गलकोट समाज जापानले अंग्रेज़ी नयाँ वर्ष-२०२३ मा जापानका मुख्य ४ शहरमा ‘वृहत सांगीतिक धमाका-२०२३’ गर्ने 

-


     जनहित न्युज    
     असाेज ५ गते २०७९


गलाकोट समाज जापानले अंग्रेज़ी नया वर्ष २०२३ मा जापानका चार वटा शहरमा ‘गल्कोट क्षेत्रमा स्वास्थ्य क्षेत्रको सहयोगार्थ वृहत सांगीतिक धमाका-२०२३’ गर्ने भएको छ ।
सोमबार बसेको समाजको केन्द्रीय कार्यसमितिको बैठकले सामाजिक उत्तारदायित्वका लागि समाजले विगतका वर्षमा गर्दै आएको नियमित कार्यक्रम अन्तरगत जापानका ४ वटा शहरमा डिसेम्बर ३० तारिख फुकुओका, डिसेम्बर ३१ तारिख ओसाका, जनवरी १ तारिख नागोया र जनवरी २ तारिख टोकियोमा नेपालका चर्चित कलाकारहरूको साथमा सो कार्यक्रम गरिने समाजका प्रवक्ता दिलिप कंडेलले जानकारी दिए ।
गलकोट क्षेत्रमा स्थानीय सरकारसँगको आवश्यक समन्वयमा त्यहाका नागरिकलाई प्रत्यक्ष सेवा र लाभ प्रदान गर्ने गरि स्वास्थ्यका क्षेत्रमा आवश्यक सहयोग रकम संकलनका लागि यस वर्षको सांगीतिक धमाका गर्न लागिएको समाजका महासचिव लक्ष्मण कार्कीले बताए ।
कार्यक्रमलाई व्यवस्थित गर्नको लागि वरिष्ठ उपाध्यक्ष रत्नसिंह बस्नेतको संयोजकत्वमा कार्यक्रम व्यवस्थापन समिति गठन गरिएको छ । सो समितिमा आवश्यकता अनुसार सदस्य थप गरिने पनि बताईएको छ ।

२०२२-२०२४ कार्यकालको लागि नवनिर्वाचित कार्यसमितिको पहिलो बैठकले अधिवेशनबाट पारित विधानको अधिनमा रहि लेखा तथा अनुगमन आयोगको संयोजकमा खगराज गौतम उपाध्यक्षहरू मध्यबाट वरिष्ठ उपाध्यक्षमा रत्नसिंह बस्नेत र प्रवक्तामा दिलिप कंडेललाई चयन गरिएको समाजकी अध्यक्ष कालिका थापाले जानकारी दिइन ।
बैठकले रत्नसिंह बस्नेतलाई संघ संस्था समन्वयन विभाग,
राजेन्द्र श्रेष्ठलाई लगानी तथा प्रबर्धन विभाग,डिला गैरेलाई क्षेत्रीय समन्वय बिभाग,शिवु थापा मानव बिपत तथा सहयोग ब्यबस्थापन विभाग,राजा खत्रीलाई खेलकुद विभाग,राम प्रसाद गैरे(गौरी)लाई संस्कृति तथा कला प्रवर्द्धन विभाग, जीवन गैरेलाई साहित्यिक विभाग, लक्ष्मण कार्कीलाई सदस्यता वितरण तथा क्षेत्र बिस्तार विभाग र पवि भण्डारी महिला बिभागको ज़िम्मेवारी प्रदान गरिएको अध्यक्ष थापाले बताईन ।
बागलुङ जिल्लाको गलकोट क्षेत्रबाट बिभिन्न पेशा ,रोजगारी तथा अध्ययनका लागि जापान प्रवेश गरेका हामी गलकोटेको साझा संस्था गलकोट समाज जापान “हाम्रो गाउ हाम्रो ठाउ, हातेमालो गरी सम्वृद्ध गराऔ” भन्ने भावनाका साथ गलकोट क्षेत्रको सामाजिक ,आर्थिक,सास्कृतिक, शैक्षिक, स्वास्थ्य, पर्यटकीय, पर्यावरणीय विकासमा हातेमालो गरि गलकोट क्षेत्रको साथै राष्ट्रको विकासमा टेवा पुरयाउने उदेश्यले सन् २००६ मा स्थापना भै जापानमा क्रियाशील संस्था हो ।
गलकोटे मनहरुलाई जोड्दै भातृत्वको भावना विकास गराई जापानमा रहेका विषेश गरि गलकोट क्षेत्रबाट आई विभिन्न पेशा व्यवसाय अध्ययन लगायतका क्षेत्रमा क्रियाशिल रहेकाहरुलाई जापानमा सिकेको सीप ज्ञान र लगानीलाई जन्मभूमिमा लगाउन उत्प्रेरित गर्नका लागि संस्थाले आफ़नो महत्वपूर्ण भूमिकामा रहेर काम गर्ने अध्यक्ष थापाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like
Like Love Haha Wow Sad Angry