वडा कार्यालयद्वारा फ्रन्टलाईनर पत्रकारलाई स्वास्थ्य सामाग्री प्रदान

-


     जनहित न्युज    
     असार ५ गते २०७८


वडा कार्यालयद्वारा फ्रन्टलाईनर पत्रकारलाई स्वास्थ्य सामाग्री प्रदान विश्वब्यापी महामारीको रुप लिएको कोरोना भाईरस कोभिड १९ को दोस्रो लहरले बिश्वनै आक्रान्त बनेको सन्दर्भमा गलकोट नगरपालिकाका नागरिक पनि प्रभावित बने । नागरिकको स्वास्थ्य उपचार र र कोरोना नियन्त्रणमा नगरपालिका देखि वडा कार्यालय, सामाजिक संघ सस्था सक्रिय बन्दै नियन्त्रणमा अग्रसरता देखाए ।

गलकोट नगरपालिकाले कोरोना अस्पताल निर्माण तथा ब्यवस्थापनमा सहयोग गर्न स्थानीयलाई सहकार्य गर्न आग्रह समेत ग¥यो । सामाजिक संघ सस्था सहयोगि व्यक्तीको सहयोगले कोरोना उपचार र रोकथाममा सहयोग पुगेको छ । नगरपालिकाले बिभिन्न वडामा पिसिआर र एन्टिजेन परिक्षण समेत संचालन गर्दा अग्रपङ्तीमा खटिएका स्वास्थ्यकर्मीको सेवा सुबिधा समेत नेपाल सरकारले तोके अनुसार थप गरि उत्साहित समेत बनाएको छ ।

कोरोना नियन्त्रणमा होम आईसोलेशन र आईसोलेशनमा रहेका नागरिकलाई स्वास्थ्य सामाग्री प्रदान गरि उपचारमा सहयोग पुगेकोले अव पूर्व तयारी स्वरुप जोखीममा रहेका नागरिकलाई स्वास्थ्य सामाग्री प्रदान गर्ने योजना बनाएको गलकोट नगरपालिका वडा नम्वर ८ का वडा अध्यक्ष राम प्रसाद कडेलले बताउनुभयो । कोरोनाको समयमा समेत निरन्तर संचारकर्ममा सर्मपित हुने पत्रकारलाई समेत जोखिम देखेकोेले हामीले स्वास्थ्य सामाग्री प्रदान गरेका हौं, वडा अध्यक्ष कडेंलले भन्नुभयो, स्थलगत रुपमा सूचना तथा समाचार सप्रेषण गर्ने पत्रकार स्वस्थ भएमा सहि सूचना पाउने भएकोले सामाग्र सहयोग गरेका हौं ।

आज गलकोटका पत्रकारलाई स्वास्थ्य सामग्री हस्तान्तर गदैं वडा अध्यक्ष कडेलले सहि सूचना, तथ्य पूर्ण समाचार सप्रेषणमा मदत्त पुगोस र कोरोनाको जोखिमबाट बच्न पूर्व सर्तकता अपनाउदै निरन्तर संचारकर्ममा समर्पित हुन आग्रह समेत गर्नुभयो । उहाँले हेल्थ एडभान्स प्रोग्राम ईन साउथ एसिया नेपाल हेप्समार्फत गलकोट नगरपालिका वडा नम्वर ८ मा २ थान कन्सन्टे«टर होम आईसोलेशनको लागी महत्वपूर्ण स्वास्थ्य सामाग्रीहरु सामाबेश गरिएको कम्बो ब्याग १ सय थान उपलब्ध गराएको बताउनुभयो ।

कडेंलका अनुसार कम्बो ब्याग गलकोट नगरपालिकाको वडा नम्वर् ८ मा कोरोना कारण होम आईसोेलेशनमा रहेका ३२ जना, गलकोट नगरपालिका वडा नम्वर ९ लाई १० ओटा र अग्रपङ्तीमा खटिएका स्वास्थ्यकर्मी र पत्रकार दिर्घरोगी लाई प्रदान गरिएको हो । कोरोनाको बिभिन्न लहर क्रमश भित्रीएकोले ५० ओटा कम्वो ब्याग तेस्रो लहर नियन्त्रणकोलागी प्रयोग गर्ने वडा कार्यालयले जनाएको छ । कोरोना माहामारीको समयमा आफ्नो मेहनत र परिश्रमको केही अंश सहयोग गरि स्वास्थ्य सामाग्री उपलब्ध गराएको भन्दै हेल्थ एडभान्स प्रोग्राम ईन साउथ एसिया नेपाल र हेप्स नेपालका सस्थापक अमेरिकामा कार्यरत डाक्टर राम खरेल, जर्मनमा कार्यरत अमन भट्टराई तथा समन्वय गर्ने हाल चाईनामा ब्यवसाय संचालन गरिरहनुभएका गलकोट नगरपालिका वडा नम्वर ८ को शिव माद्यामिक बिद्यालयका ब्यबस्थापन समिति अध्यक्ष तथा पुर्ब शिक्षक नरेन्द्र कडेंल प्रति आभार समेत ब्यक्त गर्नुभयो । उहाँले महामारी नियन्त्रणमा प्रवासी नागरिकले गरेको सहायोगले ठुलो सहयोग पुगेको समेत बताउनुभयो ।

आज सामुदायिक रेडियो गलकोट १०२ थोप्लो ४ मेगाहर्ज र ९२ थोप्लो ४ मेगाहर्जका स्टेशन प्रमुख तथा सामुदायिक रेडियो प्रसारक संघ अकोराब गण्डकी प्रदेश सदस्य घनश्याम गौतम र नेपाल पत्रकार महासंघका गण्डकी प्रदेश पार्षद थम्मन थापालाई अक्सीमिटर, थर्ममिटर, माक्स सेनिटाईजर, सिटामोल लगाएतका औषधीहरु गरि करिब ४ हजार बराबरको स्वास्थ्य समाग्री प्रदान गरिएको थियो । सामाग्री ग्रहण गदैं पत्रकार गौतमले स्वास्थ्य सामाग्री प्रदान गर्ने वडा कार्यालय र सहयोगदाता हेप्स नेपाल प्रति आभार ब्यक्त गर्नुभयो ।

उहाँले समाजमा भएका हरेक बिषय संगैं महामारीको बिषयमा समाचार रिपोटिङ गर्ने पत्रकारको स्वास्थ्यबारे साबधानी अपनाउन गर्नुभएको सजगताले थप उत्साहित बनाएको बताउनुभयो । त्यस्तै पत्रकार थापाले वडा कार्यालयले कोरोना नियन्त्रण र रोकथाममा संचारकर्मप्रति थप उत्साहित भएर काम गर्ने वातावरण निर्माण गरेको भन्दै धन्यवाद ज्ञापन गर्नुभयो । गलकोट क्षेत्रमा संक्रिय रुपमा फ्रन्टलाईनमा खटिएर पत्रकारिता गरिरहनुभएका अन्य पत्रकारहरुलाई समेत स्वास्थ्य सामाग्री प्रदान गरिने वडा कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?