अध्ययनका लागि आएका लुशुन चालिसे बने जापानको नागोया सेन्ट्रल हस्पिटलको प्रमुख सर्जन

- नया प्रविधिबाट गरिसके हजारौं बिरामीको टाउकोको अप्रेशन

-


     कविकिरण न्यौपाने    
     कार्तिक १४ गते २०७९


नेपालमा मात्र होइन, विदेशमा पनि नेपाली डाक्टरहरूको गुनगान हुने गर्छ । कतिपयले डाक्टरलाई भगवानको रूप पनि भन्ने गर्छन् । विश्वकै विकसित देश मध्ये पर्ने जापानमा पनि नेपाली डाक्टरको चर्चा चल्ने गरेको छ ।
जापानमा अहिले ५ जना नेपाली डाक्टरहरूले जापानका विभिन्न अस्पतालहरूमा सेवा प्रदान गरिरहेका छन् । जसमध्ये जापानको टोकियो र चिवामा मा ३ जना, आईजूमा १ जना र नागोयामा १ जना रहेको बताइएको छ ।
डाक्टरी पेसा एक संवेदनशील पेसा पनि हो । त्यसमा पनि टाउकोको डाक्टर भई अप्रेसन गर्नु झनै संवेदनशील काम हो । जापानमा डाक्टर बनेर हजारौँ बिरामीको सफल अप्रेसन गरी सकेका डाक्टर लुशुन चालिसे यतिबेला जापानमा डाक्टरी पेसामा रही सेवा गरिरहेका छन् ।

सुरुमा २००२ मा अध्ययनका लागि जापानीज दूतावासको छात्रवृत्तिमा जापान अध्ययनका लागि आएका चालिसेले एक वर्ष जापानीज भाषा अध्ययन गरे पश्चात् २००९ मा डाक्टर अफ मेडिसिन,ओसाका युनिभर्सिटीको फ्याकल्टी अफ मेडिसिन जापानबाट पूरा गरे । २०१५ मा बोर्ड सर्टिफाइड स्पेसलिस्ट इन न्युरोसर्जरी (जापान न्युरोसर्जिकल सोसाइटी) पुरा गरी सन २०१८ मा विद्यावारिधि (पीएएचडी) न्युरो-अन्कोलोजी (नागोया युनिभर्सिटी, जापान) बाट गरेका थिए ।
नेपालको ललितपुरमा स्थायी बसोबास भएका चालिसेको प्रारम्भिक शिक्षा एवम् प्रवेशिका (एसएलसी) महेन्द्र आदर्श विद्याश्रम, सेन्ट जाभियर्स स्कुल ललितपुरबाट भएको हो । उनले आई एस्सी पनि सेन्ट जाभियर्स कलेज ललितपुर बाट गरेका थिए ।
२०१४ देखि हाल सम्मको चिकित्सा प्रविधिले निको पार्न नसकिने भनिएको ब्रेन क्यान्सरको नयाँ उपचार पद्धतिमा अनुसन्धान गर्दै टोकियो विश्वविद्यालयमा गरिएको ‘जी फोर्टी सेवेन डेल्टा नामक क्यान्सर निर्मूल पार्ने अन्कोलोटिक भाइरस थेरापीको ब्रेन ट्युमरमा गरिएको क्लिनिकल ट्रायल’ अनुसन्धानमा आबद्ध भई काम गरी उनीसहितको टिमको सफल अनुसन्धानले म्यालिग्नन्ट ब्रेन ट्युमरको नयाँ थेरापीद्वारा जापानमा उपचार गर्ने प्रविधि भित्राएको बताइएको छ ।

गत वर्ष २०२१ मा जापानमा आम रूपमा प्रयोग हुन स्वीकृत तो नया प्रविधिले मस्तिष्कको क्यान्सरको लागि संसारमै दसकौँ पछिको नौलो प्रविधिको रूपमा लिइएको बताईएको छ ।
चालिसे २०१८ बाट उपप्राध्यापकको रूपमा (टोक्यो युनिभर्सिटी, जापान) फ्याकल्टी एट् द एड्वान्सड् क्लिनिकल रिसर्च सेन्टर, डिविजन अफ इन्नोवेटिव क्यान्सर थेरापी, इन्सिटिच्युट अभ मेडिकल साइन्स अफ द युनिभर्सिटी अफ टोक्यो (IMSUT) न्युरोसर्जन भै IMSUT Hospital, टोक्यो काम गरेको बताउँछन् ।

दृढ इच्छा शक्ति तथा मेहनतले आफू यहाँसम्म आई पुगेको बताउने चालिसेले २०१८ सम्ममा हजार भन्दा बढी सफल अप्रेसन गरी सकेका छन । जापानका विभिन्न अस्पतालहरूमा काम गरी सकेका उनले २०२० बाट भने कन्सल्ट्यान्ट न्युरोसर्जनका रूपमा नागोया सेन्ट्रल हस्पिटलमा कार्यरत छन् ।
उक्त अस्पतालमा मस्तिष्क र स्नायुको विशेषज्ञ डाक्टर चालिसे मात्र रहेको अस्पताल स्रोतले जनाएको छ । उनले विशेष गरी ब्रेन ट्युमर तथा न्युरोवास्कुलर सर्जरी गर्ने गर्छन् । उनी नागोया सेन्ट्रल हस्पिटल को प्रमुख सर्जन समेत हुन् । त्यसबाहेक पर्किन्सोन रोग, हात या मुन्टो बौडिने Dystonia , हात काप्ने Tremor हरूको सर्जरी पनि उनले गर्ने गर्दछन ।


बिरामीसंग कुरा गर्दै मस्तिष्कको अप्रेसन गर्ने Awake Surgery मा समेत चालिसे निपूर्ण छन् ।यो हस्पिटलमा जापानका विभिन्न हस्पिटलहरूबाट टाउको बिरामीहरू रिफर गरि बढी आउने उनले बताए । जापानमा दिनानुदिन नेपालीहरूको सङ्ख्या बढी रहेको अवस्थामा नेपालीहरूलाई स्वास्थ्य समस्या आए आफूलाई सम्पर्क गर्न सक्ने उनको आग्रह छ । उनले नेपालमा पनि टेलिमेडिसिनको माध्यमबाट बेला-बेलामा आवश्यक परामर्श दिने गरेका छन।
डाक्टर लुशुन चालिसे आफ्नो कार्यको कारण धेरै पुरस्कारबाट पुरस्कृत तथा अभिनन्दित समेत भएका छन् । उनले MEXT छात्रवृत्ति जापानको शिक्षा मन्त्रालयबाट र सुगिता छात्रवृत्ति, नागोया युनिभर्सिटीबाट प्राप्त गरेका थिए । त्यस्तै Ken’s Award (JNEF) र नोबेल थेरापी टु क्योर अफ म्यालिग्नन्ट ब्रेन ट्युमरको खोज विकास र अनुसन्धानका लागि जापान सोसाइटी फर प्रोमोसन अफ साइन्स २०१९ द्वारा अभिनन्दित समेत भएका थिए ।

उनका ३० पीअर रिविउड साइन्टिफिक आर्टिकल्स इन न्युरोसर्जरी एण्ड क्यान्सर रिलेइटेड रिसर्च ३०० साइटेसन ,बुक च्याप्टर अन सर्जरी ‘न्युरोसर्जरी रेसिडेन्ट्ज म्यानुअल इगाकु सोइन जापान, साइन्टिफिक प्र्पर प्रिजन्‌टेसन्‌‌स, टक्स एयाण्ड सेसन चेयर इन सेवरल न्यासनल एण्ड इन्टरन्यासनल कन्फेरेन्सेज, इङ्लिस एडिटर फर द जापनिज न्युरोसर्जरी जर्नललगायत अनुसन्धानात्मक कृतिहरू प्रकाशित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like
Like Love Haha Wow Sad Angry
11