जापानले २०३० सम्म तीव्र गतिसहितको हाइपरसोनिक मिसाइल तैनाथ गर्ने

-


     जनहित न्युज    
     कार्तिक १७ गते २०७९


People moves past a tv screen showing the news report about North Korea's recent missile launches near Japan Thursday, Nov. 3, 2022, in Tokyo. North Korea added to its barrage of recent weapons tests on Thursday, firing at least three missiles including an intercontinental ballistic missile that forced the Japanese government to issue evacuation alerts and temporarily halt trains. (AP Photo/Shuji Kajiyama)

जापानको रक्षा मन्त्रालयले २०३० सम्ममा हाइपरसोनिक क्षेप्यास्त्रहरू तैनाथ गर्ने र प्रतिआक्रमण क्षमतालाई बढाएर प्रतिरक्षा प्रणालीलाई बढावा दिने योजना बनाईरहेको बताईएको छ ।
युक्रेनमा रूसको आक्रमणले विश्वव्यापी सुरक्षा वातावरण मा चुनौती थपिएको,उत्तर कोरियाको क्षेप्यास्त्र प्रक्षेपण श्रृंखलाबद्द रूपमा गरिरहेको र चीनको सैन्य रणनीतिले जापानमाथि खतरा देखिरहेको भन्दै मन्त्रालयले प्रतिआक्रमण क्षमताहरू खोजिरहेको निक्केइ दैनिकले आफ्नो रिपोर्टमा उल्लेख गरेको छ।
हाइपरसोनिक मिसाइलहरू आवाजको गतिभन्दा पनि कम्तीमा पाँच गुणा छिटो र जटिल प्रक्षेपणमा उड्न सक्ने र यसलाई रोक्न समेत गाह्रो हुने रिपोर्टमा उल्लेख गरिएको छ ।
जापानले वर्षको अन्त्यसम्ममा आफ्नो राष्ट्रिय सुरक्षा रणनीति र अन्य प्रमुख प्रतिरक्षा कागजातहरू परिमार्जन गर्ने समेत योजना बनाएको छ।
जापानले अमेरिकामा निर्मित टोमाहकमार्फत तीन राज्यमा लामो दुरीका क्षेप्यास्त्रहरू तैनाथ गर्ने र प्रतिआक्रमण क्षमता बढाउने पहिलो कदमको रूपमा कार्य गरिन लागिएको रिपोर्टमा भनिएको छ ।
जापानले दोस्रो चरणको लागि टाईप-१२ अन्तरगत सतहबाट-जहाजसम्मका क्षेप्यास्त्रहरू स्तरवृद्धि गरि यसको दायरा हालको २०० किलोमिटरदेखि १,००० किलोमिटरसम्म विस्तार गर्न सक्ने निक्केइको रिपोर्टमा उल्लेख छ।
हाइपरसोनिक मिसाइल अपनाउन भने तेस्रो चरणसम्म कुरनु पर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like
Like Love Haha Wow Sad Angry