गलकोट समाज जापान क्षेत्रीय समिति कान्साइको छैठौ अधिवेशन जुलाई १४ मा हुने

-


     जनहित न्युज    
     असार २८ गते २०७९


जापानमा क्रियाशील गलकोट समाज जापान अन्तरगतको क्षेत्रीय समिति कान्साइको छेठौ अधिवेशनको जुलाई १४ तारिक हुने भएको छ ।
जुलाई १४ को लागि तय भएको कान्साइ क्षेत्रीय समितिको अधिवेशन ओसाकामा रहेको जिग्री दोहोरी साँझमा हुने र त्यसका लागि आवश्यक सम्पूर्ण तयारी पुरा भएको अध्यक्ष प्रकाश गैरेले जानकारी दिए ।
कान्साइ क्षेत्रीय समितिको अधिवेशन सम्पन्न गर्न ज़िम्मेवारी प्राप्त गरेका गलकोट समाजका उपाध्यक्ष सुमित खत्रीले एक सूचना जारी गर्दै जुलाई १४ तारिक बिहिबारका हुने गल्कोट समाज कान्साईको छैठौ अधिवेशनमा कान्साईबासी गल्कोटेहरुलाई ऊपस्थित भएर सफल पारीदिनुका लागि अनुरोध अनुरोध समेत गरेका छन ।
कार्यक्रम हुने स्थानको नाभीको लागि 大阪府大阪市中央区久太郎町2丁目3-8 2 अर्थात् Chome-3-8 Kyutaromachi, Chuo Ward, Osaka र सम्पर्क फोन नम्बर 06-6261-5060 रहेको बताईएको छ ।

समाजको क्षेत्रीय समितिमा रहेर काम गर्ने ईच्छुक गलकोटे व्यक्तिहरूले निर्वाचन कमिटिमा सम्पर्क गर्नका लागि समेत सार्वजनिक रूपमै आह्वान गरिएको छ ।

सन २००६ मा बाग्लुङ जिल्लाको गल्कोट क्षेत्रबाट जापान आई गलकोटेहरूका बिचमा भ्रातृत्वको विकास गरि जन्मभूमिप्रति सत्भाव व्यक्त गर्दै सामाजिक सेवाका क्षेत्रमा योगदान पुर्याउने उद्देश्यले स्थापना गरिएको समाजको छेठौ अधिवेशनको लागि क्षेत्रीय समितिका अधिवेशनहरू गर्न लागिएको हो । समाजको केन्द्रीय समितिको अधिवेशन २०२२ सेप्टेम्बर महिनाको ७ तारिक भित्रमा गरिसक्नुपर्ने निर्णय समेत गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?