८ अर्ब पुग्यो विश्वको जनसङ्ख्या

-


     जनहित न्युज    
     कार्तिक ३० गते २०७९


संयुक्त राष्ट्र संघले आज १५ नोभेम्बरदेखि विश्वको जनसंख्या आठ अर्ब पुगेकोे छ । यो प्रक्षेपण संयुक्त राष्ट्रसंघको विश्व जनसंख्या सम्भावना २०२२ प्रतिवेदनमा खुलासा गरिएको छ ।

यो प्रक्षेपण यसै वर्ष जुलाई ११ मा विश्व जनसङ्ख्या दिवसमा जारी गरिएको प्रतिवेदनमा खुलासा गरिएको थियो । तर, अनुमानित समयसीमा केही दिन मात्र बाँकी रहेकाले आज घोषणा गरिएको हो । सन् २०२३ मा भारतले चीनलाई विस्थापित गर्ने प्रतिवेदनमा उल्लेख छ ।

सन् २०१९ मा विश्वको औसत आयु ७२.८ वर्ष पुगेको थियो । सन् १९९० भन्दा यता औसत आयुमा करिब ९ वर्ष बढेको छ । सन् २०५० मा यो बढेर अनुमानित ७७.२ वर्ष पुग्ने बताइएको छ ।

राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुन्टारेसले उनले स्वास्थ्य क्षेत्रमा भएको द्रूत विकासले मानिसको आयुलाई बढाएको र मातृ तथा बाल मृत्युदरलाई घटाएको बताएका छन् । राष्ट्रसङ्घले ११ वर्षको अवधिमा विश्वको जनसङ्ख्या १ अर्ब नाघेको जनाएको छ।

बिसौँ शताब्दीको उत्तरार्द्धमा विश्वको जनसङ्ख्यामा ठूलो वृद्धि देखिएको थियो । राष्ट्र सङ्घले विश्वको जनसङ्ख्या ९ अर्ब पुग्नका लागि अब १५ वर्ष लाग्ने जनाएको छ । यसैगरी १० अर्ब जनसङ्ख्या सन् २०८० मात्रै पुग्ने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like
Like Love Haha Wow Sad Angry