समावेशी,संघीयता, महिला अधिकार लगायत गाउ गाउ सिंहदरबार पुर्याउने माओवादी भएको भन्दै कलाकारले मागे माओवादीलाई भोट (भिडियो सहित)

-


     जनहित न्युज    
     कार्तिक २४ गते २०७९


आगामी पाँच वर्षका लागि देशको शासन सत्ता संचालन गर्न नेतृत्व चयनका लागि आगामी मंसिर ४ मा हुन लागेको आम निर्वाचनमा कलाकारहरूले चर्चित कलाकार सुनिता बुढा र सुकदेव अधिकारीले ‘हँसिया र हथौडामा भोट हाल्न नभुले’ भन्दै माओवादीलाई भोट मागेका छन ।

नेपाली जनप्रगतिशील मंच जापान क्षेत्रीय समिति कान्साइको प्रस्तुति रहेको ‘माओवादीलाई जिताउन गाउ जान्छु’ नामक चुनावी गीति एल्वममार्फत कलाकार बुढ़ा र अधिकारीले भनेका छन- “अल्लों घरको साहिली माहिली पल्लो घरको ठुले, हँसिया र हथौडामा भोट हाल्न नभुले’

जापानमा रहेर सफल व्यावसायी तथा सक्रिय सामाजिक अभियन्ताको छवि बनाएका दिलिप कंडेलको संगीत तथा शब्दमा रहेको सो एल्बममार्फत नेपालको शासन व्यवस्था परिवर्तन गर्न त दलित,महिला जनजातीको अधिकारका लागि खास सारथि माओवादी र त्यसको नेतृत्व प्रचण्ड रहेकोले आगामी निर्वाचनमार्फत जसको नीति उसैको नेतृत्व गर्न माओवादीलाई मतदान गर्न आग्रह गर्दै भनिएको छ- ‘देशकै लागि दशवर्षे युद्द लडी आए, दलित महिला निमुखा सबले अधिकार पाए’
व्यवस्थाको परिवर्तनका लागि माओवादीले खेलेको भूमिकालाई स्मरण गर्दै अब जनताको अवस्था परिवर्तनका लागि पनि मुलुकलाई माओवादीकै नेतृत्व आवश्यकता र अपरिहार्य रहेको औलयाऊदै गीतमा भनिएको छ -‘प्रचण्डको नेतृत्वमा फेरियो व्यवस्था, अब छिट्टै फेरिने छ जनताको अवस्था’
माओवादीले कुरामा भन्दा बढि काममा गरेर दहकायें भएकोले गाऊँ गाउ रहेका सबैलाई माओवादीको चुनाव चिन्हमा झ्याप्पै स्वस्तिक छाप लगाउन पनि भनिएको छ र बिर्सेर पनि अरुलाई भोट नहाल्ने प्राण गरिएको छ ‘विकास गर्छ माओवादीले देखाऊदैन चटक, बिर्सेर नि अरुलाई भोट हालदिन यस पटक’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like
Like Love Haha Wow Sad Angry