छायाङ्कन र द्वन्द्वको पक्षबाट प्रशंसा बटुलिरहेको फिल्म ‘लाखे’ नोभेम्बर २७ मा जापानको फुनाबाशीमा प्रदर्शन हुदै

-


     जनहित न्युज    
     कार्तिक २८ गते २०७९


नेपाली कथानक चलचित्र ‘लाखे’ को फुनाबाशी शो नोभेम्बर २७ तारिक (आइतबार) जापानको चिबाको फुनाबाशी हलमा प्रदर्शन हुने भएको छ ।
टुकी इण्टरटेनमेण्टको व्यवस्थापनमा प्रदर्शन हुन लागेको ‘लाखे’ को छायाङ्कन र द्वन्द्वको पक्षबाट प्रशंसा बटुलिरहेको फिल्मलाई सम्राट बस्नेतले निर्देशन गरेका हुन् ।
चलचित्रमा सौगात मल्ल, अनुप बिक्रम शाही, अर्पण थापा, आर्यन अधिकारी, वर्षा राउत, रोहित रुम्बा, संजोग राणा, सुशील सिटौला, प्रशान्त ताम्राकारलगायत कलाकार मुख्य भूमिकामा छन् । सिजन अर्यालको कथा तथा निर्माण रहेको चलचित्रको निर्माता डिपी भण्डारी र गणेश मल्ल ठकुरी हुन् । कार्यकारी निर्माता हरि मल्ल ठकुरी हुन् ।
सुजन प्रजापतिको छायांकन, कविराज गहतराजको कोरियोग्राफी, सम्राट बस्नेतको द्वन्द्व निर्देशन रहेको चलचित्रमा अर्जुन जिसीको सम्पादन, आकाश बरालको पटकथा, अनुप न्यौपाने र आकाश बरालको संवाद रहेको छ ।
सम्राट बस्नेतको निर्देशक रहेको ‘लाखे’ मल्टिस्टार कलाकारले भरिएको फिल्म हो । ग्लोबल मिडिया एण्ड रिसर्च सेन्टर तथा औरियन प्रोडक्सनको ब्यानरमा निर्माण भइरहेको फिल्मका निर्माता सिजन अर्याल हुन् ।
कथासमेत निर्माता अर्यालकै रहेको फिल्मको गणेश मल्ल ठकुरी (जीएम) प्रस्तुतकर्ता र हरि मल्ल ठकुरी कार्यकारी निर्माता हुन् ।
के छ त ‘लाखे’को कथावस्तु
सिजन अर्यालले तयार गरेको कथा बदलाको भावमा छ ।
समीर महर्जन (सौगात) एक बैंकमा म्यानेजर हुँदा बैंकिङ कसुरमा फसाइन्छ । त्यसले उनको श्रीमती सीमा (वर्षा) र छोरी सिमरन (सिस्टम)सँग अलग बनाउँछ । जेलमा समीरको भेट रकी (आर्यन) र मेटल (अनुप)सँग हुन्छ । त्यहीँबाट बैंक लुटेर आफूलाई फसाइएको बदला लिने योजना समीरले बनाए । यी दुईसँगै उनले ह्याकर प्रिन्स (सुशील) र अप्पा (रोहित)सँग बैंक लुटेर त्यहाँको पैसा एक जङ्गलमा लगेर काठमा लुकाउछन् ।
नेपाल प्रहरीले यो अपराधी समाउन नसकेपछि सीआईबीका मनोज भण्डारी (अर्पण)लाई केस आउँछ । जनक अग्रवाल (प्रशान्त) को बैंकबाट लुटेको पैसा अचानक राखिएको ठाउँबाट हराउँछ । साथै, अप्पा पनि गायब भएपछि समीरले बुनेको योजनामा विभिन्न कठिनाइ आउँछ ।
के पैसा मनोजले लुकाए? उनी जनककै सहयोगी हो ? वा समीरले नै नयाँ योजना बनाएका हुन् ? लाखेसँग फिल्मको कथा कसरी जोडिएको छ ? यी सब प्रश्नको जवाफ फिल्म हेर्दा नै पाइन्छ ।
विशेषतः फिल्मको क्लाइमेक्स चर्चा भएको छ । हिमाली सुन्दरताको क्लाइमेक्स मनोरन्जक रहेको अभिनेता विनय श्रेष्ठले बताए । “फिल्म मेकिङमा निकै मेहनत गरिएको छ । सबै आ-आफ्नो भूमिकामा फिट छन”, विशेष शोमा फिल्म हेर्न आएका अभिनेता श्रेष्ठले भने, “यो प्रकारको द्वन्द्व कमै नेपाली फिल्ममा देख्न पाइन्छ । किनकि हामीलाई बजेट र प्रविधिले सहयोग गर्दैन ।”
फिल्म ‘लाखे’ का निर्देशक बस्नेतले आफू द्वन्द्व निर्देशक समेत रहेकाले यसमा प्रयास गरेको बताए । “विदेशी फिल्मको एक्सनमा लोभिने दर्शकलाई नेपाली प्रविधिबाटै केही देखाउन खोजेको छु । उहाँहरूको आकर्षण बढेमा हामीले मेकिङ अझैँ खर्च गर्न सक्छौँ”, निर्देशक बस्नेतले भने ।
करिब रु तीन करोड लगानीमा फिल्ममा सुसन प्रजापतिको छायाङ्कन, कविराज गहतराजको कोरियोग्राफी, अर्जुन जिसीको सम्पादन, आकाश बरालको पटकथा, अनुप न्यौपाने र आकाश बरालको संवाद लेखन छ । फिल्म नेपालभरका हलमा कात्तिक १८ देखि प्रदर्शन भइरहेको छ ।
फुनाबाशी शो प्रदर्शनको लागि विस्तृत जानकारी

चिबाको फ़ुनाबाशीमा नोवेम्बर २७ तारीक आईतवार को दिन नयाँ नेपाली एक्शन रहित कथानक चलचित्र” लाखे ” हेर्न फुनाबाशी हलमा चुले निम्तो छ है सबै जनालाई
टिकट को लागि टुकी रेष्टुरेण्टमा सम्पर्क गर्नु होला
VENUE:: FUNABASHI CIVIC CULTURAL HALL
273-0005千葉県船橋市本町2丁目2-5
Door open: 18:00
Movie start: 6:30
CONTACT NO:
SURAJ KC : 09080879967
SAROJ GIRI :07014797399
ARJUN HAMAL:08095536220
PARIBARTAN REGMI : 08079474884
RAMU NEUPANE (SERE): 07024241069
Ticket available here in tuki restaurant

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like
Like Love Haha Wow Sad Angry