भन्दा बढी नेपालमा लगानी गर्न चाहने जापानीज कम्पनीहरुको सहभागितामा नेपाल बिजिनेस सेमिनार २०२२ सम्पन्न भएको छ ❘

जापानका लागि नेपाली राजदूत डा.दुर्गा बहादुर सुबेदीको प्रमुख अतिथ्यमा सम्पन्न भएको सो सेमिनारमा बिगत १२ बर्षदेखि जापानको बिभिन्न शहरहरुमा केन्द्रित रहेर नेपालमा बिदेशी लगानी भित्र्याउन यो सस्थाले जापानिज लगानीकर्ता हरुलाई संयोजन गरि रहेको छ❘

हाल सम्म जापानमा ७ वटा औपचारिक बिजिनेस सेमिनारहरु र ५० वटा भन्दा बढी अनौपचारिक बिजिनेससेमिनारहरु सम्पन्न गरको छ भने नेपाल जापान कूटनीतिक सम्बन्धको ६० औ बर्ष गाठको अबसरमा २०१६ मा काठमाडौँको भृकुटी मण्डपमा जापान बिसेष केन्द्रित गरेर ब्यापार मेला समेत सम्पन्न गरिसकेको छ ❘

सस्थाको अग्रसरतामा नेपालमा जापानको लगानी गर्ने र गराउने विषयमा केन्द्रित रहेर नेपालमा बैदेशिक लगानी भित्राउन सहजकर्ताको भूमिका निर्बाह पनि गरि रहेको छ ❘

शुक्रवार सम्पन्न सो कार्यकममा जापानका पूर्व मन्त्री तथा बर्तमान सांसद हिरोगुची हिरोसिको बिशेष उपस्थितिले नेपाल र जापानको यस्ता सिमिनारले दुई देशबीच आर्थिक बिकास गराई सकारात्मक परिणाम ल्याउन सक्नेमा बिश्वास समेत बढ़ेको र दुवै देश बीचको सम्बन्धमा अझ गाढा हुने विश्वास व्यक्त गरेका थिए ।

उक्त क्रममा जापान बाह्य व्यापार संगठन जेत्रोको उप-अध्यक्ष खाज़ुया नकाजोले नेपालसंग जापानको ब्यापार बढाउने र लगानी गर्ने अबसर हुनु भनेको दुवै देशको लागि अर्थपूर्ण हुने विचार ब्यक्त गरे❘

त्यस्तै जापान नेपाल सोसोईटीका अध्यक्ष एबम नेपालको लागि जापानको पूर्व राजदुत कोजिमा मिचुआकीले नेपालमा बिदेशी लगानी गरिनु राम्रो कुरा हो तर नेपाल जापान दुवै सरकारले लचिलो भएर एक आपसको लगानीलाई बढावा दिन आवश्यक रहेको बताए❘

कार्यक्रममा नेपाल च्याम्बर अफ क्रमसको अध्यक्ष राजेन्द्र मल्लले नेपालमा जापानको लगानीको लागि कम्पनि कम्पनि बीच र सरकार सरकार बीच जुन सुकै रुपमा गर्न तयार भएको र नेपालमा हाइड्रो पावर , मिनरल वाटर, पर्यटन, खनिज ,हर्ब्स , बैंकिंग, उद्योग लगायतमा लगानी गर्न आग्रह गरे ।

कार्यक्रममा विश्व बैंक,संयुक्त राष्ट्र खाद्य र कृषि संगठनमा पुर्ब कार्यरतअर्थशास्त्री डा.यानागीसिमा कोजी, इमाराकी बिश्वबिद्यालयको प्रोफेसरडा. नाकागावा मिचुहिरो र अन्तर्राष्ट्रिय अधिबक्ता डा.बलराम श्रेष्ठले अनुसन्धान  गरि तयार पारिएको नेपाल र जापान बीच आर्थिक लगानीको सम्भावना सोधपत्र प्रस्तुत गरिएको थियो भने टोक्यो कृषि बिश्वबिद्यालय को अनुसन्धान कर्ता डा.योगेन्द्र घर्ती मगरले नेपालमा आधुनिक कृषी व्यवसायमा जापानले लगानी गर्न सक्ने विषयमा शोधपत्र प्रस्तुत गरेका थिए ।

जापानको भूमि,पूर्वाधार ,यातायात तथा पर्यटन मन्त्री साइतो तेचुओले नेपाल बिजीनेस सेमिनारको सफलता र दुइ देशबीच आउदो दिनहरुमा अझ बढी प्रगाढ सम्बन्ध कायम रहोस भन्ने कामना गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथिको आसनबाट महामहिम डा.दुर्गा बहादुर सुबेदीले नेपालमा हाइड्रोपावर, पर्यटन ,शिक्षा,स्वास्थ ,बैंकिंग,सूचना जैबिक प्रबिधि,मिनरल वाटर लगायत बिबिध क्षेत्रमा लगानीको सम्भावना रहेको बताएका थिए ।

उनले जापानीज कम्पनीहरुले नेपालमा लगानी गर्नेलाई नेपाल सरकार तथा राजदुताबासले जुन सुकै तरिकाले सहयोग सहजपन ल्याउन सहयोग गर्ने र दुई देश बीच आर्थिक बिकाशमा टेवा पुर्याउन तत्पर रहेको प्रस्ट पारे ।

सस्थाको अध्यक्षता गर्दै ड़ा.बलराम श्रेष्ठले बिश्वशान्ति कायम गर्न आर्थिक सबलतालाई ध्यान दिनुपर्ने र हरेक लगानीकर्ताले कम्पनीमार्फत आर्थिक गति लाई गतिशील बनाउन सके रोजगार र आर्थिक समस्या समाधान हुदै जाने आर्थिक संवृद्धि भै समाज अनि राष्ट्र शान्त र सुसस्कृत बन्दै जाने हुनाले जापानको कम्पनीहरु लाइ नेपालमा लगानी गर्ने वातावरण सृजना गरिनु पर्नेमा जोड दिए ।

कार्यक्रममा नेपाली राजदुताबासको उप नियोग प्रमुख अम्बिका जोशीको पनि उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like
Like Love Haha Wow Sad Angry