अमेरिकन डाइभर्सिटी (डिभी) भिसाको आवेदन खुल्ला, यस वर्ष पासपोर्ट नचाहिने

-


     जनहित न्युज    
     असाेज २१ गते २०७९


अमेरिकन डाइभर्सिटी (डिभी) भिसाको आवेदन खुल्ला भएको छ । अमेरिकाले बुधबार रातिबाट डिभी भिसा २०२४ को आवेदन खुल्ला गरेको हो ।

नेपाल स्थित अमेरिकन दुतावासले असोज २९ गते बुधबार राती ९:४५ बजेबाट डिभी भिसा २०२४ को आवेदन खुल्ला गरिएको जानकारी दिएको हो । कार्तिक २२ गते सम्मका लागि खुल्ला गरिएको अवेदन निशुल्क रहेको जानकारी पनि दुतावासले दिएको छ ।

अनलाईन मार्फत आफैंले भिसा आवेदन फर्म भर्न सकिने जानकारी सहित दुतावासले अनलाइन फर्म रजिस्ट्रेसन लिंक सार्वजनिक गरेको छ । जसमा उल्लेख भए अनुसार आवेदनमा आफ्नो परिवारका सबै सदस्यहरुको विवरण उल्लेख गर्नुपर्नेछ भने विगत ६ महिना भित्र खिचिएको फोटोको प्रयोग गर्नुपर्ने छ ।

त्यस्तै एम्वेसीले स्पन्सर लगायत अनावश्यक कागजात र सेवाहरुको लागि शुल्क नतिर्न पनि दुतावासले आवेदकलाई अनुरोध गरेको छ ।

डिभी आवेदन फर्मका लागि तलको लिंकमा क्लिक गर्नुहोस्

https://dvprogram.state.gov/

अमेरिकन दूतावासले जारी गरेको सूचना जस्ताको तस्तै

२०२४ को डाइभर्सिटी भिसा (डिभी)को आवेदन हिजो राति अर्थात असोज १९ गते रातिको ९:४५ बजेबाट कार्तिक २२, २०७९ सम्मको लागि खुलेको छ। आवेदन दिनको लागि तपाईं https://dvprogram.state.gov/ मा गएर मागिएको जानकारीहरू प्रविष्ट गर्नुपर्नेछ।

यदि तपाईं आवेदन दिने विचारमा हुनुहुन्छ भने हामी तपाईंलाई हामीले दिएका सुझावहरूमा ध्यान पुर्याउन आग्रह गर्दछौं:
१. दिइएको निर्देशनहरुलाई ध्यानपूर्वक पालना गर्नुहोस्।
२. आवेदनमा आफ्नो परिवारका सबै सदस्यहरुको विवरण उल्लेख गर्नुहोस्।
३. विगत ६ महिना भित्र खिचिएको फोटो प्रयोग गर्नुहोस्।
४. स्पन्सर लगायत अनावश्यक कागजात र सेवाहरुको लागि शुल्क नतिर्नुहोस्।
डिभीको आवेदन निशुल्क छ र यो तपाईंले आँफैं सजिलै भर्न सक्नुहुन्छ। आफ्नो आवेदन बुझाउनुअघि देहाएका सुझावहरू राम्ररी पढ्नुहोस्: https://travel.state.gov/content/travel/en/us-visas/immigrate/diversity-visa-program-entry/diversity-visa-instructions.html

The applications for Diversity Visa (DV) 2024 opened yesterday, October 5, at 9:45 pm Nepal time until November 8, 2022. If you’re thinking of applying, we strongly recommend that you follow the guidelines listed below:

  1. Follow the instructions carefully.
  2. List all family members on your application.
  3. Use a recent photo from the last six months.
  4. Don’t pay for services you don’t need like paying for sponsors or the documents you don’t need.
    Applying for DV is free and easy, you can do it yourself. Go to https://dvprogram.state.gov/ to apply. Please read the complete instructions before submitting your application: https://travel.state.gov/content/travel/en/us-visas/immigrate/diversity-visa-program-entry/diversity-visa-instructions.html

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like
Like Love Haha Wow Sad Angry