निलुवा समाज जापानद्वारा गलकोट चमुवाका ब्रेन ट्युमर पीडित नेपालीलाई आर्थिक सहयोग

-


     जनहित न्युज    
     कार्तिक १ गते २०७९


निलुवा समाज जापानले बाग्लुङ जिल्ला गलकोट नगरपालिका ४ चमुवा भयरखर्क निवासी ब्रेन ट्युमर पीडित रेजिना नेपालीलाई आर्थिक रकम सहयोग गरेको छ ।

गलकोट नगरपालिका वडा नम्वर ४ भयरखर्क निवासी राजु नेपालीको छोरी रेजिना नेपाली बिगत ५ महिना देखि ब्रेन ट्युमर रोगबाट पिडित भै उपचार गराइरहेको र उपचार गर्दा धेरै रकम लाग्ने र परिवारको समेत आर्थिक अवस्था कमजोर रहेका कारण उपचारमा सहयोग होस भन्ने उदेश्यले जापानमा स्थापना गरिएको सामाजिक सस्था निलुवा समाज जापानले नगद रु ५५ हजार रुपैयाँ पीडित कै घरमा गई निलुवा समाज चमुवा जापानका प्रवत्ता दिपक सुवेदी विप्लव, निलुवा पर्यटकिय क्षेत्र पर्वद्वन केन्द्रका कोषाध्यक्ष विकास सुवेदी लगायतले सहयोग रकम हस्तान्तरण गरेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like
Like Love Haha Wow Sad Angry