ओलीको गल्तीले देश दुर्घटनाको बाटोमा गएको हो : मन्त्री पौडेल

-


     घनश्याम गौतम    
     कार्तिक ३० गते २०७९


शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले ओलीका मुख्य ४ गल्तीले देश दुर्घटनाको बाटोमा गएको बताएका छन् ।
गलकोटमा भएको घरदैलो तथा कोण सभा कार्यक्रमलाई सम्बोधन गर्दै पौडेलले केपी ओलीको जंगवहादुर प्रबृति विरुद्ध ५ दलीय गठबन्धन भएको बताए ।

ओलीले संविधान मर्म विपरित दुई-दुई पटक जनप्रतिनिधिको सर्वोच्च थलो संसद विघठन गर्ने, आफ्नै नेतृत्वको नेकपा फुटाउने, न्यायलयमाथि हस्तक्षेप गर्ने र राष्ट्रपति पदको दूरुपयोग गरी संविधान कुल्चने लगायतका काम गरेको उनले आरोप लगाए ।
ओलीले न्यायलयमाथि गरेको हस्तक्षेपकारी भूमिकाले न्यायालय अझै गतिमा आउन नसकेको बताउउदैं ओलीको अर्कमन्यता तथा प्रतिगमनका बिरुद्ध गठबन्धन भएको बताए ।
शिक्षा मन्त्री भएको बेला जिल्लामा विद्यालयको पूर्वाधार निर्माणका लागि अरबौं रकम भित्र्याएको पौडेलको दावी छ । पौडेलले जनताको मौलिक हकसँग सम्बन्धित ३३ वटा कानुन निर्माण गरेको बताउँदै कार्यान्यन हुने चरणमा रहेको बताए ।
५ वर्षको अवधिमा सबैको घर बस्तीमा जान नपाएपनि जनताकै पक्षमा काम गरिरहेको दाबी गरे । संविधान सभा सदस्य नरबहादुर पुन निरजले अहिलेको गठबन्धन ५ वर्षसम्म रहने बताउदैं राष्ट्रियता र संविधाको रक्षाका लागि साझा गठबन्धनका उम्मेदवारलाई जिताउनुपर्ने भन्दै टोलटोलबाट लाग्न आग्रह गरे । गण्डकी प्रदेश सभा सदस्य उम्मेवदार जीतबहादुर शेरचनले देशको व्यापार घाटा ८७ प्रतिशत रहेको बताउँदै लयमा ल्याउन गठबन्धनले अपरिहार्य जित्नुपर्ने बताए । उनले गएको ५ बर्षमा देखिएका गल्ती कमजोरीलाई अब नदोहोर्याउने प्रतिबद्धता जनाउदैं राजनीति गरिबको जीवनस्तर उकास्न गर्ने समय आएको बताए । उनले विजयी भएपछि जनताको मतको कदर गर्ने प्रतिबद्धता समेत जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like
Like Love Haha Wow Sad Angry