हरेक नेपालीले आफ़नो अमूल्य मत प्रदान गरि प्रचण्डलाई देशको नेतृत्व सुम्पन कलाकार बद्री पंगेनी र स्मिताको आग्रह

- नेपाली जनप्रगतिशील मंच जापानको प्रस्तुति रहेको ‘ अघि अघि प्रचण्ड’ नामक गीति एल्बम

-


     जनहित न्युज    
     कार्तिक १५ गते २०७९


नेपालमा आमनिर्वाचनले छपक्कै छाएको छ । आफ्ना आफ्ना मन पर्ने दलका नारा र गीतहरू गुन्जिएर माहौलले नै नया रौनक थपिरहेको बेला नेपाली लोकसंगीतका चर्चित गायक बद्री पंगेनीले ‘हँसिया र हथौड़ामा अमूल्य मत हाली, समृद्धिको पथमा हिडौ सारा नेपाली’ भन्दै आम नेपालीलाई गीतमार्फत आह्वान गरेका छन ।
नेपाली जनप्रगतिशील मंच जापानको प्रस्तुति रहेको ‘ अघि अघि प्रचण्ड’ नामक गीति एल्बममार्फत हँसिया हथौड़ामा हरेक नेपालीले आफ़नो अमूल्य मत प्रदान गरि प्रचण्डलाई देशको नेतृत्व सुम्पन गीतमार्फत यसरी आग्रह गरेका छन – ‘हँसिया र हथौड़ामा अमूल्य मत हालौ, प्रचण्ड कै नेतृत्वमा अब विकास थालौ’ ।
पंगेनीसंगै स्वरमा साथ दिएकी स्मिता दाहालले ‘प्रचण्डको नीति मान्दै देश यहाँ आको, जनतालाई नेतृत्व मै देख्न मन लाको’ भनेर अबको केहि वर्षको लागि देशलाई प्रचण्डको नेतृत्वको आवश्यकता रहेको पुष्टि गर्ने प्रयास गरेकी छन ।
आसन्न निर्वाचनलाई लक्षित गर्दै तयार पारिएका विभिन्न निर्वाचनका प्रचारात्मक गीतहरूमध्य ‘ अघि अघि प्रचण्ड’ नामक गीति एल्बमले अबका दिनमा नेपाल नेपालीको लागि एक कुशल नेतृत्वको आवश्यकता छ देशका लागि त्यो नेतृत्व अबको निर्वाचनबाट प्रचण्ड नै उपयुक्त हो भन्ने जनमानसमा बुझाउनका लागि एल्बम प्रकाशित गरिएको नेपाली जनप्रगतिशील मंच जापानका अध्यक्ष भवानी पन्तले बताए ।
नेपाली राजनीतिलाई अहिलेको अवस्थासम्म ल्याइ पुर्याउन वृहत शान्ति समझौतामा हस्ताक्षर गिरिजाप्रसाद कोईराला र प्रचण्ड मध्यका एक जीवित पात्र समेत प्रचण्ड रहेकोले नेपालको राजनीतिमा सबैलाई समेटेर ल्यैजान सक्ने एकमात्र व्यक्ति पनि उनै रहेको दाबी गीतमा यसरी गरिएको छ – ‘वृहत शान्ति समझौताको जिउदो हस्ताक्षर,प्रचण्डले लान सक्छन सबलाई समेटेर’

प्रवासमा रहेका नेपालीले पनि नेपालको राजनीति र समाजलाई आफ़नो क्षेत्र र ठाउबाट सकेको योगदान पुराउनु पर्ने ध्यय राखी मंचले आसन्न निर्वाचन लक्षित गरि प्रचारात्मक पोस्टर सामग्रीसहित यो श्रव्यदृश्य सामग्री तयार पारिएको अध्यक्ष पन्तले बताए ।
प्रकाशित गीति एल्बमको लागि अध्यक्ष पन्त सहित आरके शर्मा र लोक दाहालले आवश्यक आर्थिक व्यवस्थापन गरेका छन । एल्बमको भिडियोतर्फ चर्चित मोडल करिश्मा ढकाल, लोमश शर्मा, चेतन गोतामेसहितको टिम रहेको छ भने शब्द ENB को र निर्देशन मौसम हिमालीको रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like
Like Love Haha Wow Sad Angry
3