अर्लाङ्कोट सेवा समाज जापानको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा गोपाल सापकोटा चयन

-


     जनहित न्युज    
     असाेज ५ गते २०७९


अर्लाङ्कोट सेवा समाज जापानको मंगलबार सम्पन्न तेस्रो अधिवेशनले गोपाल सापकोटाको अध्यक्षतामा २३ सदस्यीय नया कार्यसमिति सर्वसहमतिमा चयन गरेको छ ।
गुल्मीको अर्लाङ्कोट क्षेत्रबाट जापान आइ विभिन्न पेशा व्यावसाय अध्ययन लगायतमा संलग्न रहेका अर्लाङ्कोटेहरूको साझा संस्थाको रूपमा रहेको सो समाजको अधिवेशनले उपाध्यक्षमा रिसीराम घिमिरे, राम प्रसाद खरेल, केशब खरेल , गणेश के.सी. र मुकेश शर्मा सापकोटालाई चयन गरेको संस्थापक अध्यक्ष
एवं निर्वाचन संयोजक टिकाराम खरेलले जानकारी दिए ।

एनआरएनए जापानका अध्यक्ष श्री शिवप्रसाद पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनबाट महासचिवमा सागर खराल। सचिवमा भुवन खरेल, निराजन सापकोटा कोषाध्यक्षमा प्रेमदत्त उपाध्याय सह- कोषाध्यक्षमा सुबास खरेल र लक्ष्मण सापकोटा, युवा संयोजक मेष खरेल र प्रबक्तामा गोबिन्द खराललाई चयन गरिएको संस्थापक अध्यक्ष एवं निर्वाचन संयोजक खरेलले बताए ।
खरेलका अनुसार सर्वसहमत रूपमा चयन हुने सदस्यहरूमा चोप बहादुर भण्डारी, खड्क गुरुङ्, सुबास खरेल, अनुप सापकोटा, चागुनारायण सापकोटा, तुलसीराम न्यौपाने, मनोज सापकोटा, शिब खरेल र दिपेन्द्र सापकोटा रहेका छन ।


समाजलाई जन्मभूमिको विकास संवृद्धि र सामाजिक सेवामा लगाई राख्नका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्न आग्रह गर्दै शुभकामना दिने हरूमा अर्लाङ्कोट सेवा समाज जापानका संस्थापक संरक्षक डिलाराम खरेल, तुलसीराम खरेल र सस्थापक अध्यक्ष टिकाराम खरेल रहेका थिए ।

कार्यक्रम निवर्तमान अध्यक्ष अर्जुन केसीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like
Like Love Haha Wow Sad Angry