जापानका पूर्व प्रधानमन्त्री आबेको राजकीय अन्त्येष्टिको विरोधमा प्रधानमन्त्रीको कार्यालय नजिकै आत्मदाहको प्रयास, किशिदा प्रशासनको लोकप्रियता निकै घटेर २३ प्रतिशतमा पुग्यो

-


     जनहित न्युज    
     असाेज ६ गते २०७९


वर्षको सुरुमा हत्या गरिएका पूर्व प्रधानमन्त्री शिन्जो आबेको राजकीय अन्त्येष्टि गर्ने सरकारी निर्णयको विरोधमा बुधबार जापानी प्रधानमन्त्रीको कार्यालय नजिकै एक व्यक्तिले आफूलाई आगोमा जलाएर आत्मदाहको प्रयास गरेका छन ।
पूरै शरीर जलेको घाइते अवस्थामा रहेका ७० वर्षका ती व्यक्तिले पूर्व प्रधानमन्त्री आबेको राज्यद्वारा राजकीय रूपमा गरिन लागेको अन्त्येष्टिको पूर्ण रुपमा विरोध गर्दै “म यसको कडा विरोध गर्दछु” भन्ने लेखेको पत्र फेला परेको र ती व्यक्तिलाई अस्पताल लगिएको एक प्रहरी अधिकारी बताएका छन ।

आबेको ६८ औं जन्मदिनमा सो घटना भएको भनिएपनि घटनाको पुष्टि गर्न प्रहरीले अस्वीकार गरेको छ। मुख्य क्याबिनेट सचिव हिरोकाजु मात्सुनोले पत्रकार सम्मेलनमा भने, “सरकारी कार्यालय नजिकै जलेको व्यक्तिलाई प्रहरीले फेला पारेको मैले सुनेको छु र मलाई थाहा छ कि प्रहरीले अनुसन्धान गरिरहेको छ।”
अस्वास्थ्यको कारण २०२० मा राजीनामा दिएका जापानका सबैभन्दा लामो समयसम्म सेवा गर्ने प्रधानमन्त्री आबेलाई जुलाई ८ मा एक चुनावी र्‍यालीमा गोली हानी हत्या गरिएको थियो। उनको राजकीय सम्मानसहित सेप्टेम्बर २७ मा अन्त्येष्टिको लागि मिति तय गरिएको छ, जसमा जापान र विदेशीहरूबाट करिब ६००० मानिसहरू सहभागी हुने बताईएको छ ।
आबे लिबरल डेमोक्र्याटिक पार्टी (एलडीपी) का शक्तिशाली व्यक्ति रहेका थिए तर विवादास्पद युनिफिकेशन चर्च बीचको सम्बन्धको खुलासा पछि घटनाको विरोध बढ्दै गएको छ। विरोधीहरूले पूर्व प्रधानमन्त्री आबेले सो चर्चलाई समर्थन गरेको बुझाई रहेको छ।

सन् १९५० को दशकमा दक्षिण कोरियामा स्थापना भएको युनिफिकेशन चर्चसँगको सम्बन्ध अहिलेका प्रधानमन्त्री फुमियो किशिदा र एलडीपीका लागि आबेको हत्यापछि देखा पर्दा ठूलो समस्या बनेको छ।एलडीपीले यस महिनाको सुरुमा गरेको सर्वेक्षणले ३७९ एलडीपी क़ानून निर्माता सदस्य मध्य झण्डै आधा जतीको सो चर्चसँग समलग्नता देखाएको थियो। सांसदहरूले चर्चसँग केही प्रकारको अन्तरक्रिया समेत गर्ने गरेको बताईएको छ।

आबेको मृत्युको लगत्तै घोषणा भएको समयमा सार्वजनिक भावना राजकीय अन्त्येष्टिको पक्षमा थियो, तर सो चर्चसँगको उनको समलग्नता बाहिरिए संगै जापानका जनताको रायमा तीव्र रूपमा परिवर्तन भएको हो।
धेरैजसो जापानीहरू राजकीय अन्त्येष्टिको समारोहको विरोध गरेर वर्तमान प्रधानमन्त्री किशिदाको समर्थन घटाउन घटाउदै ग़ैरहेका छन । सप्ताहन्तमा आयोजित माइनिची डेलीले गरेको सर्वेक्षणले उनको समर्थन २९ प्रतिशत मात्र देखाएको छ यद्यपि अगस्टको अन्त्यको तुलनामा यो छ प्रतिशतले कम रहेको विश्लेषकहरू बताउछन । प्रधानमन्त्रीलाई आफ्नो एजेन्डा पूरा गर्न पर्याप्त समर्थन हुन गाह्रो छ।

एलडीपको लागि समर्थन पनि ६ अंकले घटेर २३ प्रतिशतमा पुगेको माइनिचीको सर्वेक्षणले देखाएको छ।

किशिदाले बारम्बार आफ्नो निर्णयको बचाउ गरेका छन्, तर धेरै मतदाताहरू असन्तुष्ट छन्, र आम नागरिकलाई बढ्दो आर्थिक पीडाको समयमा यस्तो महँगो समारोह आयोजना गर्नुपर्ने आवश्यकतामा पनि प्रश्न उठाएका छन ।
राजकीय अन्त्येष्टिको समारोहको लागि पछिल्लो सरकारी लागत अनुमान १.६५ बिलियन येन ($ 12 मिलियन) रहेको छ । जसमा सुरक्षा र स्वागत समेत समावेश छ।
२०१४ मा आबेको प्रशासन अन्तर्गत जापानको युद्धपछिको शान्तिवादबाट पछि हटेको विरोधमा दुई व्यक्तिले छुट्टाछुट्टै घटनाहरूमा आत्मदाहको प्रयास गर्दा एक पुरुषको मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like
Like Love Haha Wow Sad Angry