गलकोटमा ‘सस्तो बजार’

-


     जनहित न्युज    
     असाेज २६ गते २०७९


गलकोटमा सस्तो बजार संचालनमा आउने भएको छ । गलकोट खेलकुद तथा साँस्कृतिक महोत्सवको अवसरमा सस्तो बजार संचालन गर्ने आयोजकले जनाएको छ ।

ड्रिम टिम गलकोटले आयोजना गरेको गलकोट महोत्सवको अवसरमा खेलकुद तथा सस्कृतिको प्रव्रर्दन संगैं सस्तो बजार संचालन गरि ब्यापारको प्रर्वदन गर्न सस्तो बजार संचालन गर्न लागिएको महोत्सवका मुल समारोह समितिका संयोजक होम थापाले जानकारी दिनुभयो ।

असोज २८ गते देखि गलकोटको मजुवा फाँटमा सञ्चालन हुने दोस्रो गलकोट खेलकुद तथा साँस्कृतिक महोत्सवमा कला सस्कृतिको प्रर्वदन गर्ने तथा ब्यापारको प्रर्वदन गर्न सस्तो बजार संचालन गर्ने गरि तयारी तिब्र पारिएको छ, थापाले भन्नुभयो ।

हामीले गलकोटमा भएको ब्यापार बृद्धि गर्ने तथा मौषमी ब्यापारमा गलकोटबासीलाई धेरै महँगोमा किन्नुपर्ने बाध्यातालाई केही हद सम्म भएपनि राहत दिन महोत्सवमा सस्तो बजार संचालन गर्न लागिएको महोत्सवका आर्थिक समिति संयोजक गंगन कुवँरले जानकारी दिनुभयो । महोत्सव अवलोकन गर्दा आफ्नो लागि आवश्यक सबैप्रकारका सामाग्री पनि किन्न पाउने गरि सस्तो बजार बनाएका हौं कुबरले भन्नुभयो । १सय २० बढि सस्तो बजारका स्टलहरु रहनेछन् ।

गलकोट महोत्सवको अवसरमा खुल्ला पालिका स्तरीय पुरुष भलिवल प्रतियोगिता, गलकोट डान्स आईडल २०७९, भ्वाईस अफ गलकोट, आमा समुह स्तरिय रत्यौलिगीत प्रतियोगिता, सामुहिक लोकगीत तथा लोकनृत्य प्रतियोगिता, खुल्ला पुरुष रस्साकस्सी प्रतियोगिता, मजुवा फाँट देखि कोटमैदानसम्मको दौड प्रतियोगिता, स्लो वाईक रेस प्रतियोगिता, विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता, वडा स्तरीय भेट्रान्स भलिवल प्रतियोगिता सञ्चालन गर्ने गरि तयारी भएको ड्रिम टिम गलकोटका संयोजक रुपक पाण्डेले वताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like
Like Love Haha Wow Sad Angry